जग्गाको भाउमा कुरा नमिल्दा रोकियो पेट्रोलियम पदार्थको अन्वेषण
०७ असोज २०८०
•
३ मिनेट पाठ
जग्गाको भाउमा कुरा नमिल्दा रोकियो पेट्रोलियम पदार्थको अन्वेषण
मुआब्जा वितरण गरिने दैलेखको भैरवी गाउँपालिका –१ जलजले गाउँ । तस्बिर: गोविन्द केसी/नागरिक
सरकारले दैलेखका स्थानीयसँग कुनै छलफल नगरी अधिग्रहण गरेको र मूल्य चलनचल्ती भन्दा पनि कौंडीको भाउ तोकेपछि मुआब्जा लिन स्थानीयहरुले मानेका छैनन्। जसका कारण पेट्रोलियम पदार्थ अन्वेषणको कामहरु रोकिएको छ।




दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा सरकारले गर्न लागेको जग्गा अधिग्रहणमा स्थानीयहरुले जग्गाको मूल्य चलनचल्तीको भन्दा पनि कम भएको भनेर मुआब्जा वितरण हुन नसकेको हो। जलजलेका १५ परिवारको ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ।

सरकारले दिन लागेको रकम निकै कम भएको भैरवी गाउँपालिका –१ की धिर्जा थापाले बत्ताइन्। ‘स्थानीयसँग छलफल नै नगरी जग्गाको मूल्य न्यूनतम तोकियो।’ धिर्जाले भनिन् ‘आफुहरु बस्दै आएको थकथलो छोड्नुपर्ने त्यो पनि कौंडीको भाउमा।’

सरकारले प्रति रोपनी एक लाख ७५ हजारका दरले मुआब्जा दिने निर्णय गरेको छ। तर, स्थानीयहरुले प्रतिरोपनी कम्तीमा चार लाखसम्म दिनुपर्ने माग गरेका छन्। आफुहरुको चित्त बुझ्ने गरी मुआब्जा रकम नदिएसम्म नलिने स्थानीयहरु बताउँछन्।

सरकारले आफ्नो ५ रोपनी जग्गा र घर अधिग्रहण गर्न लागेपछि कुनै छलफल समेत नगरेको स्थानीय पीडित पूर्णबहादुर थापाले बताए। ‘उचित मूल्य नभएसम्म दिदैनौं।’ पीडित थापाले भने, अरु नभए पनि चलनचल्तीको भाउ अनुसार मूल्य होस् भन्ने यहाँको समुदायको इच्छा हो।’ खोला र जंगल नजिकै पुस्त पुस्तादेखि बस्दै आएका आफुहरु नयाँ ठाउँमा जाँदा सरकारले पनि जग्गा र घर किन्न सक्ने गरी मुआब्जा दिनुपर्ने स्थानीयहरुको भनाई छ। यहाँ मुआब्जा निर्धारण समितिले मुआब्जा वितरण गर्नेबारे सार्वजनिक सूचना समेत जारी गरिसकेपछि स्थानीयहरु उचित मुआब्जाको लागि मागहरू राख्दै मुआब्जा नलिने निर्णयमा पुगेका हुन्।

स्थानीयको समस्याबारे मुआब्जा निर्धारण समितिसँग छलफल गरिने भैरवी गाउँपालिकाकी उपाध्यक्ष देवी भण्डारीले बत्ताइन्। मुआब्जाबारे जिल्ला प्रशासन कार्यालयसंग कुरा भइरहेको भण्डारीले बत्ताइन्। सरकारले तोकेको मुआब्जा स्थानीयहरुले लिन नसकिने मुआब्जा पीडित संघर्ष समितिका संयोजक शेरबहादुर थापाले बताए। चलन चल्तीकै मूल्यमा नभए पनि प्रतिरोपनी न्यूनतम तीन लाखसम्म रकम जग्गा धनीले पाउनुपर्ने संघर्ष समितिका संयोजक थापाले बताए। समयमै मुआब्जा वितरण नहुँदा काम अघि बढ्न नसकेका परियोजनाले जनाएको छ।

ड्रिलिङ गर्ने ठाउँ (जलजले) सम्म पुग्ने सडक साँगुरो हुँदा ठुला उपकरण लैजान र मुआब्जा वितरण गर्ने कार्य ढिलाइ हुँदा काम प्रभावित हुने जनाइएको छ।

अब हुने अन्वेषणको तेस्रो चरणमा पेट्रोलियम भण्डारणबारे पत्ता लाग्नेछ। पहिलो चरणमा भएको अन्वेषणले प्राविधिक तथा विशेषज्ञहरुले चटान हेरेर जमिनमुनी कस्तो भनेर एमआरआई जस्तो सर्वे गरेको थियो। दोस्रो चरणमा अन्वेषणमा स्यास्ट्रिक सर्भे गरेका थिए। जसले जमिनमुनि कम्पनको तरंग पठाएर ड्रिलिङ गरी पेट्रोलियम भण्डारण कति छ कहाँसम्म फैलिएको छ त्यो पत्ता लगाएका थिए। अब यस अघि गरेको अन्वेषणको रिर्पोट अनुसार एक ठाउँमा ४ किलोमिटर तलसम्म ड्रिलिङ हुनेछ जसले गर्दा पेट्रोलियम पदार्थको परिमाण लगायतका कुराहरु पुष्टि गर्ने भूगर्भ विद्हरूको भनाई छ। 

दैलेखमा २०७६ असोजदेखि अन्वेषणको काम सुरु भएको थियो। कोभिड लगायतका कारणहरु देखाएर अन्वेषणको काम लम्बिएको छ। सडक र मुआब्जा लगायतका नयाँ मुद्दाहरूले अन्वेषण कार्यमा बाधा पुगेको भूगर्भ विद्हरु बताउँछन्। अन्वेषणमा १४ जना चिनियाँ टोलीसँगै ३ जना नेपाली टोलीले काम गरिरहेका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
६ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
यो पनि पढौँ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस