भक्तपुरको पर्यटकीय नगरी नगरकोटमा ‘नगरकोट सडक महोत्सव २०८०’ हुने भएको छ।
नगरकोट भ्रमण वर्ष २०८२ लाई लक्षित गरी नगरकोट सडक महोत्सव गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। महोत्सव कार्तिक २३ गतेदेखि २५ गतेसम्म तीन दिन सञ्चालन हुनेछ।
पत्रकार सम्मेलनमा आयोजक नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुगले ‘प्राकृतिक सम्पदा, कला र संस्कृति पर्यटनको विकास नगरकोटको उन्नति’ भनिने मूल नाराका साथ महोत्सव हुन लागेको जानकारी गराए।
नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष एवं भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं-६ नगरकोटका वडा अध्यक्ष धनबहादुर लामाले महोत्सवमा प्रत्यक्ष साङ्गीतिक एवम् स्थानीय कला र प्रतिभा प्रस्तुतिका साथै लोक दोहोरी कार्यक्रम, स्थानीय खानाका परिकारहरू, कृषि मेला, चङ्गा चेट, मुहार चित्रकारिता लगायतका विभिन्न सामग्रीहरू प्रदर्शनमा रहने बताए। महोत्सव नगरकोटको महामञ्जुश्री चोकमा हुनेछ।
समितिका सचिव प्रदिप अधिकारीले नगरकोटको पर्यटन प्रवर्द्धन तथा दिगो पर्यटनको विकासका लागि नगरकोटलाई पर्यटनको हब बनाउन सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए।
उनले स्थानीय भाषा, कला, प्रतिभा, प्राकृतिक सम्पदा एवम् संस्कृतिलाई उपयोग गर्दै पर्यटकलाई आकर्षित गरी नगरकोटको विकासमा योगदान पुर्याउन ‘नगरकोट भ्रमण वर्ष २०८२’ को तयारी स्वरूप सडक महोत्सवको आयोजना गरिएको जानकारी दिए।
महोत्सवमा स्टल सङ्ख्या २५ रहने जनाइएको छ। महोत्सवमा एक लाख हाराहारी दर्शक आउने अपेक्षा गरिएको छ।