भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु
२१ मंसिर २०८०
•
२ मिनेट पाठ
भूमि आयोगद्वारा बन्दीपुरमा जग्गा नापजाँच सुरु
तनहुँको बन्दीपुर गाउँपालिकाभित्र अव्यस्थित ढंगले बसोवास गर्दै आएकालाई जग्गाधनी प्रमाणपत्र प्रदान गर्न जग्गा नापजाँच सुरु गरिएको छ। राष्ट्रिय भूमि आयोग तनहुँले बन्दीपुर गाउँपालिका– १ बाट जग्गा नापजाँच सुरु गरेको हो।




आयोगले भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने प्रयोजनका लागि उक्त वडाबाट जग्गा नापजाँच सुरु गरिएको सोही वडाका वडाध्यक्ष एवं बन्दीपुर गाउँपालिकाका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए। उनले भने, ‘आयोगसँगको सहकार्यमा यसअघि सबै वडामा निस्सा वितरण भइसकेको छ। पहिलो चरणमा वडा नम्बर १ बाट काम अगाडि बढाइएको छ।’

जग्गा नापजाँचका लागि सम्बन्धित व्यक्तिको नागरिकता, उपलब्ध अन्य प्रमाण र निवेदन दर्ताको निस्सासहित उपस्थित भई आफूले भोग गरेको जग्गाको साँध सिमाना देखाई नापी गराउन वडावासीलाई आग्रह गरिएको छ। वडा नम्बर १ मा  काम सकिएपछि क्रमशः अन्य वडामा नापजाँचको थालिने छ।
राष्ट्रिय भूमि आयोग तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले स्थानीय तहको समन्वयमा भूमिहीनलाई जग्गाधनी प्रमाणपत्र र अव्यवस्थित बसोवास गरेकालाई व्यवस्थित गरिने जानकारी दिए। उनले भने, ‘सुकुम्बासीलाई व्यवस्थित गर्न आयोग क्रियाशील छ।’

राष्ट्रिय भूमि आयोगका अनुसार हालसम्म शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका– ५, व्यास नगरपालिकाका केही वडाका सुकुम्बासीलाई निस्सा प्रदान गरिएको छ।

जिल्लाका १० पालिकामा भूमिहीन दलित एक हजार एक सय आठ, भूमिहीन सुकुम्बासी एक हजार आठ सय ७२ र अव्यवस्थित बसोवासी २३ हजार एक सय ३७ गरी २६ हजार एक सय १७ जनाको निवेदन दर्ता भएको छ।
जिल्लाको आँबुखैरेनी गाउँपालिका– २, देवघाट गाउँपालिका– ५ देउपुर टोल र शुक्लागण्डकी नगरपालिका– ७ स्याउली बजारमा पनि जग्गाको नापजाँच थालिएको छ। –रासस
अर्को समाचार
पर्यटकलाई गाउँ घुमाउने बन्दीपुरको योजना
०६ वैशाख २०८३
•
३ मिनेट पाठ
पर्यटकलाई गाउँ घुमाउने बन्दीपुरको योजना
तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुर। बन्दीपुरमा गाउँ पर्यटन मेला संचालनको तयारी भएको छ। तस्बिरः सन्तोष पोखरेल/नागरिक
ग्रामीण पर्यटन प्रवर्द्धन गर्नका लागि तनहुँको पर्यटकीय नगर बन्दीपुरमा ‘गाउँ पर्यटन मेला’ आयोजना गर्ने तयारी भएको छ। बन्दीपुरमा बढि भन्दा बढि संख्यामा पाहुना भित्र्याउने र ती पाहुनालाई बन्दीपुर आसपासका ग्रामीण क्षेत्र समेत घुमाउने उद्देश्य सहित यो मेला आयोजना गरिएको हो।  




वैशाख १८ र १९ गते हुने मेलामार्फत बन्दीपुर र आसपासका ग्रामीण क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने योजना स्थानीयको रहेको छ। पर्यटन बोर्ड गण्डकी र बन्दीपुर गाउँपालिकाको आयोजना तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) गण्डकीको सह आयोजनामा हुन थालेको मेलामा कम्तिमा ३० वटा होमस्टेले सहभागिता जनाउने बोर्डका गण्डकी प्रदेशका वरिष्ठ निर्देशक मणिराज लामिछानेले जानकारी दिए।  

‘यसअघि तीनवटा मार्ट पोखरामा आयोजना गरिएको थियो। यो पटक बन्दीपुरमा मार्ट गर्ने तयारी भएको छ। बन्दीपुरमा मार्टले सकारात्मक प्रभाव पारेको अवस्थामा प्रदेशका अरु जिल्लामा पनि पालैपालो मार्ट गर्ने योजना हो,’ उनले भने, ‘हरेक जिल्लामा कार्यक्रम गर्न सकेमा ती जिल्लाको पर्यटन प्रवर्द्धन पनि हुन्छ। पर्यटकीय गन्तव्यको प्रचारप्रसार गर्न पनि यस्ता मार्ट जरुरी छ।’ गाउँ पर्यटन मेलाको यो चौंथो संस्करण हो।  

बन्दीपुरलाई बन्दीपुर गाउँ पर्यटन भ्रमण वर्ष समेत घोषणा गरेको सन्दर्भमा मार्ट आयोजना गर्न थालिएको उनले बताए। गाउँका साना पर्यटन व्यावसायी र सामुदायिक होमस्टेलाई सिधै सहरी बजार तथा ठूला एजेन्सीसम्म जोड्ने काम यो मार्टले गर्ने लामिछानेले बताए। सामुदायिक होमस्टे र सेवाको बजारीकरण तथा बजारसँग जोड्न र गाउँ पर्यटनमा निजी तथा सरकारी लगानीलाई अभिवृद्धि गर्न पनि यसले सघाउने उनले बताए।

‘मेलामा बिटूबी (बिजनेस टू बिजनेस) र बिटूसी (बिजनेस टू कन्जुमर) सम्म सञ्जाल बिस्तार गर्न पनि यसले सघाउनेछ,’ उनले भने, ‘आएका पाहुनालाई ग्रामीण भेगका पर्यटकीय गन्तव्यसम्म पुर्याउन सकियो भने त्यसले स्थानीयलाई लाभ दिनेछ।’ 
मार्टमा होमस्टेहरुले स्टल राख्नेछन। त्यसबाहेक बन्दीपुरका बारेमा बहस पनि संचालन गरिनेछ। विभिन्न जातजातीको सांस्कृतिक प्रस्तुती पनि त्यहाँँ संचालन गरिने उनले बताए। 

उनका अनुसार आन्तरिक पर्यटकका लागि पछिल्लो समय प्याकेज संचालन गरिरहेका टुर अपरेटर्स पनि सहभागि हुनेछन, जसले आन्तरिक पाहुनाका लागि घुमघामको प्याकेज बन्दीपुरमा सार्वजनिक गर्नेछन्।  

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाका बन्दीपुर आफैमा पुरानो सहर भएको र पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य बनेकोले बन्दीपुर आसपासका ग्रामीण क्षेत्रको प्रवर्द्धन गर्नका लागि यो मार्ट आयोजना गरिएको हो।

‘बन्दीपुर आसपासमा होमस्टे संचालन गरिरहेका आठवटा गाउँलाई जोडेर सर्किट बनाईरहँदा पर्यटकलाई ती गाउँसम्म पुर्याउने लक्ष्य यो मार्टले लिएको छ,’ थापाले भने, ‘बन्दीपुर आफैमा सुन्दर छ। त्यहाँको हावापानी पनि पर्यटनका हिसाबले अति उत्तम रहेको छ। प्रकृति र साहसिक गतिविधिका हिसाबले पनि बन्दीपुर गतिलो गन्तव्य हो।’  

बन्दीपुर आसपासका गाउँका होमस्टेमा पाहुना पुर्याउन सकेको खण्डमा त्यहाँका बासिन्दाको आयआर्जन बढ्ने र त्यसले बसाई सराईलाई पनि रोक्ने अध्यक्ष थापाको भनाई छ। ‘पर्यटनले आम्दानी दिलाउँछ। पाहुनालाई होमस्टेमा पुर्याउन सकियो भने घरमै बसीबसी आम्दानी गर्न पाउने अवस्था सिर्जना हुन्छ। आम्दानी भएपछि बसाई सरेर अन्यत्र जानै परेन,’ उनले भने, ‘घरमै बसेर आम्दानी गर्न पाएपछि अन्यत्र जान जरुरी पनि छैन। गाउँलेलाई गाउँमै बसौबसौ बनाउने उद्देश्य गाउँपालिकाको छ। त्यसका लागि पर्यटन माध्यम बन्न सक्छ।’  

भिटोफ गण्डकी अध्यक्ष शोभाकुमारी सापकोटाले पनि ग्रामीण क्षेत्रका लागि होमस्टे आयआर्जन गर्ने माध्यम बनेको बताईन। ‘गाउँमा पुगेका पाहुनालाई आतिथ्यता दिएर आम्दानी गर्ने भएकोले होमस्टेमा धेरै गाउँ आकर्षित भएका छन,’ उनले भनिन, ‘गाउँमा पाहुना पुर्याउँदा पर्यटनमार्फत लाभ त हुन्छ नै स्थानीय उत्पादनले पनि बजार पाउने अवस्था रहन्छ। त्यसले समग्र गाउँलेको आम्दानी बढाउँछ।’ बन्दीपुरमा वर्षमा ६ लाख भन्दा बढी पाहुना पुग्ने गरेका छन्। ती पाहुनालाई आसपासका गाउँमा पुर्याउने उद्देश्य यो मार्टले लिएको सापकोटाले बताईन।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस