विद्युत्को बक्यौता नतिरेको भन्दै विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अग्नि सिमेन्ट उद्योगको लाइन काटेको छ। विद्युत्को ४७ करोड बक्यौता तिर्न आनाकानी गरेपछि लाइन काटिएको हो।
जिल्लाको शितगंगा नगरपालिका ८, जलुकेमा रहेको शुभ श्री अग्नि सिमेन्ट उद्योगले विद्युत् प्राधिकरणलाई विद्युत् उपयोग गरे बापतको रकम नतिरेपछि लाइन काटिएको नेपाल विद्युत् प्राधिकरण अर्घाखाँचीका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए।
‘डेडिकेटेड एवं ट्रंक लाइनबाट अग्नि सिमेन्टले विद्युत् उपभोग गरिरहेको थियो, ‘उनले भने, ‘पटक पटक खबर गर्दा अटेरी गरेपछि लाइन काटेका हौं।’
प्राधिकरणले पुस १३ गतेदेखि विद्युत् लाइन काटेको हो। उद्योगले प्राधिकरणलाई करिब ४७ करोड रुपियाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरण प्रमुख भट्टराईले बताए।