अझै आइपुगेन घर बनाउने पहिलो किस्ता
०४ पौष २०८०
•
३ मिनेट पाठ
अझै आइपुगेन घर बनाउने पहिलो किस्ता
जाजरकोटको भेरी नगरपालिका–१, पिपेकी समीक्षा पुनको परिवार भूकम्पले घर भत्काएयता बारीमा दाताले दिएको त्रिपाल टाँगेर बसेको छ। डेढ वर्षीया छोरी सुजाता, तीन वर्षका छोरा सिद्धान्त र पाँच वर्षकी छोरी सुहाना चुहिने त्रिपालमुनि बस्न थालेयता निरन्तर बिरामी भइरहेका छन्। ‘डाक्टरले छोराछोरीलाई चिसोबाट जोगाउनु भन्दै औषधि लेखेर दिन्छन्,’ पुनले भनिन्, ‘त्रिपालमुनि कसरी छोराछोरीलाई चिसोबाट जोगाउनु?’




सरकारले भूकम्पलगत्तै पीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रूपैयाँ दिने घोषणा गर्‍यो। त्यो सुनेकी पुनले कात्तिक अन्तिममै अस्थायी आवास निर्माणका लागि वडा कार्यालयमा निवेदन दिइन्। वडाले सरकारी मापदण्डअनुसार घर बनाउनुपर्छ केही समय रोक्नु भन्यो। समीक्षाले अहिलेसम्म न अस्थायी आवास बनाउन पहिलो किस्ताबापतको २५ हजार रूपैयाँ पाएकी छन् न अस्थायी आवासको डिजाइन नै। ‘सरकारले भनेजस्तो घर नबनाए पैसा पाइन्न भन्छ,’ पुनले भनिन्, ‘निवेदन दिएको एक महिनाभन्दा बढी भयो, अहिलेसम्म दिने केही सुरसार छैन।’

भेरी नगरपालिका–१ मा भूकम्पबाट ३१ जनाको ज्यान गयो, ९५० घरधरी पूर्ण विस्थापित भए। सरकारले समयमै पहिलो किस्ताको रकम नदिँदा उनीहरू पुसको कठ्यांग्रिँदो जाडोमा पनि त्रिपालमुनि बस्न बाध्य छन्। ‘पहिलो किस्ताको २५ हजार रूपैयाँ र कस्तो घर बनाउने भन्ने डिजाइन सरकारले दिएको भए अहिलेसम्म अस्थायी टहरो बनाएर बसिसक्थ्यौं,’ भेरी नगरपालिका–१, औलकी झुमा रानाले भनिन्, ‘सरकारी ढिलासुस्तीले हामी झन्झन् कष्टकर जीवन बिताउन बाध्य छौं।’

वडाध्यक्ष दीपक रानाले लाभग्राहीको तथ्यांक पठाएको भए पनि सरकारले आवश्यक रकम नदिएको बताए। ‘मुचुल्कासहित मेरो वडाबाट ९५० जना लाभग्राहीको तथ्यांक नगरपालिकामा पठाएको छ,’ उनले भने, ‘सरकारले नै रकम उपलब्ध नगराउँदा समस्या भइरहेको छ।’

जिल्ला प्रशासन कार्यालय जाजरकोटले ४६ करोड ४३ लाख रूपैयाँ स्थानीय तहमा पठाएको छ। अझै ५० करोड रूपैयाँ स्थानीय तहमा पठाउन बाँकी छ। प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि आवश्यक पर्ने थप ५० करोड रूपैयाँ केन्द्रमा माग गरिएको भए पनि चार करोड मात्रै आइपुगेको बताए। उनले स्थानीय तहले पनि समयमै विवरण उपलब्ध नगराएको र केन्द्रबाट आउनुपर्ने रकम पनि नआएकाले वितरणमा केही समस्या देखिएको बताए।

‘१८ हजार ५७२ लाभग्राहीलाई हालसम्म ४६ करोड ४३ लाख रूपैयाँ स्थानीय तहमा पठाएका छौं,’ प्रजिअ सुनारले भने, ‘५० करोड रूपैयाँ थप माग गरेका छौं, चार करोड आएको छ, चाँडै स्थानीय तहमा पठाउँछौं।’ रकम अभावमा भेरी नगरपालिकाका ७२६ लाभग्राहीलाई मात्रै पहिलो किस्ताको २० हजार रूपैयाँ पठाइएको छ। भूकम्पका कारण ३४ हजार ५०१ घर पूर्ण क्षति भएका छन्। अझै १६ हजार लाभग्राहीलाई रकम पठाइएको छैन। ‘संघबाट आएको चार करोड रूपैयाँ नलगाड र भेरी नगरपालिकामा पठाउँदै छौं, थप रकम पठाउने निर्णय सोमबार मात्रै भएको सुनिएको छ,’ उनले भने, ‘माथिबाट रकम आउनेबित्तिकै स्थानीय तहलाई पहिलो किस्ताबापतको रकम पठाउँछौं।’

भूकम्पको केन्द्र जाजरकोटको बारेकोट गाउँपालिका हो । यहाँ पाँच हजार ५८६ घरपरिवार विस्थापित भएका छन्। अस्थायी आवासका लागि अहिलेसम्म एक हजार लाभग्राहीलाई मात्रै रकम पठाइएको छ। ‘पाँच हजार ५८६ लाभग्राहीलाई पहिलो किस्ताबापतको रकम दिनुपर्नेछ,’ उनले भने, ‘अहिलेसम्म एक हजारलाई मात्रै पठाएका छौं।’ ‘बारेकोटका सबै लाभग्राहीका लागि आवश्यक रकम आइपुगेको छैन,’ उनले भने, ‘वडामा पनि केही काम ढिलो हुँदा लाभग्राहीको खातामा समयमै रकम पठाउन नसकेका हौं।’

भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीलेले वडाबाट लाभग्राही यकिन भएर नआउँदा समस्या भएको बताए। ‘संघीय सरकारको नीतिअनुसार वडाध्यक्षको संयोजकत्वमा रहेको समितिले लाभग्राही स्थानीय विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्नुपर्ने हो,’ उनले भने, ‘वडाबाटै तथ्यांक नआउँदा कम मात्रै लाभग्राहीलाई रकम पठाइएको छ।’ मेयर घर्तीका अनुसार वडा नं. १, २, ६, ७, ९, १० ले हालसम्म लाभग्राहीको विवरण बुझाएका छैनन्। जाजरकोटको बारेकोट केन्द्रविन्दु भएर गत कात्तिक १७ गते भूकम्प गएको थियो।
अर्को समाचार
जाजरकोट भूकम्प: आठबिसकोटका चार हजारलाई पहिलो किस्ता
०२ पौष २०८०
•
१ मिनेट पाठ
जाजरकोट भूकम्प: आठबिसकोटका चार हजारलाई पहिलो किस्ता
गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्‍याएको रुकुम पश्चिमको आठबिसकोट नगरपालिकाका चार हजार दुई सय ८२ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन्। आठबिसकोटमा सात हजार लाभग्राही छन्।




लाभग्राहीको खातामा २५ हजार रुपैयाँका दरले पहिलो किस्ताबापतको रकम जम्मा भएको छ। अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले लाभग्राहीलाई १० करोड ७० लाख ५० हजार रुपैयाँ खातामा पठाएको आठबिसकोट नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए।

उनका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट भने सात हजार लाभग्राहीका लागि पहिलो किस्ताबापत १७ करोड ५० लाख रकम प्राप्त भएको छ। जिल्ला विपद् व्यवस्थापन कोषबाट प्राप्त भएको बाँकी रकम पनि लाभग्राहीको बैंकमा खाता सञ्चालन हुनेबित्तिकै पठाइने शाहले जानकारी दिए।

नगरपालिकामा अस्थायी आवास निर्माण गर्न नौ हजार नौ सय ६२ लाभग्राहीको संख्या यकिन भएको छ। जिल्ला विपद् व्यवस्थापन कोषबाट पहिलो किस्ताबापत अझै दुई हजार नौ सय ६२ लाभग्राहीका लागि रकम आउन बाँकी रहेको प्रशासकीय अधिकृत शाहले जानकारी दिए।

जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय जोखिम न्यूनीकरण कोषमा प्राप्त भएको रकम बैंक खाता सञ्चालन भएका लाभग्राहीलाई धमाधम रकम पठाउने काम भइरहेको नगरपालिकाले जनाएको छ।

हालसम्म नगरपालिकामा दुई हजार दुई सय ४० अस्थायी आवास निर्माण सम्पन्न भइसकेको र बाँकी तिन हजार छ सय ९० अस्थायी आवास निर्माणको चरणमा रहेको नगरपालिकाले जनाएको छ। –रासस
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस