नेपाल विद्यूत प्राधिकरणले विभिन्न संरचनाहरूबाट विद्युत् सेवा प्राप्त गरेका उपभोक्ताहरुको बक्यौता रकम बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्थासहितको सूचना सार्वजनिक गरेको छ। उपभोक्ताहरूलाई आफ्नो बक्यौता रकम यथाशीघ्र बुझाउन आग्रह गरेको छ।
प्राधिकरणले आज एक सूचना सार्वजनिक गर्दै यो सूचना सार्वजनिक भएको मितिले ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्तावन्दीको सुविधाका लागि आवेदन दिन सबैलाई आग्रह गरेको छ।
नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको गत १६ गतेको निर्णयअनुसार प्राधिकरणले अत्यन्त जरुरी सूचना भन्दै यस्तो आग्रह गरेको हो।