प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–पुस २० गतेदेखि पोखरामा हुने
१७ पौष २०८०
•
३ मिनेट पाठ
प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–पुस २० गतेदेखि पोखरामा हुने
पोखरामा हुने प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–२०८० बारे जानकारी गराउँदै आयोजक। तस्बिर:सन्देश/नागरिक
प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–२०८० पोखरामा हुने भएको छ। 




नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकीकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा पोखरामा पुस २० गतेदेखि प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी–२०८० हुन लागेको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो। पुस २२ गतेसम्म हुने प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा हुने जनाइएको छ।

संघको आयोजनामा यसअघि पाचौं श्रृङ्खलासम्म राष्ट्रिय कृषि यान्त्रीकीकरण प्रदर्शनी भइसकेका छन्। संघका अनुसार २०७० सालमा चितवनको नारायणगढबाट शुरु भएको प्रदर्शनी कोहलपुर (दोश्रो), काठमाडौं (तेश्रो), धरान (चौथो) र चितवनको भरतपुरमा पाचौं सम्पन्न भइसकेको हो।

कृषि सम्बन्धी आधुनिक प्रविधि, कृषि औजार, उपकरण, यन्त्र तथा सेवाहरुको जानकारी गराउँदै बिक्री वितरण गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए। प्रदर्शनीमा कृषि औजार, उपकर, यन्त्र र सेवाबारे जानकारी गराएर कृषकलाई यसबारे आकर्षित गर्छौं,उनले भने,।यसले कृषिमा व्यवसायीकरण गर्न मद्दत पु¥याउँछ भन्ने हामीलाई विश्वास छ।’

प्रदर्शनीमा विभिन्न कृषि औजार, उपकरण, यन्त्र र सेवाका ६० भन्दा बढी स्टलहरु रहने जनाइएको छ। जसमा नेपालसहित १० देशका १ हजार भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधीहरुको प्रदर्शनी हुने संघका अध्यक्ष शर्माले बताए। उनका अनुसार भारत, चीन, ईण्डोनेसिया, जापानलगायतका देशहरुको औजार तथा उपकरणहरु प्रदर्शनीमा राखिनेछन्। प्रदर्शनी स्थलमा मेड ईन नेपालको स्टल छुट्टै रहने उनले बताए।

प्रदर्शनीको अवसरमा कृषि यान्त्रीकीकरण प्रवद्र्धन सम्बन्धी गोष्ठी तथा सेमिनार, रैथाने बालीहरुको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, रैथाने बाली एवम् कृषि जैविविधता संरक्षण सम्बन्धी छलफल तथा अन्र्तक्रियासमेत हुने अध्यक्ष शर्माले जानकारी दिए।

प्रदर्शनीको ४० जिल्लाका ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संघको भनाई छ। प्रदर्शनीको निःशुल्क अवलोकन गर्न पाउने उनले बताए। प्रदर्शनी कृष, कृषिकर्मी, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवम् गैरसरकारी संस्थाहरु, कृषक समूह, कृषि सहकारी संस्था, विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरु, सोधकर्ताहरु, कृषि वैज्ञानिक, शिक्षक, विद्यार्थीलगायतले अवलोकन गर्ने उनको भनाई छ।

गण्डकी यान्त्रिकीकरणको हिसामा अन्य प्रदेश भन्दा पछाडि रहेको अध्यक्ष शर्माले जानकारी दिए। यान्त्रीकीकरणमा गण्डकी धेरै पछाडि छ,उनले भने,।तराईमा ९० प्रतिशत यान्त्रीकरण मान्ने हो भने गण्डकीमा जम्मा ५ देखि १० प्रतिशतसम्मपनि मुश्किलले छ।’ यसो हुनुको कारण गण्डकीको भुगोल भएको उनको भनाई छ। तराईमा समथर जमिन भएकाले यान्त्रिकीकरण गर्न सजिलो भएको तर गण्डकी भौगोलिक जटिलताका कारण चाहेरपनि गर्न अप्ठेरो रहेको उनले प्रष्ट्याए।

प्रदर्शनीले प्रविधी प्रयोगमा नेपालीलाई अभ्यस्त बनाउन सघाउने कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले बताए। गण्डकीमा हामीले चक्लाबन्दी शुरु गरेका छौं,उनले भने,।यान्त्रीकीकरणका लागि तयार भएको गण्डकीका लागि यो अवसर हो।

पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले वास्तविक किसानका लागि प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गरे।
अर्को समाचार
शुक्रबारदेखि कृषि यान्त्रीकीकरण प्रदर्शनी
१८ पौष २०८०
•
३ मिनेट पाठ
शुक्रबारदेखि कृषि यान्त्रीकीकरण प्रदर्शनी
पोखरामा हुने प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनीबारे जानकारी गराउँदै आयोजक। तस्बिरः सन्देश÷नागरिक
प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी शुक्रबार देखि पोखरामा हुने भएको छ। पुस २२ गतेसम्म हुने प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुनेछ।  




नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकीकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा पोखरामा पुस २० गतेदेखि प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी आयोजना गरेको आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो ।

संघको आयोजनामा यसअघि पाचौं श्रृंखलासम्म राष्ट्रिय कृषि यान्त्रीकीकरण प्रदर्शनी भइसकेका छन्। संघका अनुसार २०७० सालमा चितवनको नारायणगढबाट शुरु भएको प्रदर्शनी कोहलपुर (दोश्रो), काठमाडौं (तेश्रो), धरान (चौथो) र चितवनको भरतपुरमा पाचौं सम्पन्न भइसकेको हो।

कृषि सम्बन्धी आधुनिक प्रविधि, कृषि औजार, उपकरण, यन्त्र तथा सेवाहरुको जानकारी गराउँदै बिक्री वितरण गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए। ‘प्रदर्शनीमा कृषि औजार, उपकर, यन्त्र र सेवाबारे जानकारी गराएर कृषकलाई यसबारे आकर्षितगर्छौ,’ उनले भने, ‘यसले कृषिमा व्यवसायीकरण गर्न मद्दत पु¥याउँछ भन्ने हामीलाई विश्वास छ।’

प्रदर्शनीमा विभिन्न कृषि औजार, उपकरण, यन्त्र र सेवाका ६० भन्दा बढी स्टल रहनेछन्। जसमा नेपालसहित १० देशका १ हजार भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधीहरुको प्रदर्शनी हुने संघका अध्यक्ष शर्माले बताए। उनका अनुसार भारत, चीन, ईण्डोनेसिया, जापान लगायतका देशहरुको औजार तथा उपकरणहरु प्रदर्शनीमा राखिनेछन्। प्रदर्शनी स्थलमा मेड ईन नेपालको स्टल छुट्टै रहने उनले बताए।

प्रदर्शनीको अवसरमा कृषि यान्त्रीकीकरण प्रवद्र्धन सम्बन्धी गोष्ठी तथा सेमिनार, रैथाने बालीहरुको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, रैथाने बाली एवम् कृषि जैविविधता संरक्षण सम्बन्धी छलफल तथा अन्तरक्रियासमेत हुने अध्यक्ष शर्माले जानकारी दिए।

प्रदर्शनीको ४० जिल्लाका ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संघको भनाई छ। प्रदर्शनीको निःशुल्क अवलोकन गर्न पाउने उनले बताए। प्रदर्शनी कृष, कृषिकर्मी, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवम् गैरसरकारी संस्थाहरु, कृषक समूह, कृषि सहकारी संस्था, विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरु, सोधकर्ताहरु, कृषि वैज्ञानिक, शिक्षक, विद्यार्थीलगायतले अवलोकन गर्ने उनको भनाई छ।

गण्डकी यान्त्रिकीकरणको हिसामा अन्य प्रदेश भन्दा पछाडि रहेको अध्यक्ष शर्माले जानकारी दिए। ‘यान्त्रीकीकरणमा गण्डकी धेरै पछाडि छ,’ उनले भने, ‘तराईमा ९० प्रतिशत यान्त्रीकरण मान्ने हो भने गण्डकीमा जम्मा ५ देखि १० प्रतिशतसम्मपनि मुस्किलले छ।’ यसो हुनुको कारण गण्डकीको भुगोल भएको उनको भनाई छ। तराईमा समथर जमिन भएकाले यान्त्रिकीकरण गर्न सजिलो भएको तर गण्डकी भौगोलिक जटिलताका कारण चाहेरपनि गर्न अप्ठेरो रहेको उनले प्रष्ट्याए।

प्रदर्शनीले प्रविधी प्रयोगमा नेपालीलाई अभ्यस्त बनाउन सघाउने कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले बताए। ‘गण्डकीमा हामीले चक्लाबन्दी शुरु गरेका छौं,’ उनले भने, ‘यान्त्रीकीकरणका लागि तयार भएको गण्डकीका लागि यो अवसर हो। पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले वास्तविक किसानका लागि प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गरे।
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस