कोशी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि विराटनगर विमानस्थल बिस्तार गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग गरिएको छ।
पर्यटन दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमका सहभागिहरूले कोशी प्रदेशको पर्यटन क्षेत्रको विकासका लागि विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न सरकारसँग माग गरेका हुन्।
पर्यटन दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागिहरू। तस्बिर: विनोद/नागरिकनेपाल पर्यटन फेडरेशनले आयोजना गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै फेडरेशनका अध्यक्ष रेवतबहादुर थापाले विराटनगरमा अन्तर्राष्ट्रिय विमान स्थल बनाउनुपर्ने माग लामो समयदेखि यस क्षेत्रका पर्यटन व्यवसायी, उद्योगी, व्यवसायी र नागरिकसमाजले राख्दै आएको भए पनि उक्त मागको सुनुवाई हुन नसकेको गुनासो गरे।
थापाले आफू विराटनगर अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि अभियान सुरु गर्ने बताए। उनले विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने अभियानमा साथ दिन विराटनगरवासीलाई आग्रहसमेत गरे। कार्यक्रममा प्राध्यापक भेषराज पोखरेलले विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि आफू जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए।
कार्यक्रममा उद्योग संगठन मोरङका पूर्व अध्यक्ष सुयस प्याकुरेलले विराटनगर विमानस्थलको रन वे विस्तार गरी अन्तर्राष्ट्रिय विमानस्थल बनाउन निजी क्षेत्रले लामो समय देखि पहल गर्दै आएको बताए। उनले जग्गा अधिग्रहणमा अत्यधिक लागत देखिएपछि विमानस्थल विस्तारको योजना तत्कालका लागि स्थगित भएको जानकारी दिए।
प्याकुरेलले विराटनगर विमानस्थल विस्तार गरी अन्तर प्रदेश र अन्तर्राष्ट्रिय उडान विराटनगरबाट सञ्चालन गर्न निजी क्षेत्रले अझै पनि पहल गरिरहेको बताए। कार्यक्रममा होटल, पर्यटन, उद्योग, राजनीति र विभिन्न पेशागत संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...