प्रतिबद्धता आउँछ लगानी आउँदैन
२१ असोज २०८०
•
६ मिनेट पाठ
प्रतिबद्धता आउँछ लगानी आउँदैन
सरकारले मुलुकको विकास र औद्योगिकीकरणका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्य लिए पनि भित्रिएको मात्रा भने अत्यन्त न्यून छ । विदेशी लगानीकर्ताले नेपालमाका लागि गरेको प्रतिबद्धताभन्दा न्यून लगानी मात्र आउने गरेको हो ।




पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा विदेशी लगानी प्रतिबद्धताको करिब ४४ प्रतिशत मात्र नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म विदेशी लगानीकर्ताले २ खर्ब १ अर्ब २९ करोड रूपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सो अवधिमा ८८ अर्ब २० करोड रूपैयाँ मात्र विदेशी लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । पाँच वर्षको तथ्यांकलाई आधार बनाएर विश्लेषण गर्दा प्रतिबद्धताको करिब ४३.८० प्रतिशत मात्र विदेशी लगानी नेपाल भित्रिएको देखिन्छ ।

विदेशी लगानीकर्ताले कबोल गरेको भन्दा निकै कम मात्र लगानी आउने गरेको पूर्वउद्योग सचिव चन्द्रकुमार घिमिरेले बताए । ‘सरकारी पक्षबाट पर्याप्त लगानी सहजीकरण नगरेपछि लगानीकर्ता हच्किन्छन्,’ घिमिरेले भने, ‘विदेशी लगानी ल्याउन नीतिगत सुधार र पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्छ ।’ घिमिरेका अनुसार विदेशी लगानीकर्ताले सडक, विद्युत्, जग्गा प्राप्तिलगायत प्रक्रिया झन्झटिला छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विदेशी लगानीकर्ताले नेपालमा ५० अर्ब १८ करोड लगानी गर्ने प्रतिबद्धता जनाए । सो आर्थिक वर्षमा विदेशबाट १८ अर्ब ८ करोड रूपैयाँ मात्र विदेशी लगानी भित्रियो । त्यसैगरी आव २०७७/७८ मा ३२ अर्ब ७ करोड प्रतिबद्धता आएकोमा १९ अर्ब ५ करोड, आव २०७६/७७ मा ३७ अर्ब ८० करोडमा १९.५ अर्ब, २०७५/७६ मा २५ अर्ब ४८ करोडमा १३.१ अर्ब र आव २०७४/७५ मा ५५ करोड ७६ लाख प्रतिबद्धता आएकोमा ७.५ अर्ब मात्र विदेशी लगानी भित्रिएको थियो । विदेशी लगानीकर्ताले पर्यटन उद्योग, सेवा क्षेत्र, मेनुफ्याक्चरिङ, ऊर्जा, कृषि, आइसिटीलगायत क्षेत्रमा लगानी गर्ने गरेका छन् ।

मुलुकको अस्थिर नीति, कानुनी र प्रक्रियागत झन्झटका कारण प्रतिबद्धता जनाएका पनि लगानी नभित्रिएको सरोकारवाला बताउँछन् । पटकपटक फेरिने ऐन, कानुनका कारण विदेशी लगानीकर्ता अझै पूर्ण विश्वस्त हुन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् ।

नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न कानुनी सुधार र विभिन्न समयमा लगानी सम्मेलनसमेत आयोजना गरेको भए पनि अझै पनि विदेशी लगानीकर्ताबाट विश्वास आर्जन गर्न सकेको देखिँदैन । 
‘लगानीकर्ताले स्थिर कर प्रणालीलगायत व्यवस्था खोजेको हुन्छ,’ ढकालले भने, ‘नीतिगत सुधार भए पनि प्रक्रियागत झन्झटका कारण लगानीकर्ता अझै विश्वस्त हुन सकेको देखिँदैन ।’ पछिल्ला समयमा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहे पनि सरकारले लगानीलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने ढकालले बताए । ‘लगानीकर्ता ढुक्क हुने गरी विश्वास आर्जन गर्नुपर्छ,’ ढकालले भने, ‘नीतिगत स्थिरता आवश्यक छ ।’

नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न कानुनी सुधार र विभिन्न समयमा लगानी सम्मेलनसमेत आयोजना गरेको भए पनि अझै पनि विदेशी लगानीकर्ताबाट विश्वास आर्जन गर्न सकेको देखिँदैन । विदेशी लगानी भित्र्याउन कानुनी सुधार गर्दै गएको उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले बताए । लगानीकर्ताको सहजताका लागि उद्योग दर्ता प्रक्रियामा धेरै सहजीकरण र सरलीकरण गरेको उनले बताए ।  

विदेशी लगानीलाई सहजीकरण गर्न ५० करोड रूपैयाँसम्मको लगानी स्वचालित रूपमा स्वीकृत गर्न नयाँ व्यवस्था गरिएको गौतमले बताए ।

 नेपालमा उत्पादन भएका वस्तुको बिक्रीका लागि दुई छिमेकी मुलुक ठुला बजार भए पनि अपेक्षित रूपमा लगानीकर्ता आएका छैनन् ।  
विदेशी लगानी आकर्षित गर्न ५० करोड रूपैयाँसम्म लगानी स्वचालित रूपमा अनलाइन प्रणालीबाट नै प्रि–अप्रुभलको व्यवस्था गर्न लागेको उनले बताए । ‘लगानीकर्ताले अनलाइनबाटै अटोमेटिक रूपमा लगानी स्वीकृति गर्ने व्यवस्था मिलाउँदैछौं,’ गौतमले भने, ‘यसले विदेशी लगानीकर्तालाई धेरै सजिलो हुनेछ ।’ नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार नेपालमा लगानी गरेका ५७ मुलुकमध्ये भारतको लगानी सबैभन्दा धेरै छ ।

नेपालको उत्तरतर्फ विश्वकै दोस्रो ठुलो अर्थतन्त्र भएको चीन छ । त्यसैगरी दक्षिणतर्फ अर्को ठुलो अर्थतन्त्र भएको भारत छ । नेपालले यी दुई देशका लगानीकर्ताको पनि पूर्ण विश्वास आर्जन गर्न सकेको देखिँदैन । नेपालमा उत्पादन भएका वस्तुको बिक्रीका लागि दुई छिमेकी मुलुक ठुला बजार भए पनि अपेक्षित रूपमा लगानीकर्ता आएका छैनन् ।  

नेपालमा लगानी गर्नेमा दोस्रो स्थानमा चिनियाँ लगानीकर्ता छन् । चीनबाट ३३ अर्ब ४५ करोड रूपैयाँ लगानी आएको छ । चीनपछि नेपालमा धेरै लगानी आउनेमा आयरल्यान्ड रहेको छ । 
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मुलुकमा छिमेकी मुलुक भारत अग्रस्थानमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भारतबाट नेपालमा सबैभन्दा धेरै ८८ अर्ब ५९ करोड रूपैयाँ लगानी भित्रिएको छ । भारतबाट चीनबाट भन्दा करिब ५५ अर्ब रूपैयाँ धेरै लगानी भित्रिएको छ । 

नेपालमा लगानी गर्नेमा दोस्रो स्थानमा चिनियाँ लगानीकर्ता छन् । चीनबाट ३३ अर्ब ४५ करोड रूपैयाँ लगानी आएको छ । चीनपछि नेपालमा धेरै लगानी आउनेमा आयरल्यान्ड रहेको छ । आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

स्वदेशमा लगानीयोग्य पुँजीको अभाव भइरहेको अवस्थामा नेपालमा ५७ मुलुकबाट प्रत्यक्ष वैदेशिक लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा २०७९ असार मसान्तसम्म कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई दुई खर्ब ६४ अर्ब ३३ करोड रूपैयाँ रहेको छ ।

वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत छ । समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत छ ।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत छ । ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा लगानी रहेको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको तथ्यांकले देखाउँछ ।

यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत छ । समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत छ ।

गत वर्ष अपेक्षित लगानी भित्रिन नसकेकोमा चालु आव २०८०/८१ को पहिलो दुई महिनामा विदेशी लगानी प्रतिबद्धता उत्साहनजनक देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना (साउन–भदौ) मा करिब १८ अर्ब रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । भदौसम्म ४ खर्ब ६४ अर्ब ६२ ३१ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।

भदौसम्म नयाँ उद्योगमा १४ अर्ब ६५ करोड रूपैयाँ र सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) मा तीन अर्ब २० करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ । सबैभन्दा बढी लगानी पर्यटन उद्योगमा छ । 
विभागका अनुसार भदौमा ५ अर्ब ८८ करोड ८५ लाख रूपैयाँ र साउनमा करिब ११ अर्ब ९६ करोड रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौसम्म नयाँ उद्योगमा १४ अर्ब ६५ करोड रूपैयाँ र सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) मा तीन अर्ब २० करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ । सबैभन्दा बढी लगानी पर्यटन उद्योगमा छ । भदौसम्म आएको लगानी प्रतिबद्धतामध्ये ५३.४८ प्रतिशत पर्यटन क्षेत्रमा, सेवा क्षेत्रमा ४४.३९ प्रतिशत, म्यानुफ्याक्चरिङमा ९.८ प्रतिशत, पूर्वाधारमा २.२ प्रतिशत, आइसिटीमा २.२ प्रतिशत, कृषिमा १.१ प्रतिशत छ ।
अर्को समाचार
पूर्व प्रधानमन्त्री डा.भट्टराईले गरे आफैँलाई 'मुर्ख' करार
१९ चैत्र २०८०
•
२ मिनेट पाठ
पूर्व प्रधानमन्त्री डा.भट्टराईले गरे आफैँलाई 'मुर्ख' करार
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले अहिलेको राजनीतिक अवस्थालाई निरङ्कुश पञ्चायती कालरात्रीसँग तुलना गर्दै आफूलाई ‘मुर्ख’ करार गरेका छन्।




सामाजिक सञ्जालमा आफ्नो पुरानो फोटोसहित पोस्ट गरेको स्टाटसमा उनले लेखेका छन्, ‘बाबुरामहरू जस्ता केही ‘मूर्ख’ हरू नयाँ ढङ्गले राजनीतिको अग्रगामी पुर्नसंरचना गरौँ र नयाँ आर्थिक क्रान्ति गरौँ भनेर हारगुहार गरिरहेछन्! तर त्यो अरण्यरोदन बनिरहेछ!’

उनले मुलुकको बिग्रदो आर्थिक अवस्था, युवा पलायनले मुलुकको विकास र समृद्धि हुन नसक्ने भन्दै उनले जबसम्म आर्थिक क्रान्ति आउँदैन तबसम्म देश समृद्धिको बाटोमा अघि बढ्न नसक्ने बताएका छन्।

नयाँ पुस्तालाई थाहा नहुन सक्छ! तर मलाई झलझली सम्झना छ–देशको अहिलेको राजनीतिक अवस्था करिबकरिब २०३३/०३४ सालको निरङ्कुश पञ्चायती कालरात्री जस्तो रहेको पनि उनले आफ्नो स्टाटसमा उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘मण्डलेतन्त्रको बिगबिगी थियो। जनतामा चरम निराशा थियो। प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए। बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरू राजासँग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए। पुष्पलाल आफ्नै साथीहरूबाट ‘गद्दार’ घोषित भएर एक्लिएका थिए!’

‘दिनदिनै रेडियोबाट समाचार आउँथ्यो–आज प्रनेका (प्रतिबन्धित नेपाली कांग्रेस) का महामन्त्री पञ्चायत प्रवेश गरे! भोलि प्रनेकपा (प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी) का पोलिटब्युरो सदस्य पञ्चायत प्रवेश गरे! आदि इत्यादि ! मान्छे जिब्रो टोकेर कानेखुशी गर्थे–राजाको निरङ्कुश ‘पञ्चायती प्रजातन्त्र’ सय वर्ष टिक्नेभयो!’

अर्को वर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसङ्ग्रह गराउन बाध्य भए! राजनीति अलि खुकुलो भयो पार्टी छोडेर पञ्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले! फेरि पनि जनमत सङ्ग्रहमा बहुदललाई धाककधली गरेर हराइयो!

पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिककएकै अवस्थामा ‘गद्दार’ कै पगरी भिरेर संसारबाट विदा भए! बिपीले केही वर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे।

दश वर्षभित्र अर्को जनआन्दोलन उठ्यो। बहुदल पुर्नस्थापना भयो। कांग्रेस र कम्युनिष्ट (मुख्यतः एमाले) सत्तामा आए। कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाल सजिए।

परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाकक पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो! दश वर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन÷मधेसविद्रोह लगायतका सङ्घर्षको बलमा देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र आयो!

तर, इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए! देशको आर्थिक÷सामाजिक रूपान्तरणको काम अधूरै रह्यो! युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेकाछन्।

के इतिहासको गति रोकिन्छ त? भनिन्छ– इतिहास दोहोरिन्छ, किनकी मानिसले आफ्नो गल्ती दोहोर्याउँछ! गल्ति सच्याउ, इतिहास दोहोरिन नदेउ!
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock २ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock ५४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस