ठमेल चाैबिसै घण्टा खोल्ने तयारी
०५ माघ २०८०
•
३ मिनेट पाठ
ठमेल चाैबिसै घण्टा खोल्ने तयारी
फाइल तस्वीर
ठमेलको रात्रिकालीन व्यवसाय रातभर खोल्ने योजना पटकपटक बनेको भए पनि सफल भएको थिएन अब भने ठमेल क्षेत्र २४ सै घण्टा खुल्ने गरी कार्ययोजना बनाइएको छ।




ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले पूरै ठमेल क्षेत्र २४ सै घण्टा खुला गर्ने उद्देश्य राखेर कार्ययोजना तयार भइरहेको बताए। ‘रात्रीकालीन व्यवसाय मात्र नभएर पूरा ठमेल क्षेत्र २४ घण्टा खोल्ने योजनासहित काम भइरहेको छ’, उनले भने, ‘पहिला रात्रिकालीन व्यवसाय मात्र खोल्ने योजनाहरू आएका थिए यस कार्ययोजनामा पूरा ठमेल क्षेत्र खुला हुने अवधारणा राखिएको छ।’

शर्माले यसका लागि दुई चरणको वार्ता भइसकेको बताए। उनले पहिलो चरणको वार्तामा ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधि र जिल्ला सुरक्षा कार्यालयका प्रतिनिधिहरू बसेर छलफल गरेको बताए।
त्यस्तै दोस्रो चरणको वार्तामा भने काठमाडाैं महानगरपालिका सामाजिक विभागका प्रतिनिधि, ठमेल पर्यटन विकास परिषद्का प्रतिनिधि, जनप्रतिनिधि, जिल्ला सुरक्षा समितिका प्रतिनिधिसमेत बसेर सो विषयमा छलफल गरिएको बताए।

पहिला ठमेलको कुनै पनि व्यवसाय खोल्ने अवधारणा बनाइरहँदा आचारसंहितासहितको कार्ययोजना आएको थिएन तर यसपटक भने आचारसंहितासहित योजनाबद्ध रूपमा मस्यौदा ल्याइएको बताए। ‘घरधनी, व्यवसायी, पिटिसी, सबैको बारेमा क्राइटेरिया बनाएका छौं’, उनले भने, ‘कानुनले निर्दिष्ट गरेको नीति तथा व्यवस्था अनुरूप व्यवस्थित र मर्यादित रूपमा ठमेल बजार चलायमान बनाउने हो।’

यसपटक ठमेल पर्यटन विकास परिषद्ले ‘व्यवस्थित ठमेल, सुरक्षित ठमेल’को अवधारणा अनुरूप ‘घरधनी, व्यवसायी तथा पर्यटकको शान्ति सुरक्षा व्यवस्थापन आचारसंहिता – २०८०’ को मस्यौदा बनाइ जिल्ला समिति समक्ष बुझाएको छ।

नेपालमा हालसम्म कतै पनि २४ सै घण्टा व्यावसायिक गतिविधि हुने गरी सहरहरू खुला भएका छैनन्। नेपालको पर्यटकीय सहर भनेर चिनिएको ठमलेलाई २४ सै घण्टा खुला गर्न सकिएको अवस्थामा यसका धेरै फाइदाहरू छन्। सरकारले निर्दिष्ट गरेको व्यावसायिक कानुन तथा नीतिहरू पालन गरेर सहर २४ सै घण्टा खुलेमा पर्यटकीय गतिविधि स्वतः बढ्ने त छँदैछ व्यवसाय पनि फस्टाउँछ।

बजार सधैं खुला भएमा व्यावसायिक गतिविधि फस्टाउने मात्र नभएर लगानी विस्तार हुने, राज्यमा रोजगारी सिर्जना हुने र विदेशी मुद्रा आयआर्जनमा थप वृद्धि हुनेछ। साथै राज्यलाई करमा योगदान पुग्ने तथा आर्थिक रूपमा मुलुकलाई मजबुत बनाउन सहयोग पुग्नेछ।
गत कात्तिक महिनामा ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको सहयोगमा ठमेलमा सिसी क्यामरा जडान गरिएको थियो।

ठमेल क्षेत्रको शान्ति सुरक्षा बलियो बनाउन तथा सो क्षेत्रलाई सफा, सुन्दर र सुरक्षित एवम् व्यवस्थित बनाउन सय वटाभन्दा बढी सिसी क्यामरा जडान गरिएको थियो। पछिल्लो समयमा ठमेल क्षेत्रको सुरक्षा एवम् सौन्दर्यका लागि लागि चार सय सडक बत्ति जडान गरिसकेको छ।

यस्तै हाल ठमेलको बाटो स्तरोन्नतिका लागि मर्मत सम्भार तथा सौन्दर्यकरण भइरहेको छ भने ठमेलका गल्ली पहिचान सहजको लागि नम्बरहरू पनि राखिसकिएको छ।

‘ठमेललाई नमुना पर्यटकीय नगरी बनाउनुपर्ने माग गर्दै आइरहेकोमा ठमेल सधैं खुला छ भन्ने बनाउनु छ।’ शर्माले भने, ‘ठमेल बजार जाउँ, घुमौं, रमाऔं भन्ने बनाउन हामी लागिरहेका छौ।’ यस पटकको कार्ययोजना हतारको निर्णय नभएर आचारसंहितासहितको व्यावसायिक अवधारणा तयार भइरहेको बताउँदै अध्यक्ष शर्माले भने, ‘हतारको निर्णयमा ठमेल खोल्न लागेका छैनौं, यसको लागि कानुनसम्मत, व्यवस्थित र व्यवहारिक योजना ल्याउँदैछौ।’

ठमेल क्षेत्र २४ सै घण्टा खुला रहिरहँदा सुरक्षा व्यवस्थापनबाहेक अन्य पक्षहरूमा खासै धेरै चुनौती नरहेको उनको बुझाइ छ। ‘राज्यले सुरक्षा व्यवस्था प्रत्याभूत गर्न सके योजना कार्यान्वयनको लागि अन्य प्रमुख समस्या खासै छैन्।’
उनले थपे, ‘व्यावसायिक गतिविधिहरूको सवालमा भने सुरुमै व्यापार नहुन पनि सक्छ, गतिविधि बढ्न थालेपछि त व्यापार स्वतः हुनेछ।’

उनले पर्यटक र १८ वर्ष माथिका कुनै पनि नागरिकले ठमेलमा २४ सै घण्टा घुम्न, डुल्न, बस्न, रमाइलो गर्न र किनमेल गर्न सक्ने बनाउने उल्लेख गर्दै बजार चलायमान बनाउन सडक महोत्सव, विभिन्न सांस्कृतिक कार्यक्रम जस्ता योजनाहरू पनि क्रमिक रूपमा ल्याइने बताए।

आचारसंहिताको मस्यौदा जिल्ला सुरक्षा समिति सामु १० दिन अघि नै बुझाइसकिएको र त्यसमा थप सुधारका लागि छलफल गरेर आवश्यक परे गृहमन्त्रालयमा समेत पठाइने भएको छ।  
अर्को समाचार
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
४७ मिनेट अघि
•
१ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 

केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।

वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।

“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”

कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।

सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।

असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार 

हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”

चाडपर्व र मेलामा अत्यधिक माग

बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।

उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।



दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस