१२ वर्षभित्र प्रतिव्यक्ति ऊर्जा खपत १५०० युनिट !
०५ असोज २०८०
•
४ मिनेट पाठ
१२ वर्षभित्र प्रतिव्यक्ति ऊर्जा खपत १५०० युनिट !
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आगामी १२ वर्षमा अर्थात् सन् २०३५ भित्र प्रतिव्यक्ति ऊर्जा खपत १५ सय युनिट पुर्याउने लक्ष्य राखेको छ । मन्त्रालयले विगत सात वर्षको अवधिमा प्रतिव्यक्ति ऊर्जा खपत मुस्किलले दोब्बर पुर्याएको थियो । तर, आगामी १२ वर्षमा झण्डै चार गुणा विद्युत् खपत गर्ने महत्वाकांक्षी लक्ष्य अघि सारेको छ ।  




ऊर्जा मन्त्रालयका सहसचिव सन्दीपकुमार देवको संयोजकत्वमा  गठित  कार्यदलले गत भदौ ३१ गते मन्त्रालयमा बुझाएको ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८०’ प्रतिवेदनमा आगामी १२ वर्षभित्र प्रतिव्यक्ति ऊर्जा खपत १५ सय मेगावाट पुर्याउने लक्ष्य राखिएको हो । अहिले प्रतिव्यक्ति ऊर्जा खपत ३८० युनिट रहेको छ ।  

नेपाल विद्युत् प्राधिकरणका अनुसार आर्थिक वर्ष (आव) २०७२/७३ मा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत १५० युनिट थियो । आव २०७५/७६ मा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत २४५ युनिट रहेकोमा आव २०७९/०८० मा आइपुग्दा प्रतिव्यक्ति वार्षिक ऊर्जा खपत ३८० युनिट पुगेको छ । गत सात वर्षमा ऊर्जा खपत औसतमा झन्डै दोब्बर बढीले बढेको देखिन्छ । १२ वर्षमा प्रतिव्यक्ति १५ सय युनिट खपत गर्ने सरकारी योजना भने निकै महत्वाकांक्षी देखिन्छ ।  

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका पूर्व सचिव सुमन शर्माले सरकारले लक्ष्य अनुसारको कार्यसम्पादन गर्ने शैली पनि फेर्नुपर्ने बताउँछन् । ‘लक्ष्य निर्धारण गर्नु पक्कै पनि सकारात्मक पक्ष हो,’ उनले भने, ‘लक्ष्य अनुसारको कार्यसम्पादन गर्न सकिएन भने उपलब्धिमूलक हुँदैन । त्यसैले लक्ष्यलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने इच्छाशक्तिसहित अघि बढ्नुपर्ने देखिन्छ ।’  

मन्त्रालयले १२ वर्षे योजना अन्तर्गत स्वदेशमा आन्तरिक बिजुलीको खपत पनि व्यापक मात्रामा वृद्धि गर्ने लक्ष्य निर्धारण गरेको छ । मन्त्रालयका अनुसार अहिले वार्षिक रूपमा आन्तरिक बिजुलीको खपत १२ हजार गिगावाट घण्टा रहेको छ । आगामी १२ वर्षमा भने आन्तरिक बिजुलीको खपत ४० हजार सात सय १० गिगावाट घण्टा पुर्याइने लक्ष्य राखिएको छ । ऊर्जा मन्त्रालयले आगामी १२ वर्षमा १७ हजार ४ सय ४६ सर्किट किलोमिटर प्रसारणलाइन बिस्तार गर्ने योजना पनि बनाएको छ । अहिले भने ५७ सय ४२ सर्किट किलोमिटर मात्रै प्रसारणलाइन विद्यमान छ ।  

त्यसैगरी ८८ सय ६७ एमभिए क्षमताको सबस्टेशन रहेको छ । यो क्षमताको सबस्टेशनलाई आगामी १२ वर्षमा ४० हजार एमभिए क्षमतामा विस्तार गर्ने लक्ष्य निर्धारण गरिएको छ । मन्त्रालयका अनुसार कुल जनसंख्याको ९८ प्रतिशतमा विद्युतीकरण पुगेको छ भने केही समयभित्रै शतप्रतिशत जनतामा विद्युतीकरण गर्ने लक्ष्य राखिएको छ । अहिले नेपालका जलविद्युत् आयोजनाबाट २८ सय मेगावाट क्षमताको बिजुली उत्पादन भएकोमा आगामी १२ वर्षमा २८ हजार ७ सय १३ मेगावाट बिजुली उत्पादन गर्नुपर्ने प्रस्ताव गरिएको छ । सो प्रतिवेदन मन्त्रिपरिषद्बाट पारित भएको खण्डमा सरकारले आगामी दिनमा १२ वर्षभित्र २८ हजार ७ सय १३ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राख्नेछ । मन्त्रालयले १२ वर्षभित्र छिमेकी मुलुक भारत र बंगलादेशमा १५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य पनि राखेको छ ।  

‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८०’ प्रतिवेदनमा ऊर्जा संरचनाहरू निर्माणका लागि स्वदेशी पुँजीको प्रभावकारी परिचालन गर्नुको साथै वैदेशिक लगानी भित्र्याउन पनि उचित वातावरण सिर्जना गर्ने उल्लेख गरिएको छ । ‘क्लाइमेट फाइनान्सिङ जुटाउन आवश्यक पहलकदमी गरिनेछ,’ प्रतिवेदनमा भनिएको छ, ‘वित्तीय जोखिम न्यूनीकरणका लागि आवश्यक संयन्त्रहरूको पहिचान गरी तिनलाई परिचालन गरिनेछ ।’

सन् २०३५ सम्ममा कुल आन्तरिक माग ४० हजार सात सय १० गिगावाट घण्टा आपूर्ति गर्न १३ हजार चार सय ६९ मेगावाट जडित क्षमताको विद्युत् उत्पादन हुनुपर्नेछ । त्यसैगरी १२ वर्षमा १५ हजार मेगावाट बिजुली छिमेकी मुलुक निर्यात गर्न कम्तिमा पनि नेपालमा २८ हजार चार सय ६८ मेगावाट बिजुली उत्पादन गर्नुपर्ने देखिन्छ । नेपालले हाल ६३० मेगावाट बिजुली छिमेकी मुलुक निर्यात गर्ने अनुमति पाएको छ ।  

आगामी आव २०८५/८६ सम्म हजार मेगावाट, आव २०९१/९२ सम्ममा १५ हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य राखिएको छ । ऊर्जा मन्त्रालयले पछिल्लो समय छिमेकीमुलुक भारतको प्रसारणलाइन प्रयोग गरेर चालु आवमा नै ४० मेगावाट बिजुली बंगलादेश निर्यात गर्ने तयारी गरिरहेको छ । सम्भवत् यो चालु आवभित्रै बंगलादेश बिजुली निर्यात गर्ने योजनाले मूर्तरूप पाउन सक्छ । मन्त्रालयले आगामी ६ वर्षभित्र अर्थात् सन् २०२९ सम्म बंगलादेशलाई एक हजार मेगावाट बिजुली निर्यात गर्ने लक्ष्य निर्धारण गरेको छ । त्यसैगरी सन् २०३३ सम्म तीन हजार मेगावाट र सन् २०३५ सम्ममा भने पाँच हजार मेगावाट बिजुली निर्यात गर्ने तयारीमा छ ।

‘आयोजना विकासमा अन्तर निकाय समन्वय र अपनत्वको कमी हुनु,’ प्रतिवेदनमा भनिएको छ, ‘आयोजनाको अध्ययन, विकास तथा निर्माणको लागि आवश्यक प्रविधिक क्षमता तथा वित्तीय स्रोतको सहज उपलब्धता र प्रभावकारी परिचालन नहुनु रहेको छ ।’  

प्रतिवेदनले अन्तरदेशीय बजारको विद्युत् माग अनुसार जलविद्युत् आयोजनाहरूको डिजाइन अप्टिमाइजेसन गर्न नसक्नु र ठूला आयोजनाहरूको प्राथमिकीकरण र प्राथमिकता प्राप्त आयोजनाहरूको निर्माण तथा लगानीको प्रारूप समयमै यकिन गर्न नसक्नु पनि मुख्य चुनौतीको रूपमा औंल्याएको छ ।
अर्को समाचार
डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान आयोगले बुझायो प्रतिवेदन
२४ वैशाख २०८१
•
१ मिनेट पाठ
डेडिकेटेड तथा ट्रंक लाइन विवाद समाधान आयोगले बुझायो प्रतिवेदन
डेडिकेटेड तथा ट्रंक लाइनको महसुल विवाद समाधानका लागि जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको छ। आयोगका अध्यक्ष गिरिशचन्द्र लालले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतलाई प्रतिवेदन बुझाएको हुन्।




डेडिकेटेड तथा ट्रंक लाइन महसुलसम्बन्धी विषयको दिगो समाधान गर्न प्रतिवेदन उपयोगी हुने आयोगले जनाएको छ। आयोगले तीन महिना १० दिनमा सो विषयसँग सम्बन्धित व्यक्ति तथा विभिन्न निकायका कर्मचारीसँग सोधपुछ र छलफल गरेर प्रतिवेदन तयार गरेको जनाएको छ।

ट्रंक लाइन महसुल विवाद समाधान गर्न भएका ऐन, नियम, विनिमय, कार्यविधि, निर्देशिका, मापदण्ड, विभिन्न समयमा अदालतबाट भएका फैसलालगायत सम्पूर्ण पक्षको राय सुझाव लिएर तयार पारिएको जनाएको छ।

आयोगले बुझाएको प्रतिवेदनको निष्कर्ष के हो भन्ने विषय भने ऊर्जा तथा जलस्रोत मन्त्रालयले सार्वजनिक गरेको छैन। खासगरी, आयोगले २०७२ साउनदेखि पुससम्म, २०७२ माघदेखि २०७५ बैशाखसम्म र २०७५ जेठदेखि २०७७ असारसम्मको फरक फरक अध्ययन गरेको जनाएको छ। सुरुको ६ महिनामा महसुल निर्धारण भएको छैन। २०७५ जेठमा लोडसेडिङको अन्त्य भएको थियो।

नेपाल विद्युत् प्राधिकरणले २०८० पुसमा डेडिकेटेड तथा ट्रंक लाइनबापतको महसुल नतिर्ने उद्योगको नामावली सार्वजनिक गरेको थियो। त्यसपछि कतिपय उद्योगको लाइनसमेत काटिएको थियो।

प्राधिकरणको निर्णयबाट तर्सिएका उद्योगीहरू भने प्रधानमन्त्री पुष्पकमल दाहाललाई गुहार्न बाध्य भएका थिए। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतका उद्योगी प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर उद्योगको लाइन नकाट्न आग्रह गरेका थिए।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १९ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
यो पनि पढौँ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस