सन्तोष पोखरेल, मनाङ, जेठ १५- सदरमुकाम चामेमा रहेको एकमात्र वित्तीय संस्था नेपाल बैंकबाट इन्टरनेटमार्फत बैंकिङ कारोबार गर्न थालिएको छ। इन्टरनेट नहुँदा यहाँका बासिन्दाले पैसा पठाउन र झिकाउन समस्या भोग्दै आएका थिए।
२ महिनाअघिदेखि सञ्चालित सेवाले यहाँका व्यवसायी र स्थानीयवासी लाभान्वित भएका छन्। इन्टरनेट जडान हुनुअघि महिनौ लगाएर रकम पठाउनुपर्ने समस्या समाधान भएको बैंकका म्यानेजर डम्बरुराज बरालले बताए।
बरालका अनुसार इन्टरनेटको माध्यमबाट सञ्चालित वेब रेमिटको मद्दतले यहाँका बासिन्दाले केही मिनेटभित्रै देश तथा विदेशसम्म आर्थिक कारोबार गर्न पाएका छन्। 'पहिलापहिला रकम पठाउँदा र झिकाउँदा फ्याक्सको सहयोग लिनुपर्दथ्यो' बरालले भने, 'अहिले इन्टरनेटबाट एकैछिनमा रकम पठाउन र झिकाउन पाएका छन्।'
नयाँ सेवा थालनी गर्नुअघि कारोबार गर्दा बैंकको केन्द्रीय कार्यालयमा फ्याक्स पठाएपछि मात्र सम्बन्धित शाखामा जानकारी गराइन्थ्यो। तर अहिले इन्टरनेट मार्फत सबै शाखामा एकैपटक जानकारी गराउन सकिने बरालले बताए।
'पहिला पहिला कसैले रकम पठाउनुपरेमा यहाँ जम्मा गरेको रकमको भौचर बैंकको केन्द्रीय कार्यालयमा फ्याक्स पठाएपछि केन्द्र मार्फत बल्ल शाखामा जानकारी गराइन्थ्यो' उनले भने, 'तर अहिले त्यो झन्झट हुँदैन, यहाँ पैसा 'डिपोजिट' गर्नासाथ एकैपटक देशव्यापी हुन्छ।'
बरालले वेब रेमिट सुरु हुनुअघि मनाङका बासिन्दाले रकम पठाउन १ देखि डेढ महिनासम्म समय खर्चनु परेको जानकारी दिए। 'कम्तिमा डेढ महिनासम्म पैसा नपाएको भन्दै पठाएको फ्याक्सको कागज खोजतलास गर्नुपरेको थियो' बरालले भने।
बरालका अनुसार सेवा थप गरिएपछि यहाँका बासिन्दाले नेपाल बैंकका १ सय १० मध्ये ९० वटा शाखामा तुरुन्तै रकम पठाउन र झिकाउन सक्छन्। बाँकी शाखामा अहिलेसम्म कम्प्युटरको व्यवस्था गरिएको छैन। सेवा जडान भएपछि सबैभन्दा बढी बैदेशिक रोजगारीमा गएका व्यक्तिले रकम पठाउन सहज भएको बरालले बताए।
बैंकमा इन्टरनेट सेवा सुरु गरिएपछि ग्राहकले समेत राहत महसुस गरेका छन। 'पहिला पहिला बैंकमा सुविधा नहुँदा फ्याक्स पठाउनुपर्दा सास्ती भोग्नुपरेको थियो, अहिले निकै सहज भएको छ,' स्थानीयवासी बिपी लामाले भने, 'यहाँका मानिसले बल्ल प्रविधिको उपयोग गर्न पाएका छन। 'रकम पुग्न ढिला हुँदा हराउने डर थियो, अहिले छैन,' लामाले भने।
बैंकका अनुसार चामेको यो शाखाबाट मासिक करिब २ करोड रुपैयाँ आर्थिक कारोबार हुन्छ। त्यो मध्ये करिब १ करोड ५० लाख रुपैयाँ कर्मचारीको तलब मात्र हुन्छ। मनाङमा एक मात्र वित्तीय संस्थाको रुपमा नेपाल बैंकको शाखा रहेको छ।
सदरमुकामा चामेमा कृषि विकास बैंकको शाखा भए पनि बैंकिङ कारोबार गर्दैन। २०३३ सालमा यहाँ नेपाल बैंकको शाखा स्थापना गरिएको थियो। यहाँका व्यवसायी निजी बैंकका शाखा नहुँदा समस्या भोग्न बाध्य छन्।