बूढीगण्डकी स्वदेशी लगानीमै
०९ मंसिर २०७४
•
४ मिनेट पाठ
बूढीगण्डकी स्वदेशी लगानीमै
फाइल फाेटाे
काठमाडौं – बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना अन्ततः स्वदेशी लगानीमै बनाउने निर्णय सरकारले गरेको छ । यो राष्ट्रिय गौरवको आयोजना हो। 




उपप्रधान तथा ऊर्जामन्त्री कमल थापाको प्रस्तावमा उक्त आयोजना स्वदेशी लगानीमा  बनाउने निर्णय शुक्रबार मन्त्रिपरिषद्ले गरेको हो। 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले चिनियाँ कम्पनी गेजुवालाई निमार्णका लागि ठेक्का दिएको थियो । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले करिब दुुई साताअघि गेजुवाको ठेक्का रद्द गर्ने निर्णय लिएको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लागि मतदान हुने दुई दिनअघि सरकारले बूढीगण्डकी स्वदेशी लगानीमै बनाउने निर्णय गरेको हो । पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार मतदान हुँदैछ।  

‘मन्त्रिपरिषद्को आज (शुक्रबार) को बैठकले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना स्वदेशी लगानी र प्रविधि उपयोग गरी निमार्ण गराउने निर्णय गरेको छ’, बैठकपछि मन्त्री थापाले भने । उनका अनुसार उक्त आयोजनाको सम्पूर्ण जिम्मेवारी अब नेपाल विद्युत् प्र्राधिकरणले लिनेछ।

गोरखा र धादिङको सिमानामा पर्ने उक्त आयोजना दाहाल नेतृत्वको सरकारले बिनाप्रतिस्पर्धा गेजुवासँग निर्माण सम्झौता गरेको थियो । दाहाल नेतृत्वको सरकारले गत जेठ २१ गते बिनाप्रतिस्पर्धा निमार्णको ठेक्का गेजुवालाई दिएको थियो । देउवा सरकारले कात्तिक अन्तिम साता गेजुवासँगको सम्झौता  खारेज गरेको थियो।  

असोज ९ गते तत्कालीन तत्कालीन संसद्को जलस्रोत तथा कृषि र सार्वजनिक लेखा समितिको संयुक्त बैठकको गेजुवालाई बिनाप्रतिस्पर्धा निर्माणको जिम्मा दिइएको भन्दै खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो । सोही निर्देशनलाई आधार मानेर देउवा सरकारले गेजुवासँगको सम्झौता रद्द गरिएको स्पष्टीकरण दिएको थियो । ‘अनियमित र हुचवा ढंगले गेजुवा ग्रुपसँग गरिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको सम्झौता संसदीय समितिको निर्देशनबमोजिम मन्त्रिपरिषद् बैठकले खारेज गरेको छ’, त्यहीबेला विभागीय मन्त्री थापाले स्पष्टीकरण  भनेका थिए। 

देउवा सरकारले गेजुवासँगको सम्झौता खारेज गरेपछि त्यसको समर्थन र विरोधमा अभिव्यक्ति आएका थिए । भारतीय र अन्य अन्तर्राष्ट्रिय मिडियाले उक्त आयोजना भारतीय कम्पनीलाई दिन गेजुवासँगको सम्झौता खारेज गरिएको आंशका गरेका थिए । तर, यो आशंका चिर्दै शुक्रबार सरकारले स्वदेशी लगानीमा नै उक्त आयोजना निर्माण गर्ने निर्णय लिएको हो । यो  आयोजना ८ वर्षभित्र पूरा गर्ने लक्ष्य छ।

आयोजनाका अनुसार ६३ वर्ग किलोमिटर क्षेत्रफल ओगट्ने उक्त आयोजना फेवातालभन्दा झन्डै १४ गुना ठूलो हुनेछ । २६३ मिटर उचाइको बाँध रहने उक्त आयोजनाबाट करिब १२ सय मेगावाट बिजुली निकाल्ने लक्ष्य छ। 
अर्को समाचार
स्वेदेशी लगानीमै बूढीगण्डकी बनाउनुपर्नेमा जोड
१५ कार्तिक २०७२
•
९ मिनेट पाठ
स्वेदेशी लगानीमै बूढीगण्डकी बनाउनुपर्नेमा जोड
काठमाडौं- बूढीगण्डकी जलाशय जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्नुपर्नेमा प्रभावित धादिङ र गोरखाका सांसद, स्थानीय तथा अन्य सरोकारवाला निकायले जोड दिएका छन्। १ हजार २ सय मेगावाटको यो आयोजना स्वदेशी लगानीमा निर्माण गर्न सम्भव रहेको भन्दै उनीहरुले यसतर्फ सरकारको ध्यानकर्षण समेत गराए।संसदको कृषि तथा जलस्रोत समितिले पनि यो आयोजना स्वदेशी लगानी जुटाएर बनाउन सम्भव भएकाले सरकारले यसतर्फ गृहकार्य गर्नुपर्ने निचोड निकालेको छ।




समितिको आइतबार बसेको बैठकले आयोजना निर्माणको मोडल किटान गरेर स्वदेशी लगानीमै बनाउन सरकार तथा ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ। आयोजना निर्माण थाल्न धेरै ढिला भएको टिप्पणी गर्दै समितिले सम्बद्ध सबै पक्षसँग छलफल गरेर छिटो काम सुरु गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ।

स्वदेशकै लगानीकर्ता संस्थामा सञ्चित रकमबाटै आयोजना बन्न सक्ने समितिका सभापति गगन थापाले बताए। 'नागरिक लगानी कोष, नेपाल टेलिकमलगायत निकायबाट अहिलेकै अवस्थामा आयोजनाका लागि लगानी जोहो गर्न सकिन्छ,' उनले भने, 'अहिलेको ऊर्जा संकटलाई मनन गरेर सरकारले यो आयोजनाको काम समयमै सुरु गर्नुपर्छ।'

बूढीगण्डकी राज्यको प्राथमिकताको आयोजना भएकाले यसको निर्माण समयमै थाल्ने गरी प्रक्रिया अघि बढाउन आफू प्रतिबद्ध रहेको उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले बताए। 'प्रधानमन्त्रीसँग आयोजना निर्माणको प्रक्रियाबारे छलफल गरेर छिट्टै यसको मोडल तय गरिनेछ,' उनले भने।

आयोजना निर्माण गर्नुपर्ने भन्दै चर्को बहस तथा छलफल हुँदै आए पनि सरकारले अहिलेसम्म यो कुन मोडलमा बनाउने भन्ने टुंगो लगाएको छैन। विकास समिति गठन गरेर विस्तृत अध्ययन (डिपिआर) को काम भइरहे पनि समितिबाट आयोजना बन्न नसक्ने ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीले बताए। 'आयोजना कुन मोडालिटीमा बनाउने हो, सरकारले त्यो निर्धारण गर्नुपर्छ,' उनले भने, 'त्यसपछि, कम्पनी स्थापना गरेरमात्र आयोजनाको निर्माण सम्भव हुनेछ।'

गोरखा र धादिङका सांसदले स्थानीय जनताले आयोजना निर्माणमा पूर्ण सहयोग गर्ने बचन दिइसकेकाले छिटो काम सुरु गर्नुपर्ने धारणा राखे। आयोजना प्रभावित क्षेत्रमा भूकम्पले अधिकांश घर भत्काएको जानकारी दिँदै गोरखाका सांसद चिनकाजी श्रेष्ठले यही मौकामा स्थानीयलाई जग्गाको मुआब्जा दिएर आयोजना निर्माणको वातावरण बनाउनुपर्नेमा जोड दिए।

'स्थानीयले अहिलेसम्म भत्केका घर बनाएका छैनन्, उनीहरुले मुआब्जा मागिरहेका छन्,' श्रेष्ठले भने, 'यही मौकामा आयोजनालाई चाहिने जग्गा अधिग्रहण गरेर काम अघि बढाउन नसके आयोजना बन्दैन।'

भूकम्प पीडित हजारौं परिवारलाई एउटै रकम र योजनाका आधारमा पुनर्स्थापना गर्न सकिने बैठकमा धादिङका सांसद गंगालाल तुलाधरले बताए। 'स्थानीय आफैंले सजिलै मुआब्जा मागेको अवस्थामा पनि सरकार अघि नढबे आयोजना बन्दैन,' उनले भने, 'बिजुलीका लागिमात्र नभई यो आयोजना मुलुकको आर्थिक मेरुदण्डसँगसमेत जोडिएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्छ।'

आयोजन प्रभावित गोरखाका १४ र धादिङका १३ गाविसका ९० प्रतिशत घर भत्केका छन्। छिटो त्यस क्षेत्रका बासिन्दालाई पुनर्बासको उचित व्यवस्थापन गर्न स्थानीयबासी तथा सरोकार समितिले यसअघि पूर्वऊर्जामन्त्री राधा ज्ञवालीलाई समेत भेटेर आग्रह गरेका थिए।

विपदको बेला उचित ठाउँ खोजेर प्रभावितलाई बासको व्यवस्था गर्न सके राहत, पुनर्निर्माण र पुनर्बास एकसाथ हुने 'बूढीगण्डकी जलविद्युत आयोजना विकास समिति'का अध्यक्ष लक्ष्मीप्रसाद देवकोटाले बताए।

'भुइँचालोले आयोजना अहिले ओझेलमा परेजस्तो भएको छ, पुनर्बासको क्षेत्र किटान गरेर कार्यान्वयन गर्ने यो उचित समय हो,' उनले शनिबार नागरिकसँग भने, '४–५ महिनाभित्र पुनर्स्थापना र पुनर्बासको ठाउँ खोज्न सकिएन भने पछि यो समस्या समाधान गर्न सकिँदैन।'

फ्रान्सको ट्र्याक्टवेल कम्पनीले गरिरहेको आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) अहिले अन्तिम चरणमा छ। डिपिआरको क्रममा हरेक घर–जग्गाको विवरण लिइसकेको हुँदा सोही विवरणको आधारमा मुआब्जा दिई पुनर्स्थापना गराउन सकिने सरोकार समितिको धारणा ाछ।

आयोजना प्रभावित तथा डुबान क्षेत्रमा अहिले भू–माफियाको चलखेल बढिरहेको छ, यसलाई न्यूनीकरण गर्न पनि सरकारले पुनर्स्थापना र पुनर्बासको 'प्याकेज' तत्काल घोषणा गर्नुपर्ने सरोकार समितिको निचोड छ। स्थानीय तथा सरोकार समितिको भनाइ र आयोजना विकास समितिको उद्देश्य एउटै रहेकाले यसलाई सँगै अगाडि लैजाने तयारी भएको अध्यक्ष देवकोटाले बताए।

विकास समितिले स्थानीयको माग समेट्दै आयोजना बहुउपयोगी रुपमा निर्माण गर्न 'बूढीगण्डकी करिडोर विकास प्राधिकरण' गठन गर्नुपर्ने अवधारणासमेत तयार पारेको छ। आयोजना सञ्चालन तथा यो क्षेत्र पर्यटीय केन्द्रको रुपमा विकास गरी यस वरिपरि आधुनिक बस्ती विकास गर्नसमेत प्राधिकरण आवश्यक देखिएको उनको तर्क छ।

आयोजनालाई बहुउपयोगी बनाउँदै रोजगारी सिर्जना, बैंकिङ, बन्द–व्यापार जस्ता आर्थिक केन्द्रको स्थापना गर्ने योजना साथ काम गर्नुपर्ने उनको धारणा छ। 'दीर्घकालीन रुपमा देखिन सक्ने भुइँचालो, बाढी पहिरोजस्ता प्राकृतिक विपत्ति न्यूनीकरण तथा व्यवस्थापन गर्न एकीकृत जलाधार विकास कार्यक्रम सञ्चालन गर्नुपर्छ,' उनले भने।

२ सय ६३ मिटर अग्लो बाँधको जलाशयनजिक निर्माणको परिकल्पना गरिएको चक्रपथ सडक छुने गरी अधिकांश विस्थापितलाई राख्न सकिने आयोजना विकास समितिको दाबी छ। सरकारले आउँदो ५ वर्ष पुनर्निर्माणमा जोड दिने भएकाले भारतले दिने घोषणा गरेको १ खर्बमध्ये ५० अर्ब रुपैयाँ खर्च गरेर जग्गा अधिग्रहण पुनर्स्थापना र पुनर्बासको काम सक्नुपर्ने देवकोटाको भनाइ छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस