डोल्पा र चीनको स्वशासित क्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट करिब आठहजार च्यांग्रा मात्र पोखरा झर्ने भएका छन्। अघिल्ला वर्षमा डोल्पा र तिब्बतबाट पर्याप्त आउँदा मुस्ताङबाट पोखरा झर्ने च्यांग्राको संख्या ठूलो हुने गरेको थियो।
भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख ऋषिराम पोखरेलले यो पटक दसैंमा मुस्ताङबाट झर्ने च्यांग्राको संख्या करिब आठहजार मात्र हुने बताए। अहिलेसम्म ५ हजार ४ सय च्यांग्रा मुस्ताङबाट पोखराका लागि हिडिसकेको उनले बताए। पशुसेवा विज्ञ केन्द्रले स्वास्थ्य परीक्षण गरेर ती च्यांग्रा पोखराका लागि हिडेको उनले बताए।
‘यो पटक संख्यात्मक हिसाबले निकै नै कम संख्यामा मात्र च्यांग्रा पोखरा झर्नेछन्। किनकी आठहजार हाराहारीमा मात्र च्यांग्रा झर्ने हाम्रो अनुमान हो,’ पोखरेलले भने, ‘जिल्लामा मात्र उत्पादन छ। छिमेकी जिल्ला डोल्पा र तिब्बतबाट च्यांग्रा आउनै पाएनन। जसले गर्दा यो पटक संख्या कम भएको हो।’ अहिलेसम्म ५ हजार ४ सय च्यांग्रा झरिसकेको भएपनि यो संख्या ८ हजार नकट्ने उनले बताए।
‘डोल्पाबाट पर्याप्त मात्रामा आउँदा अघिल्ला वर्ष तिब्बतबाट नआउँदा पनि च्यांग्रा अभाव भएको थिएन। तर, यो पटक डोल्पाबाट करिब ५ सयवटा मात्र च्यांग्रा मुस्ताङ भित्रिए। हाम्रो अनुमान ४ हजार आउने थियो,’ उनले भने, ‘कोरोना भाइरस संक्रमण सुरु भएपछि तिब्बतबाट त आउनै छाडेका छन्।’ डोल्पाबाट च्यांग्रा मुस्ताङ हुँदै पोखरा ल्याउने गरिएको थियो।
नेपाल र तिब्बतबीचको सिमा कोरलामा लाग्ने द्विपक्षीय व्यापार मेलाका बेला तिब्बती व्यावसायीले नेपाली व्यावसायीलाई च्यांग्रा बिक्री गर्दथे। तर, कोरोना भाइरस संक्रमण सुरु भएदेखि अहिलेसम्म यो मेला लागेको छैन। वर्षमा दुइपटक लाग्ने मेलाले माथिल्लो भेगमा व्यावसायिक गतिविधि हुने गरेका थिए। तर, मेला रोकिँदा च्यांग्रा भित्रिन पाएका छैनन।
‘तिब्बतबाट पर्याप्त आउँदा केही वर्ष अघिसम्म मुस्ताङ हुँदै पोखरा झर्ने च्यांग्राको संख्या २० हजार हाराहारीमा हुने गरेको थियो। तर, अहिले तिब्बतबाट पनि आएनन, डोल्पाबाट पनि सोचेजति भित्रिएनन,’ पोखरेलले भने। मुस्ताङमा च्यांग्रा उत्पादन बढ्दै गएकोले यो पटक स्थानीय च्यांग्रा बढी झरेको उनले बताए। ‘मुस्ताङी च्यांग्रा भनिएपनि अघिल्ला वर्ष भित्रिने बढीजसोमा तिब्बती र डोल्पाका हुन्थे,’ उनले भने, ‘तर, योपटक तिब्बतबाट एउटा पनि आएन। डोल्पाबाट पनि पर्याप्त मात्रामा भित्रिएनन।’
संख्या कम भएपछि यो पटक च्यांग्राको मूल्य पनि बढ्ने उनको अनुमान छ। ‘हुन त स्थानीय प्रशासनले च्यांग्राको मूल्य तोक्दैन। तर, माग बढी र आपूर्ति कम भएपछि मूल्य बढ्न सक्छ,’ उनले भने। व्यावसायीका अनुसार यो पटक ३५ हजार हाराहारीमा एउटा च्यांग्राको मूल्य पर्ने अनुमान छ।
खरिद मूल्य महंंगो पर्ने र पर्याप्त मात्रामा नपाएको भन्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले समेत दसैंका लागि हिमाली जिल्ला मुस्ताङबाट च्यांग्रा नकिन्ने भनिसकेको छ। मुस्ताङको साटो रसुवाबाट च्यांग्रा खरिद गर्ने खाद्यको तयारी छ। खाद्यले योपटकको दसैंमा खरिद गर्नेगरि खसीबोका र च्यांग्राका लागि बजेट भने छुट्याएको छ।
खाद्यले दसैंमा एकहजार वटा च्यांग्रा र दुइहजार खसीबोका खरिद गर्ने तयारी गरेको छ । खाद्य व्यवस्था तथा ब्यापार कम्पनि लिमिटेड मुस्ताङका प्रमुख ललीतकुमार यादवले योपटक मुस्ताङी च्यांग्रा राजधानी लैजाने कुनै तयारी नभएको बताए। ‘हामीले च्यांग्राबारे मुस्ताङको गाउँगाउँमा गएर बुझ्यौ, तर, मुस्ताङबाट भने खरिद नगर्ने निर्णय भएको छ,’ यादवले भने ।
केन्द्रको निर्देशन अनुसार मुस्ताङका गाउँगाउँमा गएर च्यांग्राबारे भाउ बुझेको भएपनि नकिन्ने निर्णय भएको उनले बताए। ‘भाउ पनि बुझियो, मौखिक कुरा पनि भयो। तर, मुस्ताङमा नकिन्ने भन्ने जानकारी आएको छ,’ उनले भने। मुस्ताङका स्थानीय किसानले जिउँदो च्यांग्राको मूल्य प्रतिकिलो ११ सय देखि ११ सय ५० रुपैयाँसम्म तोकेको उनले बताए।
‘किसानले जिउँको च्यांग्राको मूल्य प्रतिकिलो ११ सय रुपैयाँ भन्दा तल नघट्ने भनेका छन,’ उनले भने, ‘खाद्यले सुरुमा एकहजारवटा च्यांग्रा किन्ने भनेको पनि हो। तर, मुल्य बढी परेकोले मुस्ताङका साटो अन्य जिल्लाबाट किन्ने तयारी भएको छ।’ यादवका अनुसार खाद्यले २०७६ पछि मुस्ताङबाट दसैंमा च्यांग्रा किनेको छैन। त्यसअघि हिमाली जिल्ला मुस्ताङबाट खाद्यले दसैंको अवसरमा एकहजार हाराहारीमा च्यांग्रा किनेर राजधानी लगेर बिक्री गर्ने गरेको थियो।
मुस्ताङको वारागुँ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका किसानले च्यांग्रा पाल्छन। तिनै च्यांग्रा किसानसँग किनेर अरु व्यवासायीले पोखरामा बेच्नका लागि झार्छन्। व्यावसायीले च्यांग्रालाई मुस्ताङदेखि हिडाएरै पोखरा ल्याउँछन्। पोखरामा दशैंको बेला च्यांग्राको मेला नै लाग्ने गर्छ।
हिमाली क्षेत्रको जडिबुटी खाएर हुर्किएका च्यांग्रा पोखरा र आसपासका क्षेत्रका उपभोक्ताले निकै रुचाउँदै आएका छन्। चिसो हावापानीमा हुर्केकोले च्यागं्राको मासु बढि स्वादिलो हुने भन्दै चितवन, रुपन्देही, पाल्पा, स्याङजा, तनहुँ, गोरखा लगायत कास्की आसपासका जिल्लाबाट समेत ग्राहक च्यांग्रा किन्न ग्राहक पोखरासम्म आउने गर्छन।
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।
सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए।
राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...