विगतको तुलनामा यस पटक खसीबोकाको व्यापार कम: व्यापारी
०५ कार्तिक २०८०
•
१ मिनेट पाठ
विगतको तुलनामा यस पटक खसीबोकाको व्यापार कम: व्यापारी
क्याप्शन
खसीबोका व्यापारीहरूले विगतको तुलनामा यस पटक व्यापार कम भएको बताएका छन् ।  

नेपालीहरूको महान चाड विजया दशमीको अवसरमा व्यापारीहरूले विभिन्न जिल्लाबाट खसीबोका ल्याएपनि व्यापार भने उल्लेख्य नभएको गुनासो गरेका हुन्। उनीहरूले दुर्गम जिल्लाहरूबाट खसी बोका किनेर नल्याउँदा काठमाडौं उपत्यकामा खसीबोका महँगो परेको बताए।  

उनीहरूले सरकारले काठमाडौं भित्रिने नै खसीबोका किनेको र दुर्गम जिल्लाहरूबाट नल्याएकाले महँगो पर्न गएको गुनासो गरेका छन्।

एक सर्वसधारणले काठमाडौं आउने निश्चित खसीबोका नै किनेर ल्याएको र दुर्गम क्षेत्रबाट किनेर नल्याउँदा महँगो परेको बताए।  

त्यस्तै पशुचौपाया खरिद बिक्री सङ्घका उपाध्यक्ष सन्तोषबहादुर खत्रीले पहिलाको तुलनामा यस वर्ष थोरै मात्रामा मात्रे बिक्री भइरहेको बताए। उनले मानिसहरूसँग पैसा कमी भएकाले दसैँमा चहलपहल नभएको र अरु बेलाको जस्तै मूल्य रहेको बताए।  

यस वर्ष भारतबाट आयात ठप्प भएको र नेपालकै खसीबोकाहरू प्रशस्त रहेको बताए।  

व्यापारीहरूले रुकुम, रोल्पा, सल्यान, झापा, इलाम, भोजपुर, ओखलढुंगा, खोटाङ, काभ्रेपलाञ्चोक, धादिङ र सिन्धुपाल्चोक लगायतका जिल्लबाट खसीबोका काठमाडौं ल्याएका छन्।
अर्को समाचार
पेसा प्रवर्द्धनमा जुट्दै बाख्रापालक किसान
२७ माघ २०८०
•
४ मिनेट पाठ
पेसा प्रवर्द्धनमा जुट्दै बाख्रापालक किसान
तनहुँमा व्यावसायिक रुपमा बाख्रापालन गर्दै आएका किसान एकत्रित भएका छन्। माछामासुमा आत्मनिर्भर तनहुँका किसान अन्य जिल्लाबाट खसीबोका ल्याउने कार्य निरुत्साहन गर्न एकजुट भएका हुन्।  

नेपाल बाख्रापालक महासंघका केन्द्रीय सल्लाहकार मानबहादुर भण्डारीले व्यावसायिक बाख्रापालक किसानलाई एकत्रित बनाउन आवश्यक रहेको बताए। उनले तनहुँ मासुमा आत्मनिर्भर भएको अवस्थामा पनि यहाँका खसीबोका अन्य जिल्लामा बेच्नुपर्ने भए पनि त्यसो हुन नसकेको गुनासो गरे। उनले भने, ‘जिल्लामा बाह्य खसीबोका आयात गर्नुपर्ने अवस्था छैन तर यहाँका किसानका खसीबोका बिक्री वितरणमा समस्या भएको छ। यसको न्यूनीकरणका लागि व्यावसायिक बाख्रापालक किसान एकत्रित हुनुपर्छ, यसका लागि हामी लागिपरेका छौँ।’

भण्डारीले आयातित खसीबोका बिक्री वितरणलाई निरुत्साहित गरी यहीँका उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए। आयातित खसीबोका यहाँका बजार तथा होटलमा बिक्री हुने हुँदा यहाँका खसीबोका बिक्री वितरणका लागि बजारीकरण र भण्डारणको समस्या सृजना भएको उनले बताए।

भण्डारीले भने, ‘व्यावसायिक बाख्रापालक किसान एक भएर अब आयातित खसीबोका बिक्री वितरणमा कडाइ गर्न अनुगमन तथा नियन्त्रणमा सक्रिय भूमिका खेल्ने छौँ, आवश्यक सरकारी तथा गैरसरकारी संघसंस्थासँग समन्वय गरी अगाडि बढ्ने तयारी गरिरहेका छौँ।’ यहाँ स्थानीय उत्पादन प्रयोग गर्ने वातावरण बनाएर वास्तविक किसानका खसीबोका बिक्री वितरण गर्ने लक्ष्य लिएको उनले बताए।

सरकारबाट प्राप्त हुने अनुदान प्राप्त गर्न महासंघबाट प्रक्रियागत रुपमा अगाडि बढ्ने गरी नीतिनिर्माण गर्न केन्द्रीय समिति लागिपरेको समेत उनले जानकारी दिए। नेपाल बाख्रापालक महासंघ तनहुँका अध्यक्ष चिनबहादुर भण्डारीले बाह्य खसीबोका आयातलाई निरुत्साहित गर्दै यहीँको उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए। उनले भने, ‘बाख्रापालनसँगै मासु व्यवसायलाई अगाडि बढाउन चाहने किसानलाई महासंघले सहयोग गर्छ, बाहिरबाट आयात हुने मासुलाई निरुत्साहित गर्दै जिल्लाबासीलाई जैविक मासु खाने वातावरण तयार गर्नेछौँ।’ जिल्लाबासीलाई प्राङ्गारिक रुपमा उत्पादित खसीबोकाको मासु उपभोग गर्न पाउने बनाउन प्रक्रियामा अगाडि बढेको उनले बताए।

उनले भने, ‘आयातित खसीबोका बिक्री वितरणमा कडाइ गर्नेछौँ, यसले वास्तविक किसान मर्कामा पर्नुपर्ने अवस्था रहँदैन, यहीँको बजारमा हाम्रा खसीबोका खपत हुनेछन्, समन्वय गर्नुपर्ने संघसंस्थाबाट अनुमति लिएर नै सजगताका साथ काम अगाडि बढाउने र जिल्लाबासीलाई जैविक मासु उपभोग गर्ने बनाउने छौँ, यहीँको खसीबोका बिक्री भएमा आर्थिक मन्दी घटाउनसमेत टेवा पुग्नेछ।’

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले व्यावसायिक बाख्रापालक किसानलाई अन्य व्यवसायसँग तुलना गर्न नमिल्ने बताए। उनले भने, ‘बाख्रापालक किसानले आफ्ना हकहित र व्यावसायिक समस्या समाधानमा समन्वय र सहयोगमा एक भएर काम गर्दा किसानमा उत्साह थपिएको छ, यसले वास्तविक किसानले सहयोग पाउनेछ।’

उनले व्यावसायिक रुपमा खसीबोका उत्पादन गर्दा निस्कने प्राङ्गारिक मलको उपयोग हुने गरी कृषिलाई सहयोगी व्यवसाय बनाउन सुझाव दिए। नगर प्रमुख न्यौपानेले भने, ‘माछामासु आयात गर्नुपर्ने अवस्था छैन, तर खाद्यान्नका साथै गोलभेँडा, काउली, आलुलगायतका तरकारी तथा फलफूल बाहिरबाट आयात गर्न बाध्य छौँ, माछामासुसँगै यी वस्तु पनि यहीँ उत्पादन गर्नतर्फ किसान लाग्नुपर्छ।’

उनले सहकारीमार्फत खसीबोका बिक्री वितरणमा अनुदानको व्यवस्था भएको जानकारी गराउँदै सहकारीमार्फत खसीबोका बिक्री वितरण गर्न सुझाव दिए। सहकारीमार्फत खसीबोका बिक्री वितरण गर्दा नगरपालिकाले प्रतिकिलो १० रुपैयाँ अनुदानस्वरुप प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको बताए। उनले खसीबोका बिक्री गर्न सहकारीमा आबद्ध हुन उनको आग्रह छ।

बाख्रापालक किसानलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने कार्यमा नगरपालिकाको सदैव साथ रहेको उनले बताए। रासायनिक मलको उपभोगमा न्यूनीकरण गर्दै बाख्राको बडकौलालाई प्रविधिकरण गरी खेर जाँदै गरेका मलबाट उपभोग्य बनाउन आवश्यक रहेकाले बाख्रापालक संघसँग समन्वय गरी यसको विकासमा सहयोग गर्ने बताए। विपतमा परेर बाख्रा वा पशु मरे नगरपालिकाले राहत उपलब्ध गराउँदै आएको र यस्ता कार्यसम्बन्धी किसान जानकार हुनुपर्नेमा उनको जोड थियो।

व्यास– १ का वडाध्यक्ष रमेशचन्द्र हड्खलेले सामुदायिक वनलाई बाख्रापालक किसानले चरन क्षेत्रका रुपमा उपभोग गर्ने वातावरण बनाउन आवश्यक रहेको बताए। उनले भने, ‘बाख्रापालक किसानले सामुदायिक वनसँग समन्वय गरी चरन क्षेत्र बनाउनुपर्छ, ठूला रूखको व्यवस्थापन गर्दै बुट्यानलाई पशुपालकले उपयोग गर्ने गरी समन्वय गर्नुपर्छ, यसले सहज बनाउनेछ।’

व्यावसायिक बाख्रापालक किसान एकत्रित बन्दै नगरस्तरीय समिति गठनमा लागेका छन्। समितिमार्फत निर्णय गरी प्रक्रिया अगाडि बढेमा वास्तविक बाख्रापालक किसानले सरकारबाट प्राप्त हुने अनुदान तथा अन्य आवश्यक सहयोगमा सहजता कायम हुने अपेक्षा गरिएको छ। अनुदानभन्दा पनि बैङ्क ऋणको ब्याजदर कम भए किसानलाई सहज हने उनीहरुको भनाइ छ।

नेपाल बाख्रापालक संघ व्यास नगर समिति गठन गरिएको छ। नेपाल बाख्रापालक महासंघ तनहुँका अध्यक्ष भण्डारीको अध्यक्षतामा शुक्रबार दमौलीमा बसेको बैठकले नगर समिति गठन गरेको हो। व्यास नगर समितिको अध्यक्षमा व्यास– ११ का उदयनाथ अधिकारी सर्वसम्मत चयन हुनुभएको छ। समितिको उपाध्यक्षमा व्यास– ९ का सरस्वती कुमाल, सचिवमा व्यास– १० का विष्णुहरि न्यौपाने र कोषाध्यक्षमा व्यास– ११ का शोभा बोहरा चयन भएका छन्।

त्यस्तै सदस्यमा व्यास– ५ का दिलबहादुर थापा, व्यास–१३ का रामहरि सेढाई, व्यास–१२ का जसबहादुर भुजेल, व्यास– ७ का होमबहादुर गुरुङ र व्यास–८ का प्रदीप ओझा चयन भएका छन्। जिल्लाका १० वटै पालिकामा समिति गठन गरी सशक्त बनाउने संघको लक्ष्य छ। –रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस