एमसिसीको सबस्टेशनका लागि सात कम्पनीको आवेदन
१४ कार्तिक २०८०
•
२ मिनेट पाठ
एमसिसीको सबस्टेशनका लागि सात कम्पनीको आवेदन
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) कम्प्याक्टअन्तर्गत निर्माण गरिने तीन ठुला सबस्टेसन निर्माणका लागि सात वटा अन्तर्राष्ट्रिय कम्पनीको आवेदन परेको छ । मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले ४०० केभी क्षमताको सबस्टेसन निर्माणका लागि सात कम्पनीको आवेदन परेको जनाएको छ । एमसिए नेपालले गत चैत १० गते सार्वजनिक सूचना जारी गरेर अन्तर्राष्ट्रिय बोलपत्रको आह्वान गरेको थियो ।




एमसिए नेपालका अनुसार आह्वान गरिएको बोलपत्रमा तीन मुलुकका सात वटा कम्पनीले प्रतिस्पर्धा गरेका छन् । बोलपत्रमा भारतीय पाँच कम्पनीले प्रतिस्पर्धा गरेका छन् । टर्की र अफगानिस्तानको संयुक्त जेभी बेतास एन्ड जेटएनसिसी र साउदी अरेबियाको नेसनल कन्ट्राक्टिङ कम्पनी बोलपत्रमा सहभागी भएका छन् । भारतीय कम्पनी टेक्नोे इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले तीन लटको सबस्टेसन निर्माण गर्नुपर्नेमा लट १ र लट ३ का लागि आवेदन पेस गरेको छ । त्यसैगरी भारतीय कम्पनी लिनसन इन्डिया प्राइभेट लिमिटेडले भने तीनवटै लटका लागि आवेदन पेस गरेको छ । भारतीय टाटा प्रोजेक्ट लिमिटेडले भने लट २ का लागि मात्रै टेन्डरमा सहभागी भएको छ । भारतीय साइमेन्स लिमिटेडले पनि तीनवटै लटका लागि आवेदन पेस गरेको छ । भारतको पाँचौं कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले पनि तीनवटै लटका लागि आवेदन पेस गरेको छ । त्यसैगरी साउदी अरेबियाको नेसनल कन्ट्राक्टिङ कम्पनीले पनि लट २ र लट ३ को बोलपत्रमा सहभागी भएको छ । टर्की र अफगानिस्तानको बेताल एन्ड जेडएनसिसी जोइन्ट भेन्चरले पनि लट २ का लागि मात्रै आवेदन पेस गरेको छ । यो टेन्डर प्रक्रियामा छनोट हुने कम्पनीले आफैले डिजाइन तयार पारेर प्रसारण लाइन निर्माणको काम गर्नुपर्नेछ । एमसिए नेपालले सन् २०२३ जुन ३० सम्मको म्याद राखेर पहिलो पटकको टेन्डर आह्वान गरेको थियो । एमसिए नेपालका एक कर्मचारीका अनुसार सबस्टेसनका लागि ११ करोड ४० लाख अमेरिकन डलर अर्थात् करिब १५ अर्ब रूपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ ।  

एमसिसी परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द भइसकेको छ । परियोजनाअन्तर्गत ३१५ डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख अमेरिकी डलर अनुमान गरिएको थियो । तर ठेकेदार कम्पनीहरूले लागत अनुमानभन्दा ६६ प्रतिशत बढी ९१४ करोड ५३ लाख ४८ हजार डलरको प्रस्ताव पेस गरेसँगै ठेक्का प्रक्रिया रद्द गरिएको हो । एमसिए नेपालले गत असोज २६ गते सूचना गरी गर्दै प्रसारण लाइनसँग सम्बन्धित सबै ठेक्का प्रक्रिया रद्द गरेको छ ।  

यसअघि एमसिए नेपालले ३ सय १५ डब्बल सर्किट किलोमिटर प्रसारण लाइन परियोजनालाई तीन खण्डमा बाँडेर टेन्डर आह्वान गरेको थियो । प्रसारण लाइन निर्माण बोलपत्र ठेक्का २०८० जेठ ८ गते खोलिएको थियो । बोलपत्रमा ६ वटा कम्पनी सहभागी भएका थिए । बोलपत्रमा सहभागीमध्ये पाँचवटा कम्पनी मात्रै प्राविधिक रूपमा योग्य ठहरिएका थिए । गत भदौ १३ गतेदेखि एमसिसी ‘इन्ट्री टु फोर्स’ कार्यान्वयन गर्ने निर्णय भएको थियो । परियोजना ५ वर्षभित्र सम्पन्न गर्नुपर्नेछ । एमसिए नेपालले गत मंसिर १२ गते प्रसारण लाइन निर्माणका लागि अन्तर्राष्ट्रिय स्तरको बोलपत्र आह्वान गरेको थियो ।
अर्को समाचार
गोकुलेको आरुबोटमा सब-स्टेसन निर्माण सुस्त
२१ पौष २०८०
•
३ मिनेट पाठ
गोकुलेको आरुबोटमा सब-स्टेसन निर्माण सुस्त
काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका-१ गोकुलेको आरुबोटमा निर्माणाधीन केन्द्रीय विद्युत् प्रसारण लाइनको सबस्टेसन निर्माण कार्य सुस्ताएको छ। निर्माण व्यवसायीको लापरबाहीका कारण सबस्टेसन निर्माणमा ढिलाइ भएको हो।




निर्माणको जिम्मा पाएको मुख्य कम्पनीको सक्रियतामा काम नभई पेटी ठेकेदारमार्फत काम गरिएकाले निर्माणले गति लिन नसकेको वडा नं-१ का वडाध्यक्ष कान्छामान जिम्बाले बताए। 

उनका अनुसार नेपाल विद्युत् प्राधिकरण, योजना तथा प्राविधिक सेवा विभागको आयोजनामा आवश्यक जग्गा खरिद गरी करिब साढे दुई वर्षअघि काम थालिए पनि जग्गाधनीको अवरोधका कारण एक वर्ष काम रोकिएको थियो।

चाइनिज कम्पनीले निर्माण ठेक्का पाएको जनाउँदै वडाध्यक्ष जिम्बाले पछिल्लो समय पेटी ठेकेदारमार्फत काम गराउँदा कामको प्रगति हुन नसकेको बताए। ठेकेदारको निष्क्रियता, काममा लगाइएका मजदुरको पारिश्रमिक नदिनेलगायत गुनासो आउने गरेको उनको भनाइ थियो।

गाउँपालिकाभित्र केन्द्रीय प्रसारण लाइन विस्तार भएपछि दैनिकी सहज हुने स्थानीय बताउँछन्। स्थानीय बासिन्दा रिजन मगरले विद्युत् प्रसारण लाइन गाउँमा पुगेपछि पिलपिले उज्यालोमा जीवन गुजार्दै आएका नागरिकले उज्यालोमा दैनिकी चलाउन पाएको बताए। 

विकट भनेर चिनिएको गाउँमा बिजुली विस्तार भएपछि यहाँका नागरिकलाई मकै पिस्न र तेल पेल्न टाढा जानुपर्ने बाध्यता हटेको उनको भनाइ थियो। उनका अनुसार अहिले गाउँमा साना मिल सञ्चालन भएका छन्।

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले प्रसारण लाइन विस्तारको काम अगाडि बढाएसँगै निर्माणाधीन सवस्टेशनको काममा भने ढिलाइ भइरहेको बताए।

‘कामलाई छिटो गति दिनका लागि पटकपटक ऊर्जामन्त्री र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई काम ढिला भएको जानकारी गराउँदै छिटो काम गराउनका लागि आग्रह गर्दै आएका छौँ’, उनले भने, ‘निर्माण व्यवसायीका कारण कामले गति लिन सकेको छैन।’ 

ताकेता गरेपछि दुई/चार दिन काम गरेजस्तो गर्ने र अरूबेला चासो नदिने अवस्थाले काममा बाधा पुर्‍याइरहेको उनको भनाइ थियो।

मुख्य ठेकेदार अहिलेसम्म निर्माणाधीन स्थलमा नपुगेको जनाउँदै पालिका अध्यक्ष जिम्बाले पेटी ठेकेदारमार्फत गरिने काममा पनि आधा दर्जनभन्दा बढी ठेकेदार फेरिँदा समस्या थपिएको बताए। सुरुमा बाटोको समस्या देखाएर काम ढिलाइ गरेको भन्दै अहिले सहज हुँदा पनि तीव्रता दिन नसकेको उनले बताए।

अध्यक्ष जिम्बाका अनुसार उक्त परियोजना अन्तर्गत महाभारतको वडा नं ३, ४ र ५ का एक हजार र वडा नं ५ र ७ का एक हजार गरी दुई हजार घरधुरीका नागरिकले बत्ती उपभोग गरिसकेका छन्। 

बाँकी ठाउँमा काम भइरहेको उनले बताए। अहिले बलिरहेको प्रसारणले विद्युत् मात्रै उपभोग गर्न मिल्ने भएकाले साना तथा मझौला उद्योग सञ्चालनका लागि बढी क्षमताको प्रसारण लाइनका लागि सबस्टेसन निर्माण थालिएको विद्युत् प्राधिकरण काभ्रे वितरण केन्द्रले जनाएको छ।

केन्द्रका प्रमुख अमृत अधिकारीले गाउँपालिकामा निर्माणाधीन सबस्टेसनको अवलोकन गर्ने क्रममा निर्माण स्थलमा कोही नभेटिएको जानकारी दिए। ‘निर्माण सम्पन्न भएर लाइन जोडिएपछि मात्रै आफ्नो क्षेत्राधिकारभित्र पर्ने भएकाले अहिले त्यसको सबै जिम्मा परियोजनाबाट हुन्छ’, उनले भने।

विद्युत् प्राधिकरण, योजना तथा प्राविधिक सेवा विभागका परियोजना प्रबन्धक संगीता कार्कीले काम भइरहेको जनाउँदै पटकपटक जग्गा धनीले विभिन्न माग राखेर अवरोध गरेकाले केही ढिलाइ भएको बताइन्। 

उनले ३३ केभी क्षमताको प्रसारण लाइन विस्तारको काम थालिएको साढे दुई वर्ष भइसकेको भन्दै उक्त सबस्टेसन सम्पन्न गर्न अब छ महिना मात्रै बाँकी रहेको जानकारी दिइन्। –रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस