पर्यटक आगमनः भारतीयको संख्या झन्डै एकतिहाई, चिनियाँको गति सुस्त
१६ मंसिर २०८०
•
४ मिनेट पाठ
पर्यटक आगमनः भारतीयको संख्या झन्डै एकतिहाई, चिनियाँको गति सुस्त
पोखरा फेवातालमा डुंगा सयर गर्दै भारतीय पर्यटक। फाइल तस्बिरः नागरिक
सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। यो वर्षको एघार महिना (जनवरी–नोभेम्बर) अवधिमा ९ लाख १८ हजार ३ सय ८ जना विदेशी पाहुना नेपाल भित्रिएका छन्। अबको एक महिनामा ८२ हजार विदेशी पर्यटक भित्र्याउने हो भने सरकारी लक्ष्य पुरा हुनेछ। यो अवधिमा भित्रिएका मध्ये धेरै पाहुना भारतीय छन्।  




नेपाल पर्यटन बोर्डको तथ्यांकमा हवाई मार्गबाट भित्रिएका पाहुना मात्र समेटिएका छन्। बोर्डको तथ्यांक अनुसार ११ महिना अवधिमा नेपाल भित्रिएका विदेशी पाहुना मध्ये २ लाख ८७ हजार २ सय ४४ जना भारतीय पाहुना हुन्। बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार भारतीय पाहुनाको आगमनमा कोरोना भाइरस संक्रमण पछि निकै नै सुधार भएको छ। 

‘सामान्य अवस्थामा नेपाल भित्रिने भारतीय पाहुनाले १५ देखि २० प्रतिशत हिस्सा ओगट्ने  हुन्। तर, यो वर्ष त्यो आकार निकै नै बढेको छ। भारतीयको आगमनमा निकै नै सुधार भएको मान्नुपर्छ,’ बोर्डका निर्देशक लामिछाने भन्छन्, ‘झन्डै एकतिहाई हिस्सा भारतीय पाहुनाले लिएका छन्। पर्यटन क्षेत्रका लागि यो निकै नै सुखद पक्ष हो।’ भारतका विभिन्न सहरमा बोर्ड र निजी क्षेत्रले बारम्बार प्रवर्द्धनात्मक गतिविधि गरेकोले पनि भारतीय पाहुना आगमनमा वृद्धि भएको उनले बताए। ‘भारतसँगको कनेक्टिभिटि पनि निकै नै राम्रो छ। आउजाउ सहज भएको र व्यवसायीले पनि प्रवर्द्धनमा जोड दिएकोले भारतीय पाहुना थपिएका हुन्,’ उनले भने।

लामिछानेका अनुसार यो अवधिमा भित्रिने विदेशी मध्ये चिनियाँ पाहुनाको हिस्सा झन्डै ६ प्रतिशत छ। यो भने कम हो। किनकि चिनियाँको आगमन सामान्य अवस्थामा १० देखि १५ प्रतिशत हुने गरेको थियो। ‘जति चिनियाँ पाहुना आउनुपर्ने हो, त्यो आकारमा आएनन्, तर, भारतीय भने पर्याप्त भित्रिए,’ उनले भने, ‘कोभिड संक्रमण पछाडि चीनले ढिलागरि आफ्ना नागरिकलाई घुमघाममा खुला गर्दा पनि चिनियाँको आगमनले उत्तिसारो गति नलिएको हुनसक्छ।’

लामिछानेका अनुसार नेपालका लागि चीन र भारत परम्परागत पर्यटन बजार हुन्। सहज आउजाउ हुँदा ती मुलुकबाट भित्रिने पाहुनाको आकार राम्रो हुने गरेको थियो। ‘नेपालका लागि चीन परम्परागत बजार हो, तर, नेपालका लागि चिनियाँ पाहुनाको आकारमा अझै रिकभर भइसकेको छैन,’ उनले भने, ‘चिनियाँ पाहुनाको आकारले लय लिन सकेको छैन।’

नेपालमा हवाई माध्यमबाहेक ठूलो आकारमा भारतीय पाहुना स्थलमार्गबाट पनि भित्रिन्छन। तर, ती पाहुनाको तथ्यांक कतै समेटिएको छैन। भारतीय पाहुना फरक फरक प्रकृतिका हुन्छन्। धार्मिकदेखि महँगा पाहुना पनि नेपाल आउँछन्। भारतीय पाहुना कम मात्रामा पदयात्रामा जान्छन्। ‘बजेट, लक्जरी र धार्मिक गति तीन प्रकृतिका भारतीय पाहुना नेपाल आउँछन्। पदयात्रा र साहसिक गतिविधिमा रमाउने भारतीय पाहुनालाई भित्र्याउन सक्ने हो भने भारतबाट अझै बढी लाभ पाउन सकिन्छ,’ उनले भने।

‘अहिले पनि बजेट र महँगा होटलमा बढी भारतीय पाहुना छन्। मध्यमस्तरका होटलमा भारतीय कम छन् । भारतीय पाहुनाको प्रकृति नै त्यस्तै हुन्छ, की त अधिक खर्च गर्ने खालका हुन्छन्, कि साह्रै सस्तोमा घुमघाम गर्छन्,’ उनले भने, ‘साहसिक गतिविधिमा रम्ने भारतीय पाहुना कम हुँदा मध्यमस्तरका होटलमा भारतीय कम पुगेका हुन्।’ कोभिडको बेला भारतीय सहरमा प्रवर्द्धनमा जोड दिएकोले पनि अहिले भारतीयको आगमन बढेको उनले बताए। हवाई बाहेक स्थलमार्गबाट पनि भारतीय पाहुनाको ठूलो आकार नेपाल भित्रिने भएपनि त्यसको गणना छैन। तर, भारतीयको त्यो आगमनले पर्यटन व्यवसायमा थप सहज बनाएको उनले बताए।

यो वर्षको ११ महिना अवधिमा नेपाल भित्रिएका विदेशी पाहुनामध्ये ९३ हजार ३ सय २७ जना अमेरिकन छन्। अमेरिकन पाहुनाले १० प्रतिशत हिस्सा ओगटेका छन् । सामान्य अवस्थामा पनि अमेरिकन पर्यटकले लिने हिस्सा १० प्रतिशत नै रहेको लामिछानेले बताए। लामिछानेका अनुसार बेलायती पाहुनाको आगमनमा भने अझै तुलनात्मक सुधार हुन सकेको छैन। सामान्य अवस्थामा नेपाल भित्रिने बेलायती पाहुनाको आकार ८ प्रतिशतसम्म हुने गरेको थियो। तर, यो पटक त्यो आगमनको आकार पाँच प्रतिशत मात्र रहेको बोर्डले बताएको छ।

बोर्डले मात्र नभई व्यवसायीले पनि भारतीय पाहुनामा बढी निर्भर हुनुपरेको बताउँछन्। त्यसै अनुसार भारतीय सहरमा प्रवर्द्धनात्मक गतिविधि पनि व्यवसायीले गर्दै आएका छन्। ‘नेपाल भित्रिने भारतीयको संख्या निकै नै राम्रो छ। भारतीय पाहुनाकै कारण पर्यटन क्षेत्र थेगिएको हो,’ होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन्, ‘चिनियाँ पाहुना केही वर्ष राम्रै पायौ। तर, निरन्तर रुपमा भारतीय पाहुना आएका छन्। जसले गर्दा व्यवसाय धानिएको छ। चिनियाँको आगमन अपेक्षाकृत हुन सकेन।’

पराजुलीका अनुसार भारतीय पाहुनाका कारण नै गत अक्टोबर र नोभेम्बरमा पोखराको पर्यटन क्षेत्र चलायमान बन्यो । ‘भारतीयको आकार निकै नै राम्रो थियो। त्यसले व्यवसायीलाई राहत दिएको छ,’ उनले भने, ‘पछिल्लो समय भारतीय मुद्राका कारण केही समस्या निम्तिएको छ। नत्र व्यवसाय थेग्ने माध्यम नै भारतीय बनेका छन्।’ आन्तरिक पाहुनापछि अहिले पनि भारतीय पाहुनाको आगमन राम्रो रहेको उनले बताए। ‘सहज रुपमा आउजाउ हुँदा भारतीय पाहुनाको आकार बढेको हो । चीनसँग आउजाउ सहज छैन। त्यसबाहेक भारतीय पाहुना भित्र्याउन व्यवसायीले पनि जोडबल गरेका छन्,’ उनले भने।

उनका अनुसार भारतीय पाहुनाका कारण नै क्यासिनो चलेका छन्। ‘जे जति क्यासिनो खुलेका छन्, ती सबै भारतीयले गर्दा गर्दा धानिएका छन्,’ उनले भने। उनका अनुसार अहिले पनि भारतीय पाहुनामध्ये युवापुस्ताको संख्या कम छ। कलेज पढ्ने उमेरका विद्यार्थी, नवप्रवेशी व्यवसायी र युवापुस्तालाई तान्न सक्ने र साहसिक गतिविधिमा संलग्न गराउने हो भने नेपालले भारतीय पर्यटनबाट निकै लाभ लिने उनले बताए।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
७ घण्टा अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस