सरकारले सुदूरपश्चिममा चिकित्सा शिक्षासम्बन्धी विश्वविद्यालय सञ्चालन गर्नका लागि तयारी थालेको छ। कानुन अभावमा भौतिक संरचना तयार भए पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन।
सरकारले संसदमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक ल्याएसँगै अब सुदूरपश्चिममा चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना हुने भएको हो। अहिले त्रिभुवन विश्वविद्यालय र काठमाडांै विश्वविद्यालय सम्बद्ध २४ मेडिकल कलेज हाल सञ्चालनमा छन्।
संसद्को चालु अधिवेशनले विधेयक पारित नगरे पनि हिउँदे अधिवेशनमा यो विधेयक पारित गर्ने सरकारको तयारी छ। सुदूरपश्चिमको गोदावरी नगरपालिका–५, गेटामा केन्द्रीय कार्यालय रहने विश्वविद्यालय निर्माणका लागि सरकारले गत माघमा निर्णय गरेको थियो।
गत माघ २९ गते कैलालीमा निर्माण भइरहेको गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो। मन्त्रिपरिषद्ले उक्त कलेजलाई सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गरेको थियो।
यो विश्वविद्यालयले पिछडिएको सुदूरपश्चिमको विकासमा पनि निकै ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सोही संरचनामा शिक्षण अस्पताल सहितका प्राज्ञिक तथा स्वास्थ्य सेवातर्फका कार्यक्रम सञ्चालन हुनेछन्।
संसद्मा आएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हप्ता दिनभित्रै राष्ट्रियसभाको विधायन समितिमा पुगेको छ। विधेयक संसद्बाट पारित भएमा चिकित्सा शिक्षासम्बन्धी एक मात्र विश्वविद्यालय हुनेछ।
विश्वविद्यालयलाई कसरी गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा सांसदहरूले संशोधन राखेका छन्। राष्ट्रियसभामा सैद्धान्तिक छलफलका क्रममा सदस्यहरू देवेन्द्र दाहाल, पार्वती रावल थापा लगायतले चिकित्सा विज्ञानसम्बन्धी शिक्षण संस्थालाई एउटै छातामुनि ल्याउनुपर्ने बताएका थिए।
यो विधेयक पारित भएमा चिकित्सा शिक्षासँग सम्बन्धित शिक्षण संस्था र प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउन सरकार सकारात्मक भएको शिक्षामन्त्री राईले बताएका छन्।
सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै उनले पठनपाठन भइरहेको मेडिकल कलेजलाई एकीकरण गर्न सकिन्छ वा एउटै छातामुनि ल्याउन सकिन्छ कि भन्नेतर्फ संसद्ले छलफल गरेर निर्णय गर्न सक्ने र त्यसलाई सरकारले सहयोग गर्ने बताए।
उनले उपकुलपतिलगायतका पदाधिकारी खुला प्रस्पर्धाबाट आउने व्यवस्थाले पठनपाठनलाई प्रभावकारी बताउने बताए। विधेयक छलफलका क्रममा आउने सुझाव तथा संशोधनले चिकित्सा शिक्षामा एसियाकै उत्कृष्ट विश्वविद्यालयका रूपमा स्थापित गराउन मद्दत पुग्ने आफूले विश्वास लिएको उनले बताएका थिए।
यस विश्वविद्यालयको उपकुलपति तथा अन्य पदाधिकारी खुला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था विधेयकमा गरिएको नयाँ व्यवस्था हो। संचालनमा रहेका अन्य विश्वविद्यालयमा भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको प्रत्यक्ष संलग्नतामा उपकुलपतिको नियुक्ति हुँदै आएका थिए।
सरकारले स्वास्थ्य विज्ञानका क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न विशिष्टीकृत विश्वविद्यालयका रूपमा स्थापना गर्ने र मेडिकल साइन्स पढ्न विदेशीलाई पनि आकर्षित गर्ने साेंच बनाएको छ।
अंग्रेजीमा ‘मार्टियर दशरथ चन्द युनिभर्सिटी अफ हेल्थ साइन्स भनिने यस विश्वविद्याललाई सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय स्वशासित संस्थाका रूपमा विकास गर्न खोजेको छ। सभा, प्राज्ञिक परिषद्, कार्यकारी परिषद्, अनुसन्धान केन्द्र, स्कुल, शिक्षण संस्था र शिक्षण अस्पताल विश्वविद्यालयमा रहनेछन्। विश्वविद्यालयमा कुलपति, सहकुलपति, उपकुलपति, रजिष्ट्रार, डिन, प्रिन्सिपल, अस्पताल निर्देशक पदाधिकारीका रूपमा रहने छन्।
विश्वविद्यालयको सर्वोच्च निकायको रूपमा रहेको सभा १९ सदस्सीय हुने उल्लेख छ। जसमा कुलपति अध्यक्ष, सहकुलपति, सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री, विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष, स्वास्थ्य विज्ञानसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने अन्य विश्वविद्यालयका उपकुलपतिमध्येबाट एकजना, शिक्षा सचिव, स्वास्थ्य सचिव, विश्वविद्यालयको केन्द्रीय कार्यलय रहेको स्थानीय तह प्रमुख, स्वास्थ्य विज्ञानको क्षेत्रमा विशेषज्ञता हासिल गरेका तीन जनालगायतका १९ जना हुनेछन्।
विश्वविद्यालय स्थापनाका लागि आवश्यक भौतिक पूर्वाधार विकासको अधिकांश कार्य सम्पन्न भइसकेको छ तर कानुन अभावमा उक्त विश्वविद्यालयको प्राज्ञिक कामकाज सुरु हुन सकेको छैन। विधेयक पारित हुनासाथ विश्वाविद्यालयले काम तुरुन्त सञ्चालन गर्ने योजना छ।

सरकारले २०५६ सालमा सो ठाउँमा ७७ बिघा जमिन छुट्याएको थियो। २०६५ सालमा सम्भाव्यता अध्ययन गरी २०७१ सालमा शिलान्यास भएको थियो।तत्कालीन अर्थमन्त्री डा. रामशरण महतले आर्थिक वर्ष २०७२/७३ मा पूर्वाधार निर्माणका लागि बजेट छुट्याएका थिए। त्यसपछि २०७४ सालबाट पूर्वाधार निर्माण सुरु भएको हो। ६ सय शड्ढयाको अस्पताल र मेडिकल कलेजका लागि २८ वटा आधुनिक भवन निर्माण भइरहेको छ।
यो विश्वविद्यालयले पिछडिएको सुदूरपश्चिमको विकासमा पनि निकै ठूलो टेवा पुग्ने विश्वास गरिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार सोही संरचनामा शिक्षण अस्पताल सहितका प्राज्ञिक तथा स्वास्थ्य सेवातर्फका कार्यक्रम सञ्चालन हुनेछन्।
संसद्मा आएको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक हप्ता दिनभित्रै राष्ट्रियसभाको विधायन समितिमा पुगेको छ। विधेयक संसद्बाट पारित भएमा चिकित्सा शिक्षासम्बन्धी एक मात्र विश्वविद्यालय हुनेछ।
विश्वविद्यालयलाई कसरी गुणस्तरीय र प्रभावकारी बनाउने विषयमा सांसदहरूले संशोधन राखेका छन्। राष्ट्रियसभामा सैद्धान्तिक छलफलका क्रममा सदस्यहरू देवेन्द्र दाहाल, पार्वती रावल थापा लगायतले चिकित्सा विज्ञानसम्बन्धी शिक्षण संस्थालाई एउटै छातामुनि ल्याउनुपर्ने बताएका थिए।
यो विधेयक पारित भएमा चिकित्सा शिक्षासँग सम्बन्धित शिक्षण संस्था र प्रतिष्ठानलाई एउटै छातामुनि ल्याउन सरकार सकारात्मक भएको शिक्षामन्त्री राईले बताएका छन्।
सैद्धान्तिक छलफलमा उठेका विषयमा जवाफ दिँदै उनले पठनपाठन भइरहेको मेडिकल कलेजलाई एकीकरण गर्न सकिन्छ वा एउटै छातामुनि ल्याउन सकिन्छ कि भन्नेतर्फ संसद्ले छलफल गरेर निर्णय गर्न सक्ने र त्यसलाई सरकारले सहयोग गर्ने बताए।
उनले उपकुलपतिलगायतका पदाधिकारी खुला प्रस्पर्धाबाट आउने व्यवस्थाले पठनपाठनलाई प्रभावकारी बताउने बताए। विधेयक छलफलका क्रममा आउने सुझाव तथा संशोधनले चिकित्सा शिक्षामा एसियाकै उत्कृष्ट विश्वविद्यालयका रूपमा स्थापित गराउन मद्दत पुग्ने आफूले विश्वास लिएको उनले बताएका थिए।
यस विश्वविद्यालयको उपकुलपति तथा अन्य पदाधिकारी खुला प्रतिस्पर्धाबाट गर्ने व्यवस्था विधेयकमा गरिएको नयाँ व्यवस्था हो। संचालनमा रहेका अन्य विश्वविद्यालयमा भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको प्रत्यक्ष संलग्नतामा उपकुलपतिको नियुक्ति हुँदै आएका थिए।
उपकुलपतिको नियुक्तिबारे भनिएको छ, विश्वविद्यालय सभाको सदस्यको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति रहने छ।उक्त समितिले खुला प्रतिस्पर्धाका लागि आह्वान गर्ने र परेको आवेदनमध्येबाट बढीमा सात र कम्तीमा तीन जना उम्मेदवारको संक्षिप्त सूची तयार गरी त्यस्ता उम्मेदवारको अन्तर्वार्ता लिने व्यवस्था गरिएको छ। समितिले सबैभन्दा योग्य दुईजनाको नाम सभामा सिफारिस गर्ने र सिफारिस भएकामध्येबाट एकजनालाई सभाले तीस दिनभित्र उपकुलपति नियुक्त गर्ने व्यवस्था विधेयकमा छ। उपकुलपतिमा स्वदेशी वा विदेशीमध्ये यो व्यत्ति उमेदवारको दाबेदार हुन पाउने व्यवस्था गरिएको छ।