रौतहटको गरुडा बजारस्थित एनआइसि एसिया बैंकको शाखा प्रबन्धकसहित कर्मचारीले ग्राहकसित ठगी गरेको भन्दै उजुरी परेपछि अनुसन्धान अगाडि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा तिन जनाले उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले ठगीको विषयलाई लिएर अनुसन्धान अगाडि बढाएको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठले जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धानका लागि उजुरी प्राप्त भएको र अनुसन्धान कार्य अगाडि बढाएको जानकारी गराएका छन्। यसै गरी जिल्ला प्रहरी कार्यालय रौतहटका मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक उमाशङ्कर गुप्ताले एनआइसी एसिया बैङ्कका गरुडा शाखा प्रबन्धक र अन्य कर्मचारीहरूले ठगी गरेको भन्दै आएको उजुरीलाई छानबिनको क्रममा बैङ्कका कर्मचारीलाई बोलाएर अनुसन्धान गर्दै तारेखमा पठाएको बताएका छन्।
ऋण स्वीकृत र कर्जा प्रवाह गरेबापत शाखा प्रबन्धक आमोद गुप्ताले जय बाबा वैद्यनाथ एग्रिकल्चर कम्पनी प्रालि चन्द्रपुर नपा १०, अशोका एग्रिकल्चर दुर्गा भगवती गाउँपालिका १ र अम्बे कृषि फर्म चन्द्रपुर ८ का प्रोप्राइटर सापटी भन्दै २ करोड ५ लाख रुपैया ७ महिना अघि लिएर फिर्ता नगरेको भन्दै परेको उजुरीमाथि छानबिन अगाडि बढाइएको हो।
सर्लाही बरहथवा नगरपालिका १० सुन्दरपुर चोहर्वामा रहेको ४ बिगाह १७ कटठा जमिन अशोक कुमार साहले एनआइसी एसिया बैकमा धितो राखी ४ करोड ७५ लाख ऋण स्वीकृत गराएका छन्। कृषि प्रयोजनको लागि गत माघमा सहुलियतपूर्ण ऋण स्वीकृत गरेपछि शाखा प्रबन्धक गुप्ताले अशोका एग्रिकल्चर दुर्गा भगवती १ का प्रोप्राइटर अशोक कुमार साहसँग नौ वटा खाली चेकमा सही गराएर लिएका थिए। सोही चेकहरूबाट रकम निकालेको देखिएको छ।
गत ०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८५ बाट सञ्जय यादवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीबास्तबको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७७ बाट पाना देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८२ बाट राम बच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८४ बाट आशा देवीको नाममा ५ लाख ३४ हजार झिकेको पाइएको छ। शाखा प्रबन्धक गुप्ताले ८५ लाखभन्दा बढी रकम झिकेको पाइएको छ।
यसै गरी जय बाबा वैद्यनाथ एग्रिकल्चर कम्पनी प्रालि चन्द्रपुर १० को नाममा रहेको चन्द्रपुर १० डुमरियाको २५ कटठा र चन्द्रपुर ९को घरसहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोप्राइटर पुष्पनाथ साहका छोरा राकेश साहसँग ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर बैकका प्रबन्धक आमोद गुप्ताले चेक नम्बर ४९००५३६४ बाट रामसिह राय यादवको नाममा ९ लाख ९० हजार, चेक नम्बर ५९००५३६२ बाट मनिषा देवी साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६३ बाट माधव प्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६५ बाट गैरी देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुल्न आएको छ।
अम्बे कृषि फर्म चन्द्रपुर ८ को नामबाट निकालिएको रकमको विषयमा बैंकले चेकको विवरण दिन नमानेको बुझिएको छ।बैङ्कका शाखा प्रबन्धकसहितका कर्मचारीहरूमाथि अनुसन्धान अगाडि बढाइएपछि सापटको लागि भनेर दिइएको रकम फिर्ता हुने विश्वास भएको पीडितहरूले बताएका छन्।