संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल (सार्वजनिक–निजी साझेदारी) पीपीपी मोडलमा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्।
आइतबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री किराँतीले सरकारले धेरै ठूलो लगानी गरेर बनाएको दुवै विमानस्थल पीपीपी मोडलबाट सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी दिएका हुन्।
मन्त्री किराँतीले भैरहवा र पोखरा विमानस्थल सञ्चालन गरेरै छाड्ने योजना अनुसार काम भइरहेको स्पष्ट पारे।
उनले व्यावसायिक रुपमा सञ्चालन नभएका विमानस्थललाई पनि सञ्चालनमा ल्याउन ३ वटा जहाज खरिद गर्न लागिएको बताए। हाल नेपाल नागरिक उड्यन प्राधिकरणसँग ३ वटा जहाज रहेको र थप तीन वटा किन्ने तयारी गरिएकाले जहाज खरिद भएपछि व्यावसायिक रुपमा सञ्चालन नभएका विमानस्थलहरूमा ती जहाजबाट उडान गरिने मन्त्री किराँतीले बताए।
उनले अहिलेलाई भएकै रन वे पर्याप्त रहेका कारण तत्काल विराटनगर विमानस्थलको रन वे विस्तार नहुने स्पष्ट पारे।
‘भविश्यलाईसमेत ध्यानमा राखेर विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण थालिएको र भविष्यमा रन वे बिस्तार गर्नुपर्ने आवश्यकता परे मात्रै रन वे विस्तार गरिने छ’ मन्त्री किराँतीले भने ‘अहिलेलाई भएकै रन वे पर्याप्त छ।’
लुम्बिनी विकास कोषमा उपाध्यक्षमा लार्केल लामालाई नियुक्ति गर्नु गलत नभएको मन्त्री किराँतीले दाबी गरे। किराँतीले लार्केल लामा विवादित व्यक्ती नभए पनि उनलाई नियोजित रुपमा विवादित बनाइएको बताए।
किराँतीले भने ‘उहाँ त राष्ट्रिय सहमतिको मानिस हो। विवादित हैन। विवादित बनाइएको मात्रै हो।’ माओवादीले राजनीतिक बाटो बदले पनि मन बदल्न नसकेका कारण धेरै चिरामा विभाजित भएको मन्त्री किराँतीले बताए। उनले सरकारले गरेका कामको प्रचार र जनतासँग जोडिनका लागि लागि माओवादीले विशेष रूपान्तर अभियान सञ्चालन गरेको जानकारी दिए।

उनले भने ‘ठूलो लगानीमा निर्माण गरिएका दुवै विमानस्थल सञ्चालन गरेरै छाड्ने योजनाका साथ काम भइरहेको छ।’मन्त्री किराँतीले भैरहवा र पोखरा मात्रै नभई निर्माण भएका तर, सञ्चालनमा नआएका विभिन्न जिल्लाका विमानस्थल पनि सञ्चालनमा ल्याउने तयारी गरिएको बताए।
उनले व्यावसायिक रुपमा सञ्चालन नभएका विमानस्थललाई पनि सञ्चालनमा ल्याउन ३ वटा जहाज खरिद गर्न लागिएको बताए। हाल नेपाल नागरिक उड्यन प्राधिकरणसँग ३ वटा जहाज रहेको र थप तीन वटा किन्ने तयारी गरिएकाले जहाज खरिद भएपछि व्यावसायिक रुपमा सञ्चालन नभएका विमानस्थलहरूमा ती जहाजबाट उडान गरिने मन्त्री किराँतीले बताए।
मन्त्री किराँतीले भने ‘एयरपोर्ट बनाउन प्रतिस्पर्धा गर्ने तर, बनेपछि नचल्ने अवस्थाको अन्त्य गर्न आवश्यकताको आधारमा मात्रै विमानस्थल निर्माण गरिने छ।’मन्त्री किराँतीले कोशी प्रदेशमा पनि धेरै वटा विमानस्थल सञ्चालनमा नरहेको तर, नयाँ ठाउँमा विमानस्थल बनाउने प्रस्ताव आइरहेको बताए। उनले जहाँ पनि विमानस्थल बनाउने र जहाज नचलाउने गर्नु उचित नभएकाले विमानस्थल बनाउनु अघि आवश्यकता र व्यावसायिक सम्भाव्यतासमेतलाई ध्यान दिइने बताए। मन्त्री किराँतीले तत्काल विराटनगर विमानस्थल बिस्तार नगर्ने बताए।