सस्तोमै वाल बनाउन सकिने प्यानल
१९ पौष २०८०
•
२ मिनेट पाठ
सस्तोमै वाल बनाउन सकिने प्यानल
लामो अध्ययन अनुसन्धान पश्चात् नेपालमै सस्तो प्यानलको उत्पादन सुरु भएको छ। उत्पादन लागत कम भएको अल्ट्रा नेपाल इको प्यानलको उत्पादन थालिएको हो। उत्पादनसँगै बजारमा विक्री वितरण पनि सुरु भएको छ।




यसको प्रयोग स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वाल (गारो) को रुपमा गरिन्छ। दुईतिर क्याल्सियम सिलिकेट बोर्ड (सिमेन्ट बोर्ड) बिनैको प्यानल तयार भएको हो।

इको प्यानल नेपाल प्रालिले अल्ट्रा नेपाल इको प्यानल ब्रान्डिङ गरी सस्तो प्यानलको उत्पादन थालेको हो। यो प्यानल तुलनात्मक रूपमा कम मूल्यको छ। यसअघि यस्तै प्यानलमा क्याल्सियम सिलिकेट बोर्ड राखेर प्यानल निकालिन्थ्यो। यही कारण यो महँगो थियो। अहिले क्याल्सियम सिलिकेट बोर्ड विनाको प्यानल निकालेको हो। यसअघि प्यानलको दुवैतिर सिल्केड बोर्ड रहन्थ्यो र यसको मूल्य बढी हुन्थ्यो। प्यानलको दुवैतिर सिल्केड बोर्ड विदेशबाट आयात गर्नुपथ्र्याे।

अहिलेको यो प्यानल नेपालमै रहेको कच्चा पदार्थहरू बालुवा, सिमेन्ट, ग्लास फाइबर, इपिएस (चलनचल्तीको भाषामा थर्मोकोल) को मिश्रणबाट बनेको हुन्छ। स्यान्डबिच प्यानलमा जस्तो यसमा दुईतिर क्याल्सियम  सिलिकेट बोर्ड हालेको हुँदैन। ढलान गरी बनेको स्थायी संरचनाको भित्री  पार्टेशन वालको  प्रयोगमा लक्षित गरी यो प्यानलको उत्पादन सुरु गरिएको हो। यसको मोटाई ४.५ इन्च हुन्छ। तौल भने इट्टाको वाल भन्दा ३ गुना कम हुन्छ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिइओंं) इन्जिनियर कृष्णभक्त दुवालले उपभोक्तालाई थोरै मूल्यमा दिन सकुन् भन्ने उद्देश्यले यस्तो प्यानलको उत्पादन थालेको बताए। यो तुलनात्मक रुपमा सस्तो छ, सिइओ इन्जिनियर दुवालले भने, चार इन्चको वाल लगाउँदा जति खर्च लाग्छ, त्यही हाराहारीमा यो ४.५ इन्चको अल्ट्रा नेपाल इको प्यानलको प्रयोग गर्न सकिन्छ। यसअघि क्याल्सियम सिल्केड बोर्ड भएको प्यानल प्रयोग गर्दा इटाको गाह्रो लगाउनु भन्दा केही महँगो हुन्थ्यो।

पहिला क्याल्सियम सिल्केड बोर्ड विदेशबाट आयात गर्नुपर्ने थियो, इन्जिनियर दुवालले भने, विदेशबाट आयात गर्नुपर्ने सामान रोकिने भएर यसले देशको व्यापार घाटा पनि कम गराउने विश्वास छ।

अहिले दुई वटा प्यानलबिचको जडानका लागि म्याजिक एक्सपी  प्रोडक्टको प्रयोग गरिन्छ। यो वाटर प्रुफ हुनुका साथै यसको प्रयोगबाट हेयर लाइन क्र्याक पनि नदेखिने हुन्छ। यसको प्रयोगपछि इटाको गाह्रो लगाएर प्लास्टर गरी वालपटी लगाएर कलर गरेपछि जस्तो देखिने बताइएको छ।
अर्को समाचार
भारत निर्यात हुन थाल्यो नेपालमा बनेका इको प्यानल
२७ साउन २०८०
•
२ मिनेट पाठ
भारत निर्यात हुन थाल्यो नेपालमा बनेका इको प्यानल
नेपालमा बनेका इको प्यानल (निर्माण सामाग्री) भारत निर्यात हुन थालेको छ। स्थायी वा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने इको प्यालनहरु भारत निर्यात हुन थालिएको हो। 




एसवाई प्यानल कम्पनी नेपालले आफूले उत्पादन गरेका त्यस्ता निर्माण सामग्री भारत निर्यात गर्न थालेको जनाएको हो। यही हप्ताबाट कम्पनीले आफ्ना उत्पादन भारत निर्यात थालेको जनाएको हो। यस्ता निर्माण सामाग्री निर्यात हुन थालेको यो पहिलो पटक भएको जनाइएको छ। नेपालबाट वाल र छानाका प्यानल विदेश निर्यात गर्ने यो पहिलो कम्पनी भएको जनाइएको छ। भौतिक संरचना निर्माणको क्रममा आवश्यक पर्ने यी कम्पनीका वाल र छानाका प्रडक्टहरू भारत निर्यात हुन थालेको जनाएको हो।  

कम्पनीका निर्देशक बिमलराज गोसाईंले कम्पनीले वाल र छानाका प्रडक्टहरू निर्यात गरेको बताए। कम्पनीले पहिलो चरणमा १५ लाख रुपैयाँको निर्माण सामाग्री निर्यात गरेको गोसाईंले बताए। कम्पनीले कोरियन प्रविधिको प्रयोग गरी नयाँ र आधुनिक घरहरूका लागि प्यानल बनाउने गर्दै आएको निर्देशक गोसाईंले बताए।

कम्पनीले उत्पादन गरेका प्रि–फ्याब घर बनाउनका लागि आवश्यक पर्ने सामग्री भारत निर्यात हुन थालेका हुन्। पहिलो चरणमा भारतको सिक्किममा प्रि–फ्याब घर बनाउनका लागि सामान पठाउन थालिएको छ। त्यहाँ सामान पठाउन एसवाई प्यानलको आधिकारिक डिलर समृद्ध निर्माण सेवाले काम गरिरहेको छ। नेपालमा लोकिप्रियता कमाउँदै गएको कम्पनीको उत्पादनको माग भारतका अन्य सहरबाट पनि भइरहेको कम्पनीले जनाएको छ।

एसवाई प्यानल प्रयोग गरी निर्माण गरिएका घर भूकम्पबाट सुरक्षित हुने र वातावरणमैत्री हुने भएकाले ग्राहकको रोजाइमा पर्ने गरेको कम्पनीले जनाएको छ। प्रत्यक्ष विदेशी लगानीमार्फत् सन् २०१७ देखि कम्पनीले चितवनमा प्यानल उत्पादन गर्दै आएको छ। ती प्यानलहरु कम खर्चमा सुन्दर घरहरु बनाउन प्रयोग हुन्छन्। कोरियन कम्पनी एसवाई प्यानल आठ वर्षदेखि नेपालमा सञ्चालनमा छ। कम्पनीले प्रि–फ्याब घर निर्माणका लागी ईपीएस प्यानल, स्यान्डविच, पफ प्यानलहरु प्यानल डोर स्टिल डोर र यूपीभीसी विन्डो उत्पादन गर्दै आएको छ।

बताइए अनुसार नेपालमा वार्षिक दई अर्व भन्दा वढीको प्यानलहरु भारतलगायत तेश्रो मुलुकहरुबाट आयात हुने गरेको छ। यद्यपि नेपालमै पनि यस्ता निर्माण सामाग्री उत्पादन गर्ने कम्पनीहरु धेरै भइसकेका छन्। त्यसकारण सरकारले कच्चा पदार्थको अन्तशुल्क कर घटाई नेपाली उत्पादनलाई विदेश निर्यात गर्न बातावरण सृजना बनाउनुपर्ने माग सरोकारवालाहरुको छ।  

आयातको कारण नेपालमा व्यापारघाटा बढ्दो छ। देश विप्रेषणले चलेको छ। नेपाली वस्तुको निर्यातका लागि सरकारी तथा निजी क्षेत्रबाट पहल भए पनि निर्यात बढ्न सकेको छैन। नेपाली वस्तुको निकासी तथा व्यापार प्रवर्द्धनका लागि सरकारी निकायको रूपमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र (टीईपीसी)ले विभिन्न कार्यक्रमहरू गरिरहेको छ। तर पनि खासै उत्साहजनक छैन। त्यसकारण नेपाली सामान निर्यात गर्ने सम्भाबनाको यो क्षेत्रलाई सरकारले विशेष चासो राख्नुपर्ने सरोकारवालाहरुको भनाई छ।
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस