पर्यटकमय मुस्ताङ: कात्तिकमा मात्र ८० हजार आए, धेरैजसो भारतीय
१४ मंसिर २०८०
•
४ मिनेट पाठ
पर्यटकमय मुस्ताङ: कात्तिकमा मात्र ८० हजार आए, धेरैजसो भारतीय
तस्बिर सौजन्यः विजय केसी
कात्तिक महिनामा मात्र हिमालपारिको जिल्ला मुस्ताङमा झन्डै ८० हजार पाहुना पुगेका छन्। तीमध्ये ७३ हजार आठ सय ७९ जना आन्तरिक र ५५ सय चार जना विदेशी पाहुना रहेको मुस्ताङ प्रहरीले बताएको छ। सबैगरी ७९ हजार तीन सय ८३ जना पाहुना मुस्ताङ पुगेको प्रहरीको तथ्यांक रहेको छ।




चाडबाडको लामो बिदा पारेर हिमालपारिको जिल्ला मुस्ताङ घुम्न जाने आन्तरिक पाहुनाका कारण महिनाभर हिमाली जिल्ला मुस्ताङको चहलपहल निकै बढेको प्रहरीले जनाएको छ। पर्यटकीय सिजन भएकाले विदेशी पाहुना जाँदा पनि मुस्ताङ कात्तिक महिनाभर पर्यटनमय बनेको प्रहरीको भनाइ छ।

मुस्ताङका प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डेका अनुसार मुस्ताङ गएका विदेशीमध्ये भारतीय पाहुना पनि थिए। ‘चाडबाडको कारण लामो बिदाको मौका पारेर यो वर्ष ठूलो संख्यामा आन्तरिक र बाह्य पर्यटक मुस्ताङ घुम्न आए,’ पाण्डेले भने, ‘महिनाभर मुस्ताङ पर्यटनले चलायमान बन्यो।’
दसैं र तिहारको लामो बिदा परेका कारण आन्तरिक पाहुनाको ठूलो संख्या मुस्ताङ पुगेको उनले बताए।

डिएसपी पाण्डेका अनुसार मुस्ताङमा कात्तिकभर १३ हजार नौ सय एक गाडी गएका थिए। ती गाडी चढेर पाहुना घुम्न मुस्ताङ पुगेका थिए। मुस्ताङ पुगेका सवारीमध्ये ६ हजार चार सय आठ वटा मोटरसाइकल, ६ हजार दुई सय ८९ कार–जीप तथा सात सय ५० वटा बसमार्फत ती पाहुना मुस्ताङ पुगेका थिए।

दिनको चारवटा बस जोमसोमबाट पोखराका लागि नियमित चल्ने भए पनि ती सवारी पनि गणना भएको उनले बताए।

‘सवारी व्यवस्थापन गर्नसमेत हम्मेहम्मे परेको थियो,’ उनले भने, ‘यतिधेरै पाहुना आएकि कात्तिक महिनाभर यहाँको पर्यटन क्षेत्र चम्केको थियो।’

सिजनका कारण यहीबेला पोखरा–जोमसोम हवाई सेवासमेत सञ्चालन भएकाले हवाइमाध्यमबाट पनि पाहुना भित्रिएको उनले बताए।
जिल्ला भित्रिएका पाहुनाको तथ्यांक राख्ने गरी प्रहरीले मुस्ताङ प्रवेशको एक मात्र नाका घाँसामा टिम नै खटाएको छ।

प्रहरीले जिल्ला प्रवेशका सबै सवारी चेक गरेर यात्रु गणना गरेर रेकर्ड नै राख्ने गरेको उनले बताए। डिएसपी पाण्डेले मुस्ताङको माथिल्लो क्षेत्र लोमान्थाङ र अर्ध निषेधित क्षेत्र उक्लने पाहुनालाई सचेत गराउने गरी डिजिटल प्रणालीको सूचना बोर्ड राख्ने तयारी गरेको जानकारी पनि दिए।

मुस्ताङको मुक्तिनाथ क्षेत्रका पर्यटन व्यावसायी सुरज गुरुङ पनि योपटक हिमाली जिल्ला मुस्ताङले ठूलो आकारमा आन्तरिक र बाह्य पाहुना पाएको बताए। उनका अनुसार दसैं र तिहारको बिदाले गर्दा पाहुना आगमन निकै नै थियो।

‘हुन त पोहोर पनि पाहुना आएकै हुन् तर पोहोरभन्दा यो पटकको आगमन अझै बढी थियो। एक महिनाभरि जिल्लामा पाहुना अभाव भएनन्,’ उनले भने।

‘आन्तरिक पाहुनाको पनि सिजन नै हो। त्यसबाहेक विदेशी पाहुना आउने मुख्य सिजन भएकाले पनि यो बेला एक महिना पर्यटन क्षेत्र व्यस्त बन्यो’, उनले भने।
उनका अनुसार यतिबेला भने पाहुना केही कम भएका छन्। ‘अब अफसिजन सुरु भएको छ। पाहुना केही घटेका छन्। नत्र अघिल्लो महिना त हामी सबैलाई व्यस्त बनायो,’ मुक्तिनाथ मन्दिर नजिकै होटल सञ्चालन गरिरहेका गुरुङले भने, ‘पाहुना आगमन उत्साहजनक हुँदा व्यवसाय चलायमान बन्यो।’

पोखराबाट पर्यटक समूहलाई मुस्ताङ घुमाउँदै आएका पर्यटन व्यवसायी विजय केसीका अनुसार कात्तिक महिनामा आन्तरिक पाहुनाको यतिसम्म भीड थियो कि एउटै समूहमा तीन सय जनासम्म पनि पाहुना पुगेका थिए। ‘मुस्ताङ जाने नितान्त पर्यटन उद्देश्यले हो।

धार्मिक र साहसिक पर्यटनले मुस्ताङले पाहुना तानेको छ’, केसीले भने, ‘आन्तरिक पाहुनामा घुमफिरको संस्कार यति विकास भएको छ कि समूहमा पाहुना घुम्न गएका थिए। कात्तिक महिनाभर मुस्ताङ पाहुनाले भरिभराउ थियो।’

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका संरक्षण अधिकृत प्रमोद रेग्मीले पनि यो बेला पाहुना आगमन निकै नै बढेको बताए।

आन्तरिक पाहुनाको आगमन निकै नै राम्रो रहेको उनले बताए। विशेष गरी आन्तरिक पाहुना बढी आउँदा कात्तिक महिनाभर मुस्ताङ चलायमान बनेको उनले बताए।
 थोराङ्ला भञ्ज्याङ पार गरेर र तिलिचो घुमेर मुस्ताङ झर्ने तथा उपल्लो मुस्ताङ घुम्न आउने पाहुना अधिक रहेको उनले बताए।

‘२/३ दिनअघि होटल बुकिङ नगरी आउँदा त पर्यटकलाई बासको पनि समस्या थियो। सवारी चल्न थालेको र पहुँच सहज बन्दै जाँदा पर्यटन आगमन बढेको हो’, उनले भने, ‘आन्तरिक पाहुनाको घुम्ने ट्रेन्डले पनि महिनादिनसम्म मुस्ताङका होटल खाली रहेनन्।’ पाहुना लिएर मुस्ताङ उक्लेका सवारी। कात्तिक महिनामा मात्रै मुस्ताङमा आन्तरिक र बाह्य गरी झन्डै ८० हजार पाहुना गएका छन्।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
७ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस