सरकारले उखुको मूल्य निर्धारण नगर्दै रौतहटको एक चिनी मिल सञ्चालनमा आएको छ।
कटहरिया नगरपालिका-९ डुमरियामा रहेको ‘बाबा बैजुनाथ सुगर एन्ड केमिकल मिल’ ले डोगा पूजा गरी चलान वितरण सुरु गरेको हाे।
किसानलाई उखु ल्याउन वितरण गरिने चलान पूर्जीमा उद्योगले शून्य मूल्य राखेर वितरण सुरु गरेको छ। यस वर्ष उद्योगले पन्ध्र लाखभन्दा बढी क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको उद्योगका महाप्रबन्धक बैजु बाबराले जानकारी दिए।
हालसम्म उखुको मूल्य निर्धारण नभए पनि गत वर्षकै मूल्यमा किसानलाई उद्योगले भुक्तानी ग्ने र बाँकी रकम मूल्य निर्धारण भएर आएपछि सोही बमोजिम भुक्तानी हुने महाप्रबन्धक बाबराको भनाइ छ।
उद्योगलाई उखु बेचेको दुई हप्तापछि किसानको खातामा मूल्य निर्धारण नहुँदासम्म गत वर्षकै मूल्यमा रकम पठाइने उनले बताए।
सर्लाही र बारामा रहेका चिनीमिलहरुले संचालनको कुनै तयारी नगरे पनि रौतहटमा रहेको सानो क्षमताको चिनी मिल सञ्चालनमा आउँदा किसानहरुमा सकारात्मक सन्देश गएको छ।
अहिले उखुको खेत खाली हुँदा किसानले गहुँ, तेलहन, मसुरो आदि बाली लगाउन पाएका छन्। चिनीमिलहरु सञ्चालनमा नआउँदा जिल्लाको विभिन्न भागमा रहेका खाँडसारी उद्योगमा निकै सस्तोमा किसानहरुले उखु बेचिरहनु परेकाे छ।