स्थायी राजधानी क्षेत्रका जग्गा धितो राखेर लिन पाउने ऋणमा लगाईएको सीमा लुम्बिनी प्रदेश सरकारले हटाएको छ। पूर्ववर्ती सरकारले राजधानी क्षेत्रका स्थानीयहरुले जग्गा बैंकमा धितो राखेर ऋण लिँदा उनिहरुलाई सीमा निर्धारण गरिएको थियो।
तत्कालीन सरकारको निर्णय अनुसार राजधानी क्षेत्रका जग्गा धितो राखेर २० लाख रुपैयाँ मात्रै ऋण लिन पाउने गरि सीमा तोकिदिएको थियो।तर बुधबार बसेको मन्त्री परिषद बैठकले तत्कालीन सरकारले लगाएको ऋणको यो सीमा हटाईदिएको छ। ‘ऋण लिनका लागि लगाईएको सीमा पूर्ण रुपमा हटाईएको छ,’सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष कुमार पाण्डेले भने ‘स्थानीयहरुलाई परेको असहजता महशुस गरेर यो निर्णय गरिएको हो।’ सरकारको यो निर्णय पछि राजधानी बासीहरुले जग्गा धितो राखेर जग्गाको मूल्यांकनका आधारमा जति पनि ऋण पाउन सक्ने छन्। ‘जग्गाको मूल्यांकनका आधारमा अब स्थानीयले जनि पनि ऋण पाउने भए,’ प्रवक्ता पाण्डेले भने ‘अब यति उति मात्रै पाउने भन्ने भएन।’

तत्कालीन सरकारले राजधानी व्यवस्थापनका लागि बाधा पुग्न सक्ने भन्दै ऋणमा सीमा निर्धारण गरिदिएका थियो। बैंकमा जग्गा धितो राखेर ठूलो रकम ऋण लिएमा कोहि कसैले उक्त ऋण तिर्न नसक्दा बैंकले जग्गा लिलाम गर्ने र बैंकले विक्री गर्न खोज्दा जग्गा खण्डिकरण हुन सक्ने भन्दै सरकारले ऋणमा कसी लगाएको थियो। ‘कोहि कसैले ठूलो रकम ऋण लिएको खण्डमा उसले त्यो ऋण तिर्न नसकेपछि जग्गा लिलाम हुने भयो,’ सरकारका प्रवक्ता पाण्डेले भने ‘अनि लिलाम भएको जग्गा बैंकले विक्री गर्दा त्यो जग्गा खरिद गर्ने नयाँ मान्छेले त आफ्नो जग्गा आफू अनुकुल प्रयोग गर्न खोज्ने भयो, यो बेला व्यवस्थित राजधानी निर्माणको योजनामा समस्या आउने देखेर तत्काली सरकारले ऋणमा सीमा तोकेको थियो।’तर ऋणमा निर्धारण गरिएको सीमाका कारण स्थानीयले आफूहरुलाई समस्या पर्दै आएको गुनासो गर्दै आएका थिए। घर व्यवहार चलाउन, छोराछोरीको पठनपाठनका लागि समेत ऋण लिनु पर्ने तर भनेजति ऋण पाउन नसक्ने सरकारी रोकतोकका कारण आफूहरुले समस्या भोग्नु परेको गुनासो स्थानीयहरुका तर्फबाट आईरहेको थियो। वर्तमान सरकारले स्थानीयहरुको यो गुनासोलाई सम्बोधन गर्दै जग्गा धितोमा राखेर लिन पाउने ऋणमा लगाईएको सीमा तोडिदिएको हो। तर जग्गा धितोमा राखेर ऋण लिन जथाभावी भने गर्न नपाईने सरकारका प्रवक्ता पाण्डेले जानकारी दिए। स्थानीयहरु जग्गा धितोमा राखेर जथाभावी ऋण नलिने भन्नेमा सहमत पनि छन्। ‘राजधानी व्यवस्थापनका लागि असर नपर्ने गर जथाभावी ऋण नलिनेमा स्थानीयहरु पनि सहमत हुनुहुन्छ,’ सरकारका प्रवक्ता पाण्डेले भने ‘जग्गा व्यवस्थापनको काममा असहज पार्ने काम स्थानीयहरुबाट नहुनेमा सरकार विश्वस्त छ।’
तत्कालीन सरकारको २०७७/१२/१३ गते बसेको मन्त्री परिषद बैठकको निर्णय अनुसार लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा पर्ने राप्ती गाउँपालिकाका सबै वडा, गढवा गाउँपालिकाको वडा नं. १, २ र ३ तथा अर्घाखाँची जिल्ला शितगंगा नगरपालिकाक वडा नं. ८ र ९ का जग्गा धितो राखी ऋण लिने सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट (क) वर्गको मान्यता प्राप्त बैंकमा हाल कायम पूरै कित्ता जग्गा धितो राखी सम्वन्धित स्थानीय तहको प्रमुखको सिफारिसमा बीस लाख रुपैयाँसम्म ऋण लिन सकिने शर्त रहेको थियो। ऋणको सीमाबाट नागरिकलाई घर व्यवहार चलाउन समस्या परेको, ऋण लगानीबाट आर्थिक क्रियाकलापमा नकारात्मक असर परेकोले र आर्थिक क्रियाकलाप चलाएमान बनाउन समेत ऋणको सीमा हटाउन आवश्यक देखिएको ऋणको सीमा हटाइएको मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताए।लुम्बिनी सरकारले २०८०/०७/०१ मा प्रदेशको राजधानी क्षेत्र भित्रको रोक्का रहेका जग्गा कित्ताकाट नहुने गरी फुकुवा गर्ने निर्णय गरि कार्यान्वयनमा आइसकेको छ। यसै गरी मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम कार्यान्वयन निर्देशिका २०८० स्वीकृत गर्ने निणर्य समेत बुधबारको बैठकले गरेको छ। त्यसै गरेर रुपन्देहीमा भाडामा रहेका सरकारी कार्यालयहरुलाई स्थायी राजधानीमा सार्ने व्यवस्था मिलाउनका लागि गठित कार्यदलको प्रतिवेदन स्वीकृत गर्ने निर्णय समेत गरिएको छ।