७४ प्रतिशत नेपाली अझै बैंकको पहुँच बाहिर
१४ कार्तिक २०८०
•
५ मिनेट पाठ
७४ प्रतिशत नेपाली अझै बैंकको पहुँच बाहिर
देशभरिको कुल दुई करोड ९१ लाख ६४ हजार पाँच सय ७८ जनसंख्यामध्ये ७४.४४ प्रतिशतको पहुँच बैंक तथा वित्तीय संस्थासम्म नरहेको सरकारी तथ्यांकले देखाएको छ ।




हालसम्म ७४ लाख नौ हजार एक सय ८१ जना अर्थात् ३५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा पहुँच छ भने एक करोड ४२ लाख ५३ हजार पाँच सय ५१ पुरुषमध्ये २६.४२ प्रतिशत र कुल एक करोड ४९ लाख ११ हजार २७ महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा एउटा मात्र खाता रहेको तथ्यांकले देखाएको छ । यसैगरी तथ्यांकअनुसार कुल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये ४१ लाख २२ हजार ६ सय ९० अर्थात् ६१.८९ प्रतिशत परिवारका एक जना सदस्यको मात्र बैंक तथा वित्तीय संस्थामा खाता रहेको छ ।

बैंकले जति विज्ञापन गरे पनि अझै ३८ प्रतिशत परिवार र ७४ प्रतिशत व्यक्तिको बैंकसम्म पहुँच नहुनुले सरकार लक्ष्यसम्म पुग्न नसकेको तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेको ठहर छ । १८ वर्ष वा सोभन्दा माथि उमेरका ५.६७ प्रतिशतले मात्र प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका छन् । 

देशभर कुल ६६ लाख ६० हजार आठ सय ४१ घरपरिवारमध्ये आठ लाख ३६ हजार एक सय ३७ अर्थात् १२.५५ प्रतिशत परिवारमा कम्तीमा एक व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका छन् भने १८ वर्ष वा सोभन्दा माथिका १० लाख ८१ हजार ६ सय ४६ अर्थात् ५.६७ प्रतिशतले उक्त शिक्षा वा तालिम दिएका छन् ।

यसैगरी कुल परिवारमध्ये २५.५९ प्रतिशत परिवारले मात्र कुनै बैंक तथा वित्तीय संस्था वा सहकारीबाट ऋण लिएको देखिन्छ । ‘प्रदेशअनुसार तथ्यांक विश्लेषण गर्दा त्यस्ता ऋण लिने परिवार सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत देखिन्छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा अर्थात् २१.९६ प्रतिशत देखिन्छ,’ लामिछानेले भने । ‘विभागले सार्वजनिक गरेको नयाँ तथ्यांकअनुसार अर्थ मन्त्रालय, सहरी विकास मन्त्रालय तथा शिक्षा मन्त्रालयलगायत विभिन्न सम्बन्धित मन्त्रालयलाई अबको तथ्यांकलाई आधार मानेर नयाँ नीति तथा कार्यक्रम तय गर्न ठुलो सहयोग मिल्नेछ,’ उनले भने ।

६० प्रतिशत एकतले घर

राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार नेपालका ६० प्रतिशत घर एकतले रहेका छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालमा हाल कुल ७५ लाख ५२ हजार ६६ वटा घरमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले घर रहेको देखाइएको हो । अर्थात् कुल घरहरूमध्ये ४५ लाख १७ हजार दुई सय ७७ घर एक तले रहेको सरकारी तथ्यांक छ ।

दुई सय ५१ वटा घर १० तलाभन्दा बढी तला भएको घर रहेको जनाउँदै विभागका अधिकृत दिनेश लम्सालले २८.७८ प्रतिशत दुईतले, ९.१७ प्रतिशत तीनतले, १.३ प्रतिशत चारतले, ०.६४ प्रतिशत पाँचदेखि साततले र ०.०१ प्रतिशत आठदेखि नौतले घर रहेका छन् । ‘मधेस प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी अर्थात् ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएका घर वाग्मती प्रदेशमा अर्थात् ३४ प्रतिशत रहेका छन्,’ अधिकृत लम्सालले भने, ‘जनगणना २०७८ मा संकलित घर तथा परिवार सूचीकरण फारामको विवरणको नतिजामा मधेस प्रदेशमा अधिकांश घर एकतले र झोपडी नै रहेको पाइयो ।’

विभागले सार्वजनिक गरेको तथ्यांकले अझै पनि सय वर्ष पुगेका घरको संख्या ०.५ प्रतिशत छ भने सबैभन्दा बढी ० देखि चार वर्ष आयुका घर रहेको तथ्यांकमा छ । घरको आयुलाई १२ वटा वर्षमा विभाजन गरेर तथ्यांक संकलन गरिएको थियो । जसअनुसार कुल ७५ लाख ५२ हजार ६६ घरमध्ये सबैभन्दा बढी २७.९५ प्रतिशत ० देखि चार वर्षका घर रहेको पाइएको तथ्यांक छ ।

देशभरका कुल ६६ लाख ६० हजार आठ सय ४१ परिवार (संस्थागत परिवारबाहेक) मध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिन्छ भने उक्त प्रतिशत सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा अर्थात् यो प्रदेशमा २.९८ प्रतिशत रहेको छ ।

लम्सालका अनुसार राष्ट्रिय जनगणनामा अर्थ मन्त्रालयको मागअनुसार घर तथा परिवारसम्बन्धी नयाँ विवरण संकलन गर्न प्रश्नावली तयार गरी नयाँ तथ्यांक संकलन गरिएको थियो । घर तथा परिवार सूचीकरण फारमअन्तर्गत संकलित विवरणमध्ये यस पटक घरको मुख्य प्रयोग, घरको तला, घरको मुख्य प्रयोगअनुसार घरको आयु, सरकारी अनुदान प्राप्त गरी आवासीय घर निर्माण गरेका परिवार, बैंक तथा वित्तीय संस्थामा खाता भएका परिवार, प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका परिवार र बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिएका परिवारसम्बन्धी सूचक समेटी संकलित तथ्यांकको सोमबार नयाँ नतिजा सार्वजनिक गरेको छ । गाउँघरमा अझै पनि गरिबी बढिरहेको देखिन्छ । जसकारण एकतले घर बढी उक्त क्षेत्रमै रहेका छन् ।

कुल ६६, ६०, ८४१ परिवार मध्ये ४१, २२, ६९० अर्थात् ६१.८९ प्रतिशत परिवारमा कम्तीमा एक जना सदस्यको बैंक तथा वित्तीय संस्थामा खाता रहेको छ । यसैगरी कुल २, ९१, ६४, ५७८ जनसंख्यामध्ये ७४, ०९, १८१ जना अर्थात् २५.५६ प्रतिशत व्यक्तिको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता रहेको देखिन्छ । यसैगरी कुल १, ४२, ५३, ५५१ जना पुरुषमध्ये २६.४२ प्रतिशत र कुल १, ४९, ११, ०२७ जना महिलामध्ये २४.७४ प्रतिशतको बैंक तथा वित्तीय संस्थामा कम्तीमा एउटा खाता छ । त्यसैगरी कुल ६६, ६०, ८४१ परिवारमध्ये १२.५५ प्रतिशत परिवारमा कम्तीमा एक जना व्यक्तिले प्राविधिक तथा व्यावसायिक शिक्षा वा तालिम लिएका छन् । त्यस्तै कुल ६६, ६०, ८४१ परिवारमध्ये २५.५९ प्रतिशतले बैंक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको, सबैभन्दा बढी मधेस प्रदेशमा २८.८८ प्रतिशत र कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत छन् ।  

७५ लाख ५२ हजार ६६ वटा घरहरूमध्ये सबैभन्दा बढी ५९.८२ प्रतिशत एकतले घर रहेका छन् भने दोस्रोमा २८.७८ प्रतिशत २ तले, ९.१७ प्रतिशत ३ तले, १.३ प्रतिशत ४ तले, ०.६४ प्रतिशत ५ देखि ७ तले, ०.०१ प्रतिशत ८ देखि ९ तले र ०.००३ प्रतिशत १० भन्दा बढी तले घर रहेका छन् । मधेस प्रदेशमा एकतले घर सबैभन्दा बढी ८४.४२ प्रतिशत रहेको छ भने पाँच वा सोभन्दा बढी तला भएका घर बागमती प्रदेशमा सबैभन्दा बढी २.३४ प्रतिशत छन् । कुल ६६, ६०, ८४१ परिवारमध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको सबैभन्दा बढी बागमती प्रदेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
६ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
यो पनि पढौँ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस