सडक मर्मत गर्न बजेट अभाव
२२ असोज २०८०
•
२ मिनेट पाठ
सडक मर्मत गर्न बजेट अभाव
सडक डिभिजन कार्यालय सुर्खेतमा चालु आर्थिक वर्षमा चाहिएकोभन्दा निकै न्यून बजेट आउँदा सडक मर्मतसम्भार गर्न कठिन भएको छ। सरकारले आवश्यकभन्दा ९० प्रतिशत कम रकम पठाउँदा मर्मतसम्भार गर्न समस्या भएको हो।




मर्मत गर्नुपर्ने सडक धेरै छन् तर सरकारले टालटुल गर्ने कार्यलाई समेत नपुग्ने गरी अपर्याप्त बजेट पठाएकाले सडक डिभिजनले थोरै ठाउँमा खाल्डाखुल्डी पुर्नेे तथा टाल्ने काम मात्रै गर्नेछ। तीन सय ४४ किलोमिटर सडक मर्मतसम्भार गर्न सडक डिभिजन कार्यालय सुर्खेतमा यो आर्थिक वर्षमा तीन करोड ३२ लाख ५० हजार रूपैयाँ खर्च गर्ने अख्तियारी दिइएको छ। यो रकम चाहिएको भन्दा ९० प्रतिशत कम हो।

मुख्यतः दैलेख खण्डमा बर्सातका कारण कर्णाली राजमार्ग छियाछिया भएको छ। धेरै ठाउँमा कालोपत्रे नै छैन् तर सरकारले बजेट विनियोजन गर्दा ध्यान नदिएकाले सडकको अवस्था बेहाल हुने देखिन्छ।

सरकारले राजमार्ग बनाउन सक्दैन् भने यस्तो अवस्थामा नचलाउन राकमकर्णालीका स्थानीय अगुवा नैनबहादुर शाहीले सुझाव दिएका छन्। ‘कर्णाली राजमार्गको अवस्था दयनीय छ। मर्मत तथा फराकिलो बनाउन बजेट छुट्याउँदैनन्।’

अगुवा शाहीले भने, मुत्युको सौदा गरेर यात्रा गर्नुपर्छ त्यो भन्दा सरकारले नै राजमार्ग बन्द गरिदियोस्।’

सडक डिभिजनले कर्णाली राजमार्गको दैलेख कालिकोटसीमा दहीखोलासम्म एक सय ३२ किलोमिटर, ७० किलोमिटर भेरी कोरिडोर छिन्चु–छेडासम्म, रत्न राजमार्गअन्तर्गत हर्रेदेखि बाँगेसिमलसम्म ४४ मिलोमिटर, बोटेचौर–काल्चेसम्म १४ किलोमिटर, सुर्खेत–दैलेख सडक खण्ड ७० किलोमिटर, तल्लोडुंगेश्वर–सियाकोटसम्म ८ किलोमिटर, तल्लोडुंगेश्वर–दुल्लुसम्म १३ किलोमटर मर्मतसम्भारका लागि अपुग बजेट विनियोजन गरेको हो। जसका कारण बर्सेनि सडकको अवस्था झन् बिग्रँदो छ।

मर्मतसम्भारका लागि चाहिने रकमको १० प्रतिशत मात्रै बजेट आएको सडक डिभिजन कार्यालय सुर्खेतका सूचना अधिकारी टोप नारायण पौडेलले बताए। ‘नयाँ योजना एउटाबाहेक अरू छैनन्।’ सूचना अधिकारी पौडेलले भने, यहाँका सडकहरूमा बढी मर्मतसम्भार गर्नुपर्छ त्यसमा पनि बजेट न्यून छ।’

पुराना ठेक्काहरू छन् तर नयाँ योजना एउटा मात्र छ। जहरे–शिवनगर–गुमी–पातीकाल्ने ९ किलोमिटर कालोपत्रको लागि यो वर्ष टेन्डर हुँदैछ। योबाहेक नयाँ योजना यो आर्थिक वर्षमा छैनन्।  
अर्को समाचार
चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव छः मन्त्री ज्वाला
१७ असोज २०८०
•
२ मिनेट पाठ
चाडपर्व लक्षित सडक मर्मतका लागि पनि बजेट अभाव छः मन्त्री ज्वाला
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताएका छन्।




बजेटको अभावका कारण दशैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाइ थियो।

बुधवार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उहाँले दशैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला समेत रहेको बताए। मन्त्री ज्वालाले भएको सोत र साधनको अधिकतम परिचालन गरी दशैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको पनि बताए। उनले काठमाडौं उपत्यकाको खाल्डाखुल्डी भने दशैँअघि नै व्यवस्थापन गरिसक्ने प्रतिवद्धता समेत व्यक्त गरे।

मन्त्री ज्वालाले भने, ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भिर छ। अब बजेटको अभाव छ। यहाँहरुलाई जानकारी छ। अब बजेटको अभावले भनेजस्तो नहुन पनि सक्छ। प्रक्रियागत झमेलाहरु पनि छन्। तर भएका स्रोतलाई अत्याधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भिर छ। दशैँअगाडि चाहीँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडकहरुका खाल्डाखुल्डी हामीले व्यवस्थित गरिसक्छांै। यो चाहीँ समितिमा हाम्रो कमिटमेन्ट हो। त्यसै अनुसार हामीले निर्देशन दिइरहेका छौं। र, उहाँहरु त्यो काममा लागि सक्नुभएको छ। तर सडक भनेको चाहीँ सबै भौतिक पूर्वाधार मन्त्रालयको मात्रै हो कि भन्ने आम जनताको माझमा परेको छ। अब माननीय ज्युहरुलाई भन्न चाहन्छु–करिडोर अन्तर्गतका सडकहरु शहरी विकास मन्त्रालय अन्तरगत पर्दछ। कतिपय भित्री सडकहरु महानगरपालिका, पालिकाको मातहतका पर्दछन्। त्यसैले म चाहीँ भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पर्ने काठमाडौं उपत्यकाका सडकहरुको खाल्डाखुल्डी हामी व्यवस्थित गरिसक्छौं। र, अलिबढी गम्भिर ढंगले ध्यान दिनुपर्ने मुख्य सडक भनेको नारायणगढदेखि मुग्लिनसम्मको सडक खण्ड हो। पानी परिरहने र पहिरो गईरहने यो सडकमा यो वर्षचाँही यात्रुहरुले धेरै सास्ती भोग्नुपरेन। यस वर्ष चाडपर्वका बेला त्यहाँ पहिरो आईहाले त्यसको तत्काल व्यवस्थापन हुनेगरी विशेष व्यवस्था गर्छौं।’
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४० सेकेन्ड अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock २ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस