भूकम्पपीडित राहत काेषमा सवा १५ करोड संकलन
०४ मंसिर २०८०
•
४ मिनेट पाठ
भूकम्पपीडित राहत काेषमा सवा १५ करोड  संकलन
सरकारले भूकम्प पीडितका लागि स्थापना गरेको प्रधानमन्त्री दैवी सहायता कोषमा १५ करोड २८ लाख रूपैयाँ संकलन भएको छ।




प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गत कात्तिक १९ गते विभिन्न निकाय तथा व्यक्तिलाई नौ वटा वाणिज्य बैंकको खाता नम्बरसहित प्रधानमन्त्री प्रकोप सहायता कोषमा राहत जम्मा गर्नका लागि आह्वान गरेको थियो।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अनुसार कात्तिक १९ गतेदेखि मंसिर १ गतेसम्मको अवधिमा बैंक खातामार्फत कोषमा १५ करोड २८ लाख २९ हजार तीन सय पाँच रूपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रवक्ता नारायणप्रसाद भट्टले ५८ वटा संस्था तथा व्यक्तिले १५ करोड २८ लाख रूपैयाँ कोषमा जम्मा गरेको बताए।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार एक करोड रूपैयाँ जम्मा गर्नेमा भाटभटेनीमा सञ्चालक मिनबहादुर गुरुङ रहेका छन्। सञ्चालक गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ रूपैयाँ कोषमा जम्मा गरेका छन्।
बुद्ध एयरले एक करोड रूपैयाँ सहयोग गरेको छ। राष्ट्रिय वाणिज्य बैंकले पनि सरकारी कोषमा एक करोड रूपैयाँ सहयोग गरेको छ। त्यसैगरी सूर्या नेपाल प्रालिले पनि एक करोड रूपैयाँ सहयोग गरेको छ।

त्यसैगरी ग्लोबल आइएमई बैंकले पनि एक करोड रूपैयाँ सरकारी कोषमा जम्मा गरेको छ। नेपाल नागरिक उडड्यन प्राधिकरण र गोर्खा ब्रुअरीले पनि एकएक करोड रूपैयाँ सरकारी कोषमा जम्मा गरेको छ।

नेपाल रिइन्सुरेन्स कम्पनीले २५ लाख रूपैयाँ सरकारी कोषमा जम्मा गरेको छ। भान्ची इन्टरनेसनल प्रालि पाँच लाख, आइजिआई प्रुडेन्सिएल इन्सुरेन्स लिमिटेड १२ लाख ५० हजार सरकारी कोषमा नगदै जम्मा गरेको छ।

त्यसैगरी आइएमई होल्डिङ प्रालिले ६ लाख ५० हजार, आइएमई लिमिटेडले दश लाख रूपैयाँ सहयोग गरेको छ।

जिएमई रेमिट प्रालिले पाँच लाख, आइएमई इन्भेष्टमेन्ट प्रालिले ६ लाख, आइएमई लाइफ इन्सुरेन्स लिमिटेडले १० लाख रूपैयाँ सहयोग गरेको छ। त्यसैगरी सडक बोर्ड नेपालले ७२ हजार एक सय ९५ रूपैयाँ सहयोग गरेको छ।
एभरेष्ट बैंकले २५ लाख रूपैयाँ, नेपलिज युथ आन्टरप्रेनर्स फोरमले दुई लाख रूपैयाँ सहयोग गरेको छ। प्राइड इन्टरटेनमेन्ट एन्ड रिक्रिएसन पाँच लाख सहयोग गरेको छ। कैलाश हेलिकप्टर सर्भिस लिमिटेडले १० लाख रूपैयाँ सहयोग गरेको छ।

मेहोजोङ इन्टरटेनमेन्ट प्रालिले पाँच लाख, इम्पेरियल इन्टरटेनमेन्ट प्रालिले पाँच लाख, एट्लान्टिक रिक्रिएसन प्रालिले पाँच लाख रूपैयाँ सहयोग गरेका छन्।

त्यसैगरी नेपाल नागरिक उडड्यन प्राधिकरणले एक करोड रूपैयाँ सहयोग गरेका छन्। बेल्स नेपाल प्रालीले पनि पाँच लाख रूपैयाँ सहयोग गरेका छन्।

नेपाल एसबिआई बैंक लिमिटेडले पाँच लाख रूपैयाँ सहयोग गरेको छ। एयर डाइनेष्टीले ११ लाख ११ हजार एक सय ११ रूपैयाँ सहयोग गरेको छ। भेगास रिक्रिएसन नेपाल प्राइभेटले पाँच लाख रूपैयाँ सहयोग गरेको छ।

त्यसैगरी लुम्बिनी विकास कोषले २५ लाख रूपैयाँ जम्मा गरेको छ । त्यसैगरी पिएडिटी मन्दिर सेवा कोटले २१ लाख २१ हजार दुई सय २१ रूपैयाँ सहयोग गरेको छ। सबल सहकारी संस्था लिमिटेडले एक लाख ३९ हजार ६ सय ११ रूपैयाँ सहयोग गरेको छ। महालक्ष्मी विकास बैंकले १० लाख रूपैयाँ सहयोग गरेको छ।

नेपाली कांग्रेस पार्टीले ५० लाख रूपैयाँ जम्मा गरेको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ५० लाख रूपैयाँ सरकारी कोषमा जम्मा गरेको छ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी एकीकृत (समाजवादी)ले २५ लाख रूपैयाँ कोषमा बुझाएका छन्। त्यसैगरी नेपाली कांग्रेस धादिङले एक लाख ५१ हजार रूपैयाँ उपलब्ध गराएका छन्।

त्यसैगरी तारागाउँ रिजेन्सी होटल लिमिटेडले पाँच लाख, भोजपुर नगरपालिकाले दुई लाख ६८ हजार एक सय ६८ रूपैयाँ सहयोग गरेको छ। अल्टिच्युड एयर प्रालिले पाँच लाख रूपैयाँ कोषमा जम्मा गरेको छ।

त्यसैगरी निजामती कर्मचारी ट्रेड युनियन बर्दियाले एक लाख चार हजार रूपैयाँ सरकारी कोषमा जम्मा गरेका छन्। त्यसैगरी यति बु्रअरीले २५ लाख रूपैयाँ सहयोग गरेको छ।  

त्यसैगरी कृषि विकास बैंकले ५० लाख रूपैयाँ सरकारी कोषमा जम्मा गरेको छ। सुमन अधिकारीले दुई लाख ५४ हजार ५४ रूपैयाँ र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० लाख रूपैयाँ सहयोग गरेको छ।

त्यसैगरी निफ्राले पनि २५ लाख रूपैयाँ सहयोग गरेको छ। अन्यबाट दुई करोड ९० लाख ७६ हजार आठ सय ६९ रूपैयाँ संकलन भएको छ। मुक्तिनाथ दर्शन प्रालिले पाँच लाख रूपैयाँ सरकारी कोषमा जम्मा गरेको छ। त्यसैगरी चैतन्य एकेडेमीले एक लाख रूपैयाँ, मनिष रेग्मीले एक लाख १० हजार रूपैयाँ उपलब्ध गराएका छन्।

कुमुदिनी होम्स एडुकेसन इले एक लाख ११ हजार एक सय ११ रूपैयाँ, हलेसी टुवाचुङ नगरपालिका खोटाङले ११ लाख ५१ हजार एक सय, धरान उपमहानगरपालिकाले पाँच लाख, मन्थली नगरपालिकाले दुई लाख सहयोग गरेका छन्।
फिस्टेल हस्पिटल एण्ड आरसी प्रालीले दुई लाख २२ हजार दुई सय २२ रूपैयाँ दिएका छन्। सिद्धार्थ आवासीय माविले एक लाख रूपैयाँ जम्मा गरेको छ।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४७ मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस