पोखरामा गोवाको सिको
१२ पौष २०८०
•
४ मिनेट पाठ
पोखरामा गोवाको सिको
गणेशबहादुर भट्टराई




सन् १९९८ मा पहिलोपटक पोखरामा सानो आकारमा सडक महोत्सव सुरुवात गरियो। आधा किलोमिटर क्षेत्रभित्र गरिएको पहिलो महोत्सवले अहिले तीनकिलोमिटर भन्दा बढी क्षेत्र ओगट्छ।

बाहिरबाट झट्ट हेर्दा तीन किलोमिटर भित्र महोत्सवको रौनक देखिएपनि त्यसले आर्थिक रूपमा पार्ने प्रभाव पोखरा सहित आसपासका क्षेत्र र गाउँसम्म पनि पुगिसकेको छ।

यो महोत्सव अहिले पोखरा मात्र नभई आसपासका क्षेत्रको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सफल भएको छ। पोखराले मात्र नभई सबै खाले समूहले मेलाबाट लाभ पाउँछन्।

सन् १९९७ मा घुमघामका लागि भारतको गोवा जाँदा त्यहाँ ‘फुड एन्ड म्युजिक’ चलिरहेको थियो। पर्यटक लक्षित उक्त फेस्टिभल निकै नै आकर्षक थियो। यस्तै महोत्सव पोखरामा गर्न सके पर्यटक तान्न सकिन्छ भन्ने आशा त्यो बेला जगायो। नेपाल फिरेलगत्तै पोखरा घुम्न आएका तत्कालीन राजा वीरेन्द्र्रसँग संयोगले भेट भयो। वीरेन्द्रले जाडोयाममा पोखरामा पर्यटक नदेख्दा चिन्ता व्यक्त गरे। अनि पर्यटक आकर्षण गर्न सकिने केही कार्यक्रम गर्न सुझाए।

पोखरामा पर्यटक नदेख्दा चिन्तित राजाले पाहुना भिœयाउन आकर्षक कार्यक्रम चाहिने सुझाएपछि महोत्सवको खाका कोरियो। राजा वीरेन्द्र कसरी ब्यापार गर्नुपर्छ भन्नेमा चिन्तित थिए। वीरेन्द्रले नभनेको भए सायद यो महोत्सव आयोजना नहुन पनि सक्थ्यो। राजा वीरेन्द्रको चाँसो र गोवाको देखाइले पोखरामा यो बेला पर्यटकीय गतिविधि बढाउनुपर्छ भन्ने सोँचाई पलाएको हो।

पर्यटनमा यो बेला अफसिजन हो। अफसिजनमा यहाँ अहिले पनि पाहुना कम हुन्छन, त्यो बेला त झनै कम थिए। चिसोका कारण उच्च हिमाली भेगको पदयात्रामा गएका पाहुना तल झरिसकेका हुन्छन्। त्यसैले पर्यटकीय गतिविधि यतिबेला कम हुनु स्वभाविक हो। पोखरामा पर्यटकीय गतिविधि नहुँदा नेपालमा रहेका विदेशी पाहुना क्रिसमस र न्इ इयर मनाउन स्वदेश फर्किने गर्दथे। यतिसम्मकी कुटनीतिक निकायका पाहुना समेत स्वदेश फर्किन्थे। त्यो बेलासम्म पोखरामा क्रिसमस र न्यु इयर निकै नै सुनसान हुन्थ्यो। स्वदेशी पाहुना त देख्नै मुस्किल थियो।

आकर्षक कार्यक्रम गर्न सके क्रिसमस र न्यु इयर मनाउन स्वदेश फर्कने विदेशीलाई पोखरामै रोक्न सकिने देखेर त्यो बेला महोत्सव गर्ने कदम चालेका हौ। पर्यटकीय गतिविधि बढाउन सके पर्यटक आउँछन् भन्ने सोच पलायो र अग्रसर भएका हौं। आएका पर्यटक पनि फर्कने भएकाले उनीहरूलाई पोखरामै रोक्नु हाम्रो आवश्यकता थियो। अहिले केही हदसम्म पूरा भएको छ।

सुरुवाती चरणमा मेला आयोजना गर्दा नेपालमा उत्पादित ह्याण्डिक्राफ्टका सामान पोखरा ल्याएर बिक्री गर्न दिएका थियौं। पोखराको मेला घुम्न आएका कुटनीतिक निकायका पाहुना र अरू स्थानीयले ती सामान खरिद गर्दथे। माटोका भाडा, चकटी, ढाकाका सामान त्यो बेला निकै नै बिक्री हुन्थे। मेलाकै कारण घरेलु ती उत्पादनले स्वदेश र बिदेससम्म पनि बजारीकरणको मौका पाएका थिए। आफ्नो उत्पादनलाई बजारीकरण गर्ने मौका त्यो बेला दिएका थियौं। रमाइलो भन्दा पनि त्यो बेला ‘स्ट्रिट एक्स्पो’ को रूपमा घरायसी उत्पादनलाई बिक्री गर्ने थलो पनि यही मेला थियो। किनकी त्यो बेला स्वदेशी उत्पादनलाई बजारीकरण गर्नेगरि मेलालाई सदूपयोग गरेका थियौ।

विभिन्न ठाउँको संस्कृति, उत्पादन, खानपिन र रहनसहन सडकमा देखाउन सकियो भन्ने यसले लाभ दिलाउँछ भनेर महोत्सव सुरु भएको हो। अहिले पनि त्यही चलन नियमित छ। यो मेलाको महत्व भनेकै खाना, संस्कृति र म्यूजिकलाई एकैठाउँमा पस्किनु हो। अहिले यो महोत्सव पोखराको मात्र नभई समग्र नेपालीको बनेको छ। पोखरा लेकसाइडमा आयोजना मात्र गरेका हौ। अहलिे यहाँ आएका पाहुना लेकसाइड मात्र नबसी आसपासका क्षेत्रमा पनि जान्छन्। यसको लाभ सबैले लिएका छन्।

सुरुको वर्ष निकै नै सीमित व्यवसायीले सडकमा रेस्टुरेन्ट सारेका थिए। तर, अहिले सयौं रेस्टुरेन्ट सडकमा उत्रिन्छन्। अहिले निकै ठूलो आर्थिक कारोबार गर्ने थलो सडक महोत्सव बन्दै गएको छ। महोत्सवबाट पर्यटन क्षेत्रका व्यवसायीले मात्र कमाइ नगरि गाउँका किसानसम्म पनि यसको सम्बन्ध जोडिएको छ। किसानले उत्पादन गरेको तरकारीले महोत्सवमा बजार पाउँछ, कुखुरापालक किसानले पालेको कुखुराले यही बेला भाउ पाउँछ। महोत्सवको आर्थिक सम्बन्ध कुनै न कुनै रूपले गाउँगाउँसम्म जोडिएको छ। अहिले महोत्सव प्रायोजकबाटै वर्षेनी लाखौं रूपैयाँ कमाइ हुन थालेको छ। पछिल्लो समय पोखरामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि यहाँका व्यवसायीले नेपालकै विभिन्न क्षेत्रमा पुगेर प्रवद्र्धनात्मक अभियान पनि सञ्चालन गरिरहेका छन्। सडक महोत्सव सुरु हुनु अघि यहाँका व्यवसायी विदेश घुम्न जाने गरेकोमा आन्तरिक पाहुनाको आगमन बढ्न थालेपछि व्यवसायी पोखरामै बसेर आफ्नो व्यवसाय धान्न समेत थालेका छन्।

(अग्रज पर्यटन व्यवसायी भट्टराईसँग सन्तोष पोखरेलले गरेको कुराकानी)
अर्को समाचार
पोखरामा गोवाको सिको
१२ पौष २०८०
•
४ मिनेट पाठ
पोखरामा गोवाको सिको
गणेशबहादुर भट्टराई तस्वीर: नागरिक
सन् १९९८ मा पहिलोपटक पोखरामा सानो आकारमा सडक महोत्सव सुरुवात गरियो। आधा किलोमिटर क्षेत्रभित्र गरिएको पहिलो महोत्सवले अहिले तीनकिलोमिटर भन्दा बढी क्षेत्र ओगट्छ।




बाहिरबाट झट्ट हेर्दा तीन किलोमिटर भित्र महोत्सवको रौनक देखिएपनि त्यसले आर्थिक रूपमा पार्ने प्रभाव पोखरा सहित आसपासका क्षेत्र र गाउँसम्म पनि पुगिसकेको छ।

यो महोत्सव अहिले पोखरा मात्र नभई आसपासका क्षेत्रको अर्थतन्त्रलाई पनि चलायमान बनाउन सफल भएको छ। पोखराले मात्र नभई सबै खाले समूहले मेलाबाट लाभ पाउँछन्।

सन् १९९७ मा घुमघामका लागि भारतको गोवा जाँदा त्यहाँ ‘फुड एन्ड म्युजिक’ चलिरहेको थियो। पर्यटक लक्षित उक्त फेस्टिभल निकै नै आकर्षक थियो। यस्तै महोत्सव पोखरामा गर्न सके पर्यटक तान्न सकिन्छ भन्ने आशा त्यो बेला जगायो।

 नेपाल फिरेलगत्तै पोखरा घुम्न आएका तत्कालीन राजा वीरेन्द्र्रसँग संयोगले भेट भयो। वीरेन्द्रले जाडोयाममा पोखरामा पर्यटक नदेख्दा चिन्ता व्यक्त गरे। अनि पर्यटक आकर्षण गर्न सकिने केही कार्यक्रम गर्न सुझाए।
पोखरामा पर्यटक नदेख्दा चिन्तित राजाले पाहुना भिœयाउन आकर्षक कार्यक्रम चाहिने सुझाएपछि महोत्सवको खाका कोरियो। राजा वीरेन्द्र कसरी ब्यापार गर्नुपर्छ भन्नेमा चिन्तित थिए।

वीरेन्द्रले नभनेको भए सायद यो महोत्सव आयोजना नहुन पनि सक्थ्यो। राजा वीरेन्द्रको चाँसो र गोवाको देखाइले पोखरामा यो बेला पर्यटकीय गतिविधि बढाउनुपर्छ भन्ने सोँचाई पलाएको हो।

पर्यटनमा यो बेला अफसिजन हो। अफसिजनमा यहाँ अहिले पनि पाहुना कम हुन्छन, त्यो बेला त झनै कम थिए। चिसोका कारण उच्च हिमाली भेगको पदयात्रामा गएका पाहुना तल झरिसकेका हुन्छन्। त्यसैले पर्यटकीय गतिविधि यतिबेला कम हुनु स्वभाविक हो।

पोखरामा पर्यटकीय गतिविधि नहुँदा नेपालमा रहेका विदेशी पाहुना क्रिसमस र न्इ इयर मनाउन स्वदेश फर्किने गर्दथे। यतिसम्मकी कुटनीतिक निकायका पाहुना समेत स्वदेश फर्किन्थे। त्यो बेलासम्म पोखरामा क्रिसमस र न्यु इयर निकै नै सुनसान हुन्थ्यो। स्वदेशी पाहुना त देख्नै मुस्किल थियो।

आकर्षक कार्यक्रम गर्न सके क्रिसमस र न्यु इयर मनाउन स्वदेश फर्कने विदेशीलाई पोखरामै रोक्न सकिने देखेर त्यो बेला महोत्सव गर्ने कदम चालेका हौ।
 पर्यटकीय गतिविधि बढाउन सके पर्यटक आउँछन् भन्ने सोच पलायो र अग्रसर भएका हौं। आएका पर्यटक पनि फर्कने भएकाले उनीहरूलाई पोखरामै रोक्नु हाम्रो आवश्यकता थियो। अहिले केही हदसम्म पूरा भएको छ।

सुरुवाती चरणमा मेला आयोजना गर्दा नेपालमा उत्पादित ह्याण्डिक्राफ्टका सामान पोखरा ल्याएर बिक्री गर्न दिएका थियौं। पोखराको मेला घुम्न आएका कुटनीतिक निकायका पाहुना र अरू स्थानीयले ती सामान खरिद गर्दथे।

माटोका भाडा, चकटी, ढाकाका सामान त्यो बेला निकै नै बिक्री हुन्थे। मेलाकै कारण घरेलु ती उत्पादनले स्वदेश र बिदेससम्म पनि बजारीकरणको मौका पाएका थिए। आफ्नो उत्पादनलाई बजारीकरण गर्ने मौका त्यो बेला दिएका थियौं।

 रमाइलोभन्दा पनि त्यो बेला ‘स्ट्रिट एक्स्पो’ को रूपमा घरायसी उत्पादनलाई बिक्री गर्ने थलो पनि यही मेला थियो। किनकी त्यो बेला स्वदेशी उत्पादनलाई बजारीकरण गर्नेगरि मेलालाई सदूपयोग गरेका थियौ।
विभिन्न ठाउँको संस्कृति, उत्पादन, खानपिन र रहनसहन सडकमा देखाउन सकियो भन्ने यसले लाभ दिलाउँछ भनेर महोत्सव सुरु भएको हो। अहिले पनि त्यही चलन नियमित छ। यो मेलाको महत्व भनेकै खाना, संस्कृति र म्यूजिकलाई एकैठाउँमा पस्किनु हो।

अहिले यो महोत्सव पोखराको मात्र नभई समग्र नेपालीको बनेको छ। पोखरा लेकसाइडमा आयोजना मात्र गरेका हौ। अहलिे यहाँ आएका पाहुना लेकसाइड मात्र नबसी आसपासका क्षेत्रमा पनि जान्छन्। यसको लाभ सबैले लिएका छन्।

सुरुको वर्ष निकै नै सीमित व्यवसायीले सडकमा रेस्टुरेन्ट सारेका थिए। तर, अहिले सयौं रेस्टुरेन्ट सडकमा उत्रिन्छन्। अहिले निकै ठूलो आर्थिक कारोबार गर्ने थलो सडक महोत्सव बन्दै गएको छ।
महोत्सवबाट पर्यटन क्षेत्रका व्यवसायीले मात्र कमाइ नगरि गाउँका किसानसम्म पनि यसको सम्बन्ध जोडिएको छ। किसानले उत्पादन गरेको तरकारीले महोत्सवमा बजार पाउँछ, कुखुरापालक किसानले पालेको कुखुराले यही बेला भाउ पाउँछ। महोत्सवको आर्थिक सम्बन्ध कुनै न कुनै रूपले गाउँगाउँसम्म जोडिएको छ।

अहिले महोत्सव प्रायोजकबाटै वर्षेनी लाखौं रूपैयाँ कमाइ हुन थालेको छ। पछिल्लो समय पोखरामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेपछि यहाँका व्यवसायीले नेपालकै विभिन्न क्षेत्रमा पुगेर प्रवद्र्धनात्मक अभियान पनि सञ्चालन गरिरहेका छन्।

सडक महोत्सव सुरु हुनुअघि यहाँका व्यवसायी विदेश घुम्न जाने गरेकोमा आन्तरिक पाहुनाको आगमन बढ्न थालेपछि व्यवसायी पोखरामै बसेर आफ्नो व्यवसाय धान्न समेत थालेका छन्।

(अग्रज पर्यटन व्यवसायी भट्टराईसँग सन्तोष पोखरेलले गरेको कुराकानी)
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस