भैरहवा विमानस्थलको आइएलएस सञ्चालन सम्झौता हुनुपर्छ: प्राधिकरण
१८ पौष २०८०
•
२ मिनेट पाठ
भैरहवा विमानस्थलको आइएलएस सञ्चालन सम्झौता हुनुपर्छ: प्राधिकरण
फाइल तस्बिर
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल—भारत परराष्ट्रमन्त्रीस्तरीय बैठकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको आइएलएस सञ्चालनको  अनुमति लिने एजेन्डा बनाउन आवश्यक रहेको बताएको छ।




भोलि काठमाडौंमा हुने नेपाल र भारतको विदेशमन्त्री स्तरीय संयुक्त बैठकमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जडान गरिएको ‘इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम’(आइएलएस) सञ्चालन गर्न भारतसँग सम्झौता गर्नुपर्ने बताइएको हो।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कम भिजिबिलिटी भएको समयमा विमान अवतरण गर्न भारतको आकाश प्रयोग हुने भएकाले भारत सरकारको अनुमति आवश्यक पर्दछ।भारत सरकारको अनुमतिको लागि परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठकमा (आइएलएस) सञ्चालनको एजेन्डा राखी सम्झौता नै आवश्यक रहेको प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले बताए। 

प्रवक्ता भुलले जाडो तथा वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण जहाज उडान तथा अवतरण प्रभावित नहोस् भनी विमानस्थल निर्माणसँगै इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम जडान गरिएको भए पनि भारतको अनुमति नहुँदा अहिलेसम्म सञ्चालन गर्न नसकिएको बताए । उनले भिजिबिलिटी कम हुँदा पनि जहाज उडान तथा अवतरण गराउन सकिने उपकरण आइएलएस भएको र कहिले काहीँ भारतीय विमानले पनि प्रयोग गर्नसक्ने भएकाले दुवै देशले संयुक्त रुपमा सम्झौता गर्न आवश्यक रहेको बताए । उनले अन्तर्राष्ट्रिय उडानमा सिमरा बाहेक थप अन्य सीमा विन्दुबाट प्रवेश गर्न नपाइने अवस्था रहेकाले अन्य प्रवेश विन्दुबाट पनि नेपालमा जहाज प्रवेश दिने सम्झौता गर्न आवश्यक रहेको बताए।

उनले भारतले सिमरा बाहेकका अन्य नेपाल प्रवेश सीमा बिन्दुबाट जहाज उडान गर्न अनुमति दिए हवाई उडान छोटो हुने हुँदा लागत पनि कम हुने र हवाई भाडा पनि कम हुने अवस्था रहेको बताए।गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेट ल्याण्डिङ सिस्टम (आइएलएस) जडान भए पनि सञ्चालनमा नआउँदा जाडो र वर्षातको समयमा लाग्ने बाक्लो हुस्सुका कारण भिजिबिलिटी अत्यन्त कम हुँदा अहिले पनि जहाजको उडान तथा अवतरण प्रभावित हुँदै आएको छ।

भारतको चार दिने भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटमा आइएलएस सञ्चालनमा बाटो खुल्यो भने पनि अहिलेसम्म सञ्चालनमा आएको छैन।भारतका विदेश मन्त्री एस जयशंकर दिव्पक्षिय वार्ताका लागि भोलि बिहीबार बिहान काठमाडौं आउँदछन्।
अर्को समाचार
वायु सेवा निगमलाई क्यानको २७ बुँदे स्पष्टीकरण
१४ चैत्र २०८०
•
२ मिनेट पाठ
वायु सेवा निगमलाई क्यानको २७ बुँदे स्पष्टीकरण
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमलाई २७ बुँदे स्पष्टीकरण सोधेको छ। हवाई क्षेत्रको नियामक निकाय क्यानले राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायु सेवा निगमको कार्यसम्पादनमा कमजोरी औंल्याउँदै स्पष्टीकरण सोधेको हो।




निगमको आन्तरिक अडिट कमजोर रहेको उल्लेख गर्दै क्यानले युरोपेली युनियन (ईयु) को अडिट र प्राधिकरणले विभिन्न समयमा गरेको अडिटबाट देखिएका समस्या हटाउन निगमले गरिरहेको कामबारे स्पष्टीकरण सोधिएको प्राधिकरणका उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए।

सात दिनको समय राखेर स्पष्टीकरण सोधेका बताउँदै उपमहानिर्देशक निरौलाले चित्तबुझ्दो जवाफ नआए कानुन अनुसार कारबाही हुने बताए। यस्तै क्यानले निगमको ए ३२० जहाजको इन्जिन पटक–पटक बिग्रिने र समयमै इन्जिन प्राप्तिको योजना बनाउन नसकेको बारेमा पनि प्रश्न उठाएको छ।

पाँच वर्षदेखि ट्विनअटर जहाज ‘नाइन एन–एबिएक्स’ मर्मत नगरेको जनाउँदै त्यसलाई थन्क्याइएको बारेमा समेत स्पष्टीकरण सोधेको छ। साथै ट्विनअटर जहाजमा भीएचएफ जडान नगरिएको र लेखा परीक्षणबाट देखिएका कमजोरी सुधारको कार्ययोजना पेस गर्न नसकेको विषय समेत समेटिएको छ।

यसैक्रममा अव्यवस्थित ह्यांगर व्यवस्थापनबारे पनि क्यानले निगमसँग स्पष्टीकरण सोधेको छ। जिम्मेवार पदाधिकारीहरू जहाजका पार्टपुर्जा र उपकरण खरिदमा केन्द्रित हुने तर आफ्नो दायित्व तथा कर्तव्य पालनामा ध्यान नदिएको प्राधिकरणले जनाएको छ। 

उपमहानिर्देशक निरौलाका अनुसार निगमलाई प्राधिकरणले हवाई उडान सुरक्षाका विषयमा पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीका विषयमा स्पष्टीकरण सोधिएको जनाउँदै निगमले हवाई उडान सुरक्षामा हेलचेक्र्याइँ गरेको पाइएको बताए। उनले अब चित्तबुझ्दो जवाफ नआए ‘नागरिक उड्डयन नियमावली २०५८’ अनुसार कारबाही हुने बताए।

यस्तै निगमका तीन विभागमा रिक्त जनशक्ति नियुक्त नभएकोमा पनि प्रधिकरणको असन्तुष्टि छ। प्राधिकरणले ‘कन्टिनुइङ एयर वर्दिनेस’ र ‘मेन्टिनेन्स म्यानेजर’ पद लामो समयसम्म खाली राखिएको बारेमासमेत प्रश्न गरेको छ। तोकिएको समयमा अनिवार्य मर्मत गरिनुपर्ने जहाज नगरिएको र बारम्बार यस्ता समस्या दोहोरिएको भनेर निगमले प्राधिकरणसँग स्पष्टीकरण सोधेको छ।

यस्तै उडान सुरक्षामा देखिएका कमजोरी, जहाजहरू लामो समय ‘ग्राउन्डेड’ हुने, निगमको मेन्टिनेन्स संगठन कमजोर देखिएको, इन्जिन प्राप्त गर्ने उचित योजनाविना नै जहाज इजरायलमा राखिएकालगायतका २७ बुँदे स्पष्टीकरण निगमलाई प्राधिकरणले सोधेको छ। क्यानले निगमलाई सात दिनभित्र जवाफ फर्काउने गरी उक्त स्पष्टीकरण सोधेको हो।

प्राधिकरणले वायुसेवा कम्पनीका कार्यकारी प्रमुखलाई एकाउन्टेवल म्यानेजरको जिम्मेवारी तोक्ने गरेको छ। निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्नो दायित्व पूरा नगर्दा राष्ट्रिय ध्वजाबाहक कम्पनीको हवाई उडान कमजोरी भएको प्राधिकरणको बुझाइ छ।
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १० सेकेन्ड अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस