चेक बाउन्स भए दुई वर्ष जेल
०१ कार्तिक २०८०
•
२ मिनेट पाठ
चेक बाउन्स भए दुई वर्ष जेल
कुनै व्यक्तिले बैंकको चेकमार्फत भुक्तानी दिँदा उल्लेख भएको रकम नभएमा अब कडा सजाय हुनेगरी संघीय संसद्मा ऐन संशोधन विधेयक दर्ता भएको छ । प्रतिनिधि सभामा बैंकिङ कसुर तथा सजाय ऐनलाई संशोधन गर्न दर्ता गरिएको विधेयकमा दुई वर्षसम्म जेल सजाय हुने व्यवस्था प्रस्ताव गरिएको हो ।  

नयाँ विधेयकमा चेक बाउन्स भएको प्रमाणित भए चेक जारी गरिदिने खातावालाबाट भुक्तानी पाउने हकवालालाई बिगोबमोजिम रकम भराई चेक जारी गर्ने खातावालालाई बिगोको पाँच प्रतिशत जरिवाना र सजाय हुने व्यवस्था छ । जसमा पाँच लाख रूपैयाँसम्म बिगो भए एक महिनासम्म कैद, पाँच लाखभन्दा बढी १० लाख रूपैयाँसम्म बिगो भए तीन महिनासम्म, १० लाखभन्दा बढी ५० लाखसम्म भए ६ महिनासम्म र ५० लाख रूपैयाँभन्दा बढी जतिसुकै बिगो भए पनि दुई वर्षसम्म कैद हुने व्यवस्था प्रस्ताव गरिएको छ ।

विधेयकमा छ, ‘चेक साट्दा उल्लिखित रकम नभएमा त्यो चेक बैंक वा वित्तीय संस्थाले चेकमा रकम भुक्तानी पाउने व्यक्तिलाई फिर्ता गर्नुपर्ने छ । फिर्ता हुन आएको चेक रकम भुक्तानी पाउने हक भएको व्यक्तिले बाउन्स भएको प्रमाणित गराउन चाहे बैंकले बढीमा ३० दिनको म्याद दिई आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई सोको अभिलेख राख्नुपर्नेछ ।  

बैंकले खातावालालाई दिएको सूचनाको अभिलेख राखिसकेपछि सो व्यहोरा चेकमा समेत जनाई त्यस्तो चेक भुुक्तानी पाउने हक भएको व्यक्तिलाई फिर्ता गर्नुपर्ने छ ।  

चेक बाउन्स गरेको प्रमाणित भएको मितिले तीन महिनाभित्र जाहेरी दिन सकिनेछ । त्यसरी जाहेरी परेको मितिले तीन महिनाभित्र सम्बन्धित जिल्ला अदालतसमक्ष मुद्दा दायर गरिसक्नुपर्ने व्यवस्था विधेयकमा छ । प्रतिवादीले चेकमा उल्लेख भएबमोजिमको रकम भुक्तानी पाउने हक भएको व्यक्तिलाई बुझाई दुवै पक्षले मिलापत्र गर्न चाहेमा निवेदन दिन सकिने व्यवस्था पनि गरिएको छ । यसमा अदालतले मिलापत्र गराइदिनुपर्ने व्यवस्था छ ।

बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा कसैले पनि आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी कसैलाई चेक काटेमा वा कसैले त्यस्तो कार्य गरी उक्त चेकको रकम भुक्तानी नभएमा बैंकिङ कसुर गरेको मानिने व्यवस्था २०७३ सालमा पहिलो संशोधन गरिएको थियो । पहिलो संशोधनमा चेक बाउन्स (अनादर) गरेमा बिगो खुलेकोमा बिगो भराई बिगोबमोजिम जरिवाना र तीन महिनासम्म कैद तोकिएको थियो ।

बैंक तथा वित्तीय संस्थामा रकम भएको झुटो विवरण पेस गरेर अन्य व्यक्तिलाई धोका दिई ठगी गरी सम्पत्ति खाने प्रवृत्ति पछिल्लो पटक बढेको छ । यससम्बन्धी अदालतमा अत्यधिक मुद्दा पर्न थालेका छन् । बैंकिङ कसुर तथा सजाय ऐन २०६४ मा चेक बाउन्ससम्बन्धी मुद्दाको अनुसन्धान अभियोजन र त्यसपछिको अदालती कारबाहीलाई समेत ध्यानमा राखेर सरकारले विधेयक ल्याएको जनाएको छ ।  

बैंकिङ कसुर तथा सजाय ऐन २०६४ र विनिमय अधिकारपत्र ऐन २०३४ मा रहेको चेक बाउन्ससम्बन्धी प्रावधानमा संशोधन गर्नुपर्ने भएकाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ लाई संशोधन गरेको विधेयक संसद्मा ल्याइएको सरकारले जनाएको छ ।
अर्को समाचार
खुश्बुलाई दुई वर्ष जेल
१८ फागुन २०७६
•
३ मिनेट पाठ
खुश्बुलाई दुई वर्ष जेल
काठमाडौं – काठमाडौं जिल्ला अदालतले चेक बाउन्स (बैंकमा पैसा नभई चेक दिने) मुद्दामा मोडल खुश्बु ओलीलाई बिगोबापत दुई वर्ष जेल सजाय ठहर गरेको छ। गत जेठ ७ मा अदालतले ओलीलाई चेक अनादर मुद्दामा ३६ लाख बिगोसहित ३ महिना कैद, ३ हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। अदालतले नौ महिनाअघि गरेको फैसलाअनुसार उनले बिगो रकम नतिरेपछि कानुनअनुसार थप दुई वर्ष कैद तोकिएको हो। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले ओलीलाई बिगोसहितको जरिवाना तिराउने फैसला गरेको थियो। सोही इजलासले शुक्रबार बिगोबापतको रकममा कैद तोकेको हो।

सप्तारीका गोपालबहादुर कट्वालले २०७४ साउन २९ मा मोडल ओलीले दिएको चेक बाउन्स भएको भन्दै अदालतमा मुद्दा दर्ता गरेका थिए। लेनदेनको क्रममा मोडल ओलीले कट्वाललाई चेक दिएकी थिइन्। कुमारी बैंकको ३६ लाख रुपैयाँको चेक दिएर बैंकमा पैसा नभएपछि उनले चेक अनादरमा मुद्दा दर्ता गरेका थिए।

मोडल ओलीले पैसा जम्मा नभएपछि २०७३ पुस २९ मा लेनदेनका लागि कट्वाललाई चेक दिएकी थिइन्। चेक काटिएको मितिले १६ दिनसम्म बैंक धाएपछि पनि नसाटिएपछि मुद्दा दर्ता गरेका थिए। अदातलको फैसला कार्यान्वयन नभएपछि कट्वालले फैसला कार्यान्वयनको माग गर्दै जिल्ला अदालत काठमाडौंमा निवेदन दिए।

गत साउन १३ मा जिल्ला अदालतले म्याद तामेल गरी सम्बन्धित वडामा पठाएको थियो। वडाले म्याद तामेल गर्दासमेत मोडल ओली सम्पर्कमा नआएपछि कट्वालले जायजेथा प्राप्त गर्न नसकेको भन्दै जरिवाना र बिगो बमोजिम कैद माग गरेका थिए। मुलुकी अपराध संहिता अनुसार रकम नतिरेमा कैद बस्नुपर्ने व्यवस्था छ। मोडल ओलीले रकम नतिरेका कारण कैद बस्नुपर्ने भएको हो।

मोडल ओली सन् २००० मा काठमाडौं जेसिसको आयोजनामा भएको प्रतियोगितामा ‘लिटिल लेडी’ को च्याम्पियन जितेकी थिइन्। त्यसपछि सन् २००६ मा मिस टिनको ताज पहिरन सफल भएकी थिइन्। प्रहरी इन्काउन्टरमा मारिएका डन ‘चरी’ भनिने दिनेश अधिकारीसँगको प्रेम सम्बन्धपछि उनी चर्चामा आएकी थिइन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ५ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस