हिमालयन बैंकले आफ्ना ग्राहकहरू माझ विभिन्न सेवा अभिवृद्धि गर्ने उद्देश्यले विशेष छुटको व्यवस्था ल्याएको छ। बैंकले काठमाडौं, पोखरा, चितवनका लगायत देशका विभिन्न एक सय ६० भन्दा बढी स्थानहरूमा विशेष छुटको व्यवस्था गरेको हो।
बैंकका ग्राहकले देशका विभिन्न स्थानमा रहेका प्रसिद्ध होटल, रेष्टुराँ, अस्पताल, ल्याव, डायग्नोस्टिक सेन्टर, गहना गृह, कपडा, चश्मा, घडी पसल, मोबाइल, ल्यापटप तथा सम्बन्धित सामग्री, खेलकुद सामग्री, फर्निचर, विद्युतीय दुई पांग्रे सवारी, कस्मेटिक, बुटिक, सैलुन, ट्राभल एण्ड ट्रेक, एडभेन्चर टुरिजम लगायत अन्य स्थानहरूमा वस्तु खरिद तथा सेवा शुल्कमा छुट पाउने छन्।
बैंकले सम्बन्धित व्यवसायीसँगको सहकार्यमा आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राख्दै अधिकतम २०% सम्म छुटको व्यवस्था गरेको जनाएको छ। छुट सुविधा प्राप्त गर्न ग्राहकले बिल लिनुभन्दा पहिला नै आफू हिमालयन बैंकको ग्राहक भएको कुनै पनि परिचय (डेबिट/क्रेडिट कार्ड, चेक बुक) दिएर उक्त स्थानहरूबाट निर्धारित छुट पाउनेछन्।
मुक्तिनाथ फाउन्डेसनको
रक्तदान कार्यक्रम
काठमाडौं, असोज ४ (नागरिक)– सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले स्थापित मुनाफा वितरण नगर्ने यस मुक्तिनाथ फाउन्डेसनले आफ्नो दोस्रो वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक तथा आर्थिक रूपले पछाडि परेका र पारिएका व्यक्ति तथा समुदायहरूलाई प्रत्यक्ष सहयोग गरी सकारात्मक रूपान्तरण गर्ने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरेको फाउन्डेसनले जनाएको छ। कार्यक्रम नारायणकुमार श्रेष्ठको संयोजकत्वमा सम्पन्न भएको थियो ।