महँगियो कुखुराको दाना
१८ माघ २०७४
•
८ मिनेट पाठ
महँगियो कुखुराको दाना
बनेपा – नेपालका दाना उद्योगले कुखुरा दानाको भाउ बढाएका छन् । दाना उत्पादनमा प्रयोग हुने कच्चा सामग्री र भिटामिनको भाउ बढेको भन्दै साताको सुरुमै उनीहरुले भाउ बढाएका हुन् ।

कुखुरापालक किसानका प्रतिनिधिसँग सरसल्लाह नगरी एक्कासी भाउ बढाएर मर्कामा पारेको भन्दै दाना उद्योगीको चर्को आलोचना समेत हुन थालेको छ ।‘किसान प्रतिनिधिसँग कुनै सल्लाह नगरीकन चितवनमा उद्योगीमात्रै बसेर भाउ बढाएकोमा हाम्रो गम्भीर आपत्ति छ,’ नेपाल कुखुरापालक किसान संघका अध्यक्ष भोजराज दाहालले भने ।

विगतमा भाउमा घटबढ हुँदा एकदेखि डेढ रुपैयाँ प्रतिकिलोमा र क्रमशः घट्ने बढ्ने प्रचलन रहेको दाहालको भनाइ छ, ‘यसपटक सबै खालको दानामा एकैनासले प्रतिकिलो तीन रुपैयाँका दरले भाउ बढाइएको छ । यसले किसानको उत्पादन लागत उठ्नमै समस्या हुने भएकाले मूल्यवृद्धिमा पुनर्विचार हुनुपर्छ,’ उनले थपे ।

अबदेखि किसानले ब्रोइलर दाना प्रति ५० किलोको बोरा प्रिस्टार्टरको दुई हजार सात सय ९५, ब्रोइलर १ नम्बरको लागि दुई हजार ६ सय ५५, २ नम्बरका लागि दुई हजार ६ सय पाँच रुपैयाँ तिर्नुपर्ने हुन्छ । यस्तै, लेयर्स दानाका लागि प्रति ५० किलोको बोराको १ नम्बरका लागि प्रतिबोरा दुई हजार पाँच सय ४५, २ नम्बरका लागि दुई हजार दुई सय ४५ र ३ नम्बरका लागि दुई हजार दुई सय ७० रुपैयाँ तिर्नुपर्ने भएको छ ।

सबै किसिमको दानामा उत्तिकै परिमाणमा कच्चा सामग्री र भिटामिन प्रयोग नहुने भएकाले सबै दानाको भाउ एकैनासले बढाउन नमिल्ने दाहालको तर्क छ । ‘भटमास पीना र भिटामिनको भाउ बढेको भनिए पनि दानाको सबै फर्मुलेसनमा एउटै परिमाणमा यी चीज हालिन्नन् । त्यसैले पनि अहिले बढाएको भाउ अव्यावहारिक छ,’ दाहालले भने।

यहाँका अधिकांश पेलेट फिड मिलहरुले तीनदेखि ६ महिनासम्मका लागि कच्चा सामग्री स्टक राख्ने भएकाले हालैमात्र भारतमा भटमास पीनाको भाउ बढ्नासाथ पुरानै कच्चा सामग्रीबाट बनेका दानामा भाउ बढाइ हाल्न नहुने दाहालको तर्क छ । ‘पेलेट फिडले मकै र भटमास पीना र्याकका र्याक झिकाउँछन् ।

उनीहरुको साइलो (कच्चा सामग्री भण्डारण गरिने स्थान) मकै र भटमास पीनाले सधैं भरिभराउ हुन्छ । नयाँ कच्चा सामग्री प्रयोगले भाउ बढाएको भनेर उद्योगीले दाबी गर्ने भए भन्सारको अहिलेको प्रज्ञापन पत्र र खरीद बिल देखाउने हिम्मत गर्न सक्नुपर्छ,’ उनले चुनौती दिए ।

किसानका प्रतिनिधिमात्रै नभई कुखुरापालक किसान पनि एकैपटक दानाको भाउ बढ्दा पेसा नै छाड्नु पर्ने चिन्तामा रहेका भेटिए ।  ‘बोरामा डेढ सय रुपैयाँ बढेको थाहा पाएँ । घटाउँदा ५० रुपैयाँ, बढाउँदा तीन गुणा, किन भाउ बढ्यो भनेर सोध्ने र गुनासो गर्ने निकाय नै नभए झैं भयो । महँगो चल्लालाई महँगो दाना खुवाएर लागत उठाउनै मुस्किल हुने अवस्था आयो’, बेथान्चोक गाउँपालिका, ढुंखर्कका रमेश तिमल्सिनाले गुनासो पोखे ।

एक दशकदेखि व्यावसायिक रुपमा ब्रोइलर पाल्दै आएका तिमल्सिनाले गत वर्षदेखि क्षमता बढाएर प्रतिलट पाँच हजार ब्रोइलर पाल्न थालेका छन् । ‘दानाको यही हिसाबले एउटा ब्रोइलरलाई १५ रुपैयाँ बढी खर्च हुँदा मेरो ७५ हजार रुपैयाँ बढी लगानी हुने भयो’, उनले थपे ।

उता, दानाको भाउ वृद्धि गर्ने निर्णय उद्यमीहरुको रहरले नभई बाध्यताले भएको नेपाल दाना उद्योग संघका महासचिव रविन पुरीको भनाइ छ, ‘दाना उत्पादनमा चाहिने अधिकांश कच्चा सामग्रीमा दैनिक परनिर्भरता बढ्दो छ । भटमास पीनाका लागि पूरै भारतमा निर्भर हुनुपरेको छ । यतिमात्रै नभई विगतमा मकै ४० प्रतिशत र तोरीको पीना नेपालकै उत्पादनले भ्याउने गरेको थियो । अहिले त्यो पनि अपुग छ । यतिखेर ढुटोसमेत भारतकै भर पर्नु परेको छ,’ उनले बाध्यता दर्शाए ।

यतिखेर दाना बनाउने मुख्य सहायक कच्चा पदार्थ भटमास पीनामा प्रतिकिलो १५ रुपैयाँसम्म बढेको र भिटामिनको भाउ दैनिकजसो बढेकाले तयारी दानाको भाउ बढाउनु परेको उनले प्रष्टीकरण दिए । ‘४५ रुपैयाँको भटमास पीनाको भाउ बढेर ६० पुगेको छ । दानामा २५ प्रतिशतसम्म भटमासको पीना हाल्नु पर्ने हुन्छ । थेग्नै नसकिने भएर भाउ बढाउनु परेको हो,’ उनले भने ।

दानामा ६० प्रतिशतसम्म प्रयोग हुने मकैको भाउ यतिखेर अलि स्थिर भएकाले हालको भाउ कायम गर्न सकिएको अन्यथा यो भाउ अझै बढ्न सक्ने पुरीको भनाइ छ । ‘मकै र भटमास पीनामा बढ्दो परनिर्भरताले गर्दा चाहेर पनि सहुलियत दरमा दाना बनाउन सम्भव छैन । यसका लागि विगतमा सरकारले ल्याएको ‘मिसन मेज’ कार्यक्रमलाई निरन्तरता दिँदै फेरि बृहतस्तरमा मकै खेती गराउनु पर्छ,’ उनले थपे ।

केही वर्षअघिसम्म नेपालमा मास फिड (धुलो दाना) बनाउने मध्यम तथा साना उद्योगको बाहुल्य थियो । कुखुरापालनमा व्यापकता आएसँगै अत्याधिक उत्पादन क्षमताका पेलेट (कुड्के) दाना उद्योगको संख्या बर्सेनि थपिन थाले । यतिखेर नेपालीमात्रै नभई चिनियाँ र भारतीय साझेदारीमा समेत पेलेट फिड मिलहरु सञ्चालन हुँदै आएका छन् ।

दाना उद्योग संघका अनुसार मुलुकका विभिन्न क्षेत्रमा हाल ४२ वटा पेलेट फिड मिल सञ्चालनमा रहेका छन् । थप सातवटा पेलेट फिड मिल निर्माणाधीन अवस्थामा छन् । संघमा आवद्ध अन्य दाना उत्पादकसमेत गरी दैनिक एक हजार आठ सयदेखि दुई हजार पाँच सय टनसम्म कुखुरा दाना खपत हुने गरेको छ । बजारमा कुखुरा बिक्री हुन नसकेको (जाम) अवस्थामा यो उत्पादन दर घटीबढी हुने गरेको संघको भनाइ छ ।
अर्को समाचार
महँगियो कुखुराको दाना
११ चैत्र २०७०
•
५ मिनेट पाठ
महँगियो कुखुराको दाना
बनेपा-नेपालका दाना उद्यमीले कुखुराको दानाको भाउ बढाएका छन्। दानामा प्रयोग हुने कच्चा सामानको भाउ बढेकाले यो कदम चालेको उद्यमीको भनाइ छ।यसअघि कात्तिकमा पनि दानाको भाउ बढाएका थिए। धुलो (मास) र कुड्के (पेलेट) दाना दुवैको भाउ बढाइएको छ। दानाअनुसार प्रतिकिलो १ रुपैयाँ ६० पैसादेखि २ रुपैयाँ २५ पैसासम्म भाउ बढेको छ। ब्रोइलर दानामा प्रतिकिलो २ रुपैयाँ २५ पैसा र लेयर्स दानामा एक रुपैयाँ ६० पैसा बढेको हो।

अब किसानले ब्रोइलर दाना ५० किलोको बोरा प्रिस्टार्टरलाई २ हजार ५ सय ६५, ब्रोइलर १ नम्बरलाई २ हजार ४ सय ९०, २ नम्बरलाई २ हजार ४ सय ४० र ३ नम्बरलाई २ हजार ३ सय ६५ रुपैयाँ तिर्नुपर्छ। 
लेयर्स दाना ५० किलोको १ नम्बरलाई २ हजार ३ सय ५५, २ नम्बरलाई २ हजार २० र ३ नम्बरलाई २ हजार ३५ रुपैयाँ तिर्नु पर्ने हुन्छ।
कुखुराको उमेरअनुसार आवश्यक पर्ने पौष्टिक तत्व समावेश दानालाई फरकफरक भाउ पर्ने गरेको व्यवसायी बताउँछन्। ‘हाम्रो कम्पनीले कम समयमा बढी तौल आउने हाइगेन ब्रान्डमा दाना उत्पादन गर्छ। किसानले मूल्यभन्दा पनि दानामा कति मात्रामा र कस्तो पौष्टिक तत्व हालिएको छ भन्ने बुझ्न आवश्यक हुन्छ,' शक्ति फिडको काभ्रे वितरक रविन्द्रराज सिपखानले भने।
दानाको भाउ निरन्तर उकालो लागेपछि कुखुरापालक पेसाबाटै पलायन हुने क्रममा रहेको नेपाल राष्ट्रिय कुुखुरापालक किसान संघका अध्यक्ष भोजराज दाहालले बताए। ‘यस्तै गरी दानाको भाउ बढ्दै जाने र कुखुरा तथा अन्डाको भाउ घटबढ भइरहँदा आम किसानले पेसाबाटै हात धुनुपर्ने अवस्था आउँछ। यसैैले पनि किसानको मर्कालाई ध्यानमा राखेर उद्योगले तत्काल भाउ घटाउनु पर्छ,' उनले भने। 
दानाको भाउ बढाउने पछिल्लो निर्णय रहर नभई बाध्यता भएको नेपाल दाना उद्योग संघका महासचिव रविन पुरीले बताए। उनका अनुसार कुखुरा दाना उत्पादनमा अत्यावश्यक प्रोटिनको स्रोत भटमास पिनाको भाउ अत्यधिक बढेकोले तयारीको भाउ बढाउनु परेको हो। 
‘दाना उत्पादनमा चाहिने अधिकांश कच्चा सामग्रीमा परनिर्भरता बढ्दो छ। भटमास पिनाका लागि पूरै भारतमा भर पर्नुपर्छ। विगतमा मकै ४० प्रतिशत र तोरी पिना नेपालकै उत्पादनले भ्याउँथ्यो, अहिले त्यो पनि पुग्दैन। ढुटोमा समेत भारतकै भर पर्नु पर्छ,' पुरीले भने। 
उनका अनुसार यसपटक अत्यधिक वर्षातले भारतमै भटमास उत्पादन घटेको भन्दै उताका व्यवसायीले त्यसको पिनामा प्रतिकेजी १० रुपैयाँसम्म भाउ बढाएका छन्। यस्तै, मकै र ढुटोको भाउसमेत एउटै पर्न थालेको छ। तेस्रो मुलुकबाट आयात हुने भिटामिन, मिनरललगायत केमिकलको भाउसमेत बढेको छ। 
‘भारतबाट ल्याएको महँगो कच्चा सामग्रीबाट सस्तोमा दाना उत्पादन गर्न सम्भव छैन,' पुरीले भने। विगतमा नेपाल दाना उद्योग संघले नै कच्चा पदार्थको भाउ हेरेर तयारी दानाको मूल्य तोक्थ्यो। ‘संघले नै ‘कार्टेलिङ' गरेको भनेर किसानले विरोध गरेपछि दाना उद्यमीलाई नै लागतअनुसार मूल्य तोक्न दिइएको हो,' पुरीले भने।
सरकारले केही वर्षअघिबाट सञ्चालन गरेको अभियानमुखी मकै कार्यक्रम (मिसन मेज) बाट मुलुकमा सोचेअनुसार उत्पादन हुन नसक्दा दाना उद्यमी पुनः भारतकै भर पर्न थालेका छन्। यस्तै, दाना उत्पादनमा चाहिने एमबिएम, डिसिपीलगायत भिटामिनका लागि तेस्रो मुलुककै भर पर्दै आएका छन्।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस