कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै मेरिङदेन
१० माघ २०८०
•
१ मिनेट पाठ
कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउँदै मेरिङदेन
व्यावसायिक पशुपालनलाई दिगो र आत्मनिर्भरमुखी बनाउन ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले पशुको उन्नत जातीय नश्ल सुधारका लागि निःशुल्क रूपमा कृत्रिम गर्भाधान सेवा उपलब्ध गराउने भएको छ।




गाउँपालिकाले पशुका लागि कृत्रिम गर्भाधान कार्यक्रम सञ्चालन कार्यविधि नै बनाएर पालिकाका ६ वटै वडाका सेवाग्राहीलाई व्यावसायिक पशुपालनतर्फ प्रोत्साहित गर्ने नीति लिएको गाउँपालिका अध्यक्ष युकहाङवीर (डम्बर) हाङ्गामले जानकारी दिए।

उनका अनुसार गाउँपालिकामा स्थायी वा अस्थायी बसोवास गर्ने सबै सेवाग्राहीले यो सुविधा पाउने छन्। गाई, भैंसी र बाख्राको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम अघि बढाउने गाउँपालिकाले जनाएको छ। कार्यअनुसार सम्बन्धित कार्यालयमै पशुलाई लगेर कृत्रिम गर्भाधान गराए पशु प्राविधिकले निःशुल्क सेवा दिनेछन्।

यस्तै पशु प्राविधिक कार्यालय समयभित्र हाजिर भई कार्य  क्षेत्रका सम्बन्धित कृषकका घरमा गई पशुलाई कृत्रिम गर्भाधान सेवा उपलब्ध गराएवापत पालिकाले आठ सय रूपैयाँ उपलब्ध गराउने भएको छ।

कार्यालय समय बाहिर कृषकका घरमा गई पशुलाई कृत्रिम गर्भाधान गराए पशु प्राविधिकलाई पालिकाले १ हजार २ सय र अन्तरपालिका गई पशुलाई कृत्रिम गर्भाधान गराए पालिकाले सम्बन्धित पशु प्राविधिकबाट २ सय रूपैयाँ लिएर पालिकाको आन्तरिक राजस्व खातामा जम्मा गर्ने छ।

जुनसुकै समयमा बाख्रालाई कृत्रिम गर्भाधान गराए पालिकाले सम्बन्धित पशु प्राविधिकलाई पाँच सय रूपैयाँ उपलब्ध गराउने भएको छ। पशुको उन्नत जातीय नश्ल सुधारका लागि पालिकाले निःशुल्क रूपमा सेवाग्राहीलाई सेवा दिने छ भने अन्तरपालिकाबाहेक पशु प्राविधिकलाई सेवा शुल्क वा प्रोत्साहनवापत आवश्यक शुल्क उपलब्ध गराउने भएको छ।
अर्को समाचार
ताप्लेजुङको मेरिङदेनले ल्यायो ४४ करोड रुपैयाँ बढीको बजेट
०८ असार २०८०
•
२ मिनेट पाठ
ताप्लेजुङको मेरिङदेनले ल्यायो ४४ करोड रुपैयाँ बढीको बजेट
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/८१ का  लागि ४४ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ।




मेरिङदेन आगामी आवका लागि बजेट प्रस्तुत गर्ने ताप्लेजुङकै पहिलो पालिका भएको छ। नीति तथा कार्यक्रम भने मैवाखोलाले गत जेठ २८ गते नै ल्याइसकेको छ भने नीति तथा कार्यक्रम पारित भएसंगै उसले शनिवार आगामी आवका लागि बजेट तथा कार्यक्रम प्रस्तुत गर्ने छ।

गाउँपालिका अध्यक्ष युकहाङवीर(डम्बर)हाङ्गामको उपस्थितिमा पालिका उपाध्यक्ष दुर्गाप्रसाद श्रेङचोङ्वाङले गाउँसभाको १३ औं अधिबेशनमा आगामी आवका लागि ४४ करोड ५ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएका छन्। गाउँपालिकाले चालूतर्फ २९ करोड ४६ लाख ७३ हजार र पुँजीगततर्फ १४ करोड ५९ लाख १० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ।

गाउँपालिकाले चालूतर्फ संघीय सर्शत शीर्षकमा १७ करोड ५९ लाख खर्च हुने अनुमान गरेको छ। यस्तै पूर्वाधार विकासतर्फ ११ करोड ८७ लाख ७३ हजार,गाउँपालिका चालू शीर्षकमा ८ करोड ४६ लाख १० हजार,संघीय सर्शत पुँजीगतमा ३ करोड ४० लाख र प्रदेश समपुरकमा १ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको छ।

यस्तै आर्थिक विकासतर्फ ४५ लाख,सामाजिक विकासतर्फ ६९ लाख,वातावरण तथा बिपद् व्यवस्थापनतर्फ २० लाख र प्रदेश सर्शत चालूतर्फ ३९ लाख रुपैयाँ खर्च हुने गाउँपालिकाले अनुमान गरेको छ। यो खर्चको स्रोत व्यहोर्ने आधारहरु प्रस्तुत गर्दै गाउँपालिकाले सर्शत चालू अनुदान १७ करोड ९८ लाख,नेपाल सरकारबाट प्राप्त हुने समानीकरण अनुदानको ९ करोड ९७ लाख,राजश्व बाँडफाँडको ७ करोड ५० लाख ४४ हजार रुपैयाँ आय हुने अनुमान गरेको छ। यस्तै सर्शत पुँजीगतको ३ करोड ४० लाख,समपुरकतर्फ २ करोड ३० लाख,बैंक मौज्दात १ करोड ५० लाख र प्रदेश समानीकरणको ६२ लाख ४ हजार रुपैयाँ आम्दानी हुने पालिकाको अनुमान रहेको छ।

प्रदेश राजश्व बाँडफाँडतर्फ २८ लाख ३५ हजार आय अनुमान हुँदा गाउँपालिकाले ५० लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य लिएको छ। चालू आवका लागि आन्तरिक आय ३४ लाख रुपैयाँ हुने अनुमान गरेको गाउँपालिकाले आन्तरिक आयमा लक्ष्य भन्दा बढी रकम असुली भई चालू आवमा ४० लाख रुपैयाँ पुग्ने अनुमान गर्दै उसले आगामी आवका लागि आन्तरिक आयको अनुमान हिस्सा समेत बढाएको छ।  
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २८ मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस