पर्यटन नजान्दा आम्दानी गुमाउँदै स्थानीय तह
१३ माघ २०८०
•
५ मिनेट पाठ
पर्यटन नजान्दा आम्दानी गुमाउँदै स्थानीय तह
स्याङजाको आँधिखोला गाउँपालिका–१ को माझुभञ्ज्याङ। यो ठाउँलाई अहिले पर्यटकीय गन्तव्य बनाएर प्रवद्र्धन गरिएको छ। तस्बिरः नागरिक
पर्यटकीय सम्भावना बोकेका कतिपय स्थानीय तहले ती पूर्वाधारलाई उपयोग गरेर आम्दानी पनि गरेका छन्। स्थानीय तहले मात्र नभई त्यहाँका बासिन्दाको आयस्तर पनि पर्यटकीय गतिविधिका कारण बढेको छ। 




तर, कतिपयले स्थानीय तहले भने भएका गन्तव्य र पूर्वाधारलाई सही रुपमा उपयोग गर्न नजान्दा पर्यटनबाट हुने आम्दानी गुमाएका छन्। स्थानीयले तहले आम्दानी त गुमाएको छ नै गाउँलेको पनि आयस्रोत गुमेको छ। पर्यटन नजान्दा आम्दानी गुमाउने निकाय र गाउँले पर्याप्त छन्।

आफ्नै क्षेत्रमा रहेका पर्यटकीय प्रडक्ट चिन्न नजान्दा स्थानीय तह र गाउँलेले गुमाएको आम्दानीबारे झकझक्याउने गरि पर्यटन बोर्डले स्थानीय तहसँग छलफल सुरु गरेको छ। पालिकास्तरीय पर्यटन रणनीति बनाउने बारे बोर्डले गण्डकी प्रदेशभित्रका पर्यटकीय सम्भावना बोकेका स्थानीय तहका पदाधिकारीसँग छलफल थालेको हो। पालिकाका पर्यटकीय स्थलको ब्राण्डिङ गर्नका लागि यो छलफलले सघाउने बोर्डको भनाई छ।

पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहलगानीमा संचालित जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) मार्फत अहिले विभिन्न स्थानीय तहमा पर्यटन क्षेत्रमा काम भइरहेको छ। तिनै स्थानीय तहलाई त्यहाँका पर्यटकीय प्रडक्टको ब्राण्डिङ गर्ने तरिकाबारे सिकाउने गरि पोखरामा भेला गराएको परियोजनाकी राष्ट्रिय संयोजक श्रद्धा श्रेष्ठले बताइन।

उनका अनुसार पर्यटकीय पूर्वाधार भएर पनि उपयोग गर्न नजानेका स्थानीय तहलाई भविष्यमा पर्यटन क्षेत्रमा सक्रिय बनाउने प्रयास गरिएको हो। ‘पर्यटकीय गन्तव्य पनि स्थानीय तहमा छन्। त्यहाँका कतिपय प्रडक्ट पर्यटकीय दृष्टिले राम्रा पनि छन्,’ उनले भनिन, ‘तर, त्यसको उपयोग गर्न नजान्दा त्यहाँका बासिन्दाले लाभ पाउन सकेका छैनन् भने स्थानीय तहले पनि आम्दानी गुमाएका छन्।’

आफ्ना पूर्वाधारको महत्त्व नबुझ्दा र भएका प्रडक्टको पनि ब्राण्डिङ गर्न नजान्दा कतिपय गन्तव्य पछाडि परेको श्रेष्ठले बताइन। ‘देशैभरका करिब एकसय स्थानीय तहसँग अहिले यो परियोजनामार्फत काम भइरहेको छ। पूर्वाधारमा लगानी पनि भएको छ। गाउँलेमा पर्यटनको चेतना पनि बढेको छ,’ उनले भनिन्।

उनका अनुसार यो परियोजनामार्फत देशैभरका पर्यटकीय गन्तव्यमा झन्डै ४५ करोड रुपैयाँ खर्च हुँदै छ। २०२१ को जनवरीमा सुरु भएको यो परियोजना २०२४ को जुलाईमा सकिँदै छ। यो परियोजनामार्फत विभिन्न स्थानीय तहमा पूर्वाधार बनाउने, स्थानीय श्रोतलाई दक्ष बनाउने, पदमार्ग, पुलपुलेसा निर्माण गर्ने, सूचना बोर्ड राख्ने, शौचालय बनाउने लगायतका काम भएका छन्। 

स्थानीय तहसँगको ५०–५० प्रतिशत रकममा बोर्डले यो परियोजनामार्फत गाउँ गाउँमा लगानी गरेको उनले बताइन।

‘आफ्नै गाउँको पूर्वाधार र गन्तव्यको ब्राण्डिङ गर्न नजानेर पछाडि परेका स्थानीय तह र त्यहाँका बासिन्दालाई पर्यटनको महत्त्व र लाभ पाउने तरिका सिकाइएको छ,’ उनले भनिन, ‘यस्तै सिकाईकै आधारमा कमजोर पूर्वाधार र गन्तव्यले पनि पहिचान कमाएका छन्। अब्बल भनिएका गन्तव्य पनि ओझेलमा परेका थिए। तर अब भने ओझेलमा परेका तिनै गन्तव्य भविष्यमा कमाउन सक्षम हुनेछन।’ 

छलफलमा सहभागी स्याङ्जाको आँधिखोला गाउँपालिका–१ का अध्यक्ष पवनकाजी अधिकारी लम्जुङदेखि धवलागिरी हिमाल देखिने माझुभञ्ज्याङलाई अहिले पर्यटकीय गन्तव्यको रुपमा विकास गरेकै कारण त्यहाँका बासिन्दाको आम्दानी बढेको बताउँछन्। 

‘लहरै हिमाल देखिने गाउँको गन्तव्य थियो। हिजोका दिनसम्म त्यहाँ कुनै पूर्वाधार थिएनन्। तर, अहिले त्यही ठाउँलाई पर्यटकीय गन्तव्य बनायौ, त्यसको लाभ अहिले सिंगो गाउँले पाएको छ,’ उनले भने, ‘अहिले दिनमा कम्तीमा २ सय जना आन्तरिक पर्यटक गाउँमा पुगेका छन्।’

चर्चित होमस्टे सिरुवारी प्रवेश मार्गमा पर्ने गाउँमा कोसेलीघर बनाएर गाउँको उत्पादन त्यही कोसेली घरमार्फत बिक्री गर्न पाउँदा गाउँलेले लाभ पाएको उनले बताए। उनका अनुसार परियोजना र गाउँपालिकामार्फत गाउँमा ८६ लाख रुपैयाँ खर्चेर पर्यटकीय पूर्वाधार बनाइएको छ। 

‘हिजोका दिनसम्म कुनै पहिचान नपाएको माझुभञ्ज्याङ अहिले जिल्लाभित्रका चर्चितमध्येको पर्यटकीय गन्तव्य बनेको छ,’ अधिकारीले भने, ‘माल पाएर पनि चाल नपाएको अनुभूति बल्ल अहिले भएको छ। भञ्ज्याङको महत्त्व नचिन्दा नाँगो डाँडामै सीमित थियो, तर, अहिले घुम्ने ठाउँ बन्यो।’

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले पनि कतिपय गन्तव्य पूर्वाधार अभावमा ओझेलमा परेको बताउँछन्। उनका अनुसार म्याग्दीको अन्नपूर्ण गाउँपालिका आफैमा पर्यटकीय गन्तव्य हो। तर, पूर्वाधार अभावमा म्याग्दी हुँदै पुग्न सकिने अन्नपूर्ण आधार शिविर (एबिसी)मा अहिलेसम्म म्याग्दीखण्डमा कुनै पनि पूर्वाधार बन्न सकेका छैनन्। 

कास्की खण्डमा अन्नपूर्ण गाउँपालिकाले पहिचान दिलाउँदै एबिसीको कास्कीखण्डमा पर्यटकको ओइरो लाग्दा म्याग्दीखण्डमा भने सुनसान रहेको उनले बताए।

‘बल्ल हामीले म्याग्दी खण्डको एबिसीमा पूर्वाधार बनाउने आँट गर्दै छौँ। कास्कीले अहिलेसम्म त्यही एबिसीलाई देखाएर धेरै कमायो, तर म्याग्दीले गुमाएको गुमायै छ। अब म्याग्दीले पनि कमाउने आँट गर्दैछ,’ उनले भने, ‘हामीले आफ्नै क्षेत्रभित्रको गन्तव्य चिन्न सकेका रहेनछौं भन्ने बल्ल अनुभव भएको छ।’

पर्यटन विभागका निर्देशक राकेश गुरुङले विभागले चालु आर्थिक वर्षमा सञ्चालन भएका योजना र प्रदेशका विभिन्न पालिकामा गरिरहेका कार्य तथा स्थानीय निकायसँगको सहकार्यका बारेका जानकारी दिएका थिए। गुरुङले भने, ‘कुनैपनि पर्यटकीय गन्तव्य अरुले बनाइदिन्छन् भनेर नबस्नुस, स्थानीय तह र त्यहाँका बासिन्दाको आफ्नै पहलले गन्तव्य बन्ने हुन। कुनैपनि पर्यटकीय गन्तव्यलाई ब्राण्डिङ गर्न आफै जागरूक हुनुपर्ने उनले बताए।

उनले गाउँपालिकाभित्रको कुनै एउटा गन्तव्यलाई रोजेर पर्यटकीय दृष्टिले विकास गर्ने हो भने सबैले लाभ पाउने सुझाए। ‘मेरो र तेरो गाउँ भनेर भन्न थालियो भने गन्तव्य नबन्न सक्छ। त्यसैले गाउँपालिकाभित्रको कुनै एउटा गन्तव्यलाई रोजेर पूर्वाधार बनाइयो भने त्यसले सिंगो गाउँपालिकाका बासिन्दालाई लाभ दिन्छ,’ उनले भने, ‘गन्तव्य बनाउनेदेखि ब्राण्डिङ, प्रचारप्रसारका लागि आफै तात्ने हो। ठुलै आकारको बजेट आवश्यक परे सङ्घीय र प्रदेश सरकार गुहारौँ। नत्र सानातिना काम आफैले गरौँ। सबै स्थानीय तहले कम्तीमा एउटा पर्यटकीय गन्तव्य बनाउन सक्ने हो भने त्यसको लाभ समग्र बासिन्दाले पाउँछन्।’ 
अर्को समाचार
पर्यटकीय सम्भावनाको बागलुङको निसेलढोर अन्धकारमा
०६ पौष २०७९
•
४ मिनेट पाठ
पर्यटकीय सम्भावनाको बागलुङको निसेलढोर अन्धकारमा
ढोरपाटन जिल्ला सदरमुकाम बागलुङ बजारबाट सबैभन्दा टाढाको गाउँ हो निसेलढोर। यहाँका स्थानीयवासीको वेषभूषा, रीतिरिवाज र जीवनशैली बिलकुलै फरक छ। बागलुङकै सबैभन्दा दुर्गम मानिने यो ठाउँले पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ।




नेपालकै एक मात्र ढोरपाटन सिकार आरक्ष पनि यही पर्छ। पशुपालन, कृषि, पर्यटन र जडीबुटीका उत्पादनका लागि निसेलढोर अगाडि रहे पनि विकासमा भने वर्षौदेखि पछाडि परेको छ। यहाँका नागरिकले अहिलेसम्म पनि न्यूनतम विकासको अनुभूति गर्न पाएका छैनन्। केही समयअघि मोटरबाटोले निसेलढोर जोडिए पनि अहिलेसम्म विद्युत, स्वास्थ्य र गुणस्तरीय शिक्षा पुग्न सकेको छैन।

यहाँका अधिकांश स्थानीय टुकीकै भरमा रात बिताउँछन्। जिल्लाको निसीखोला गाउँपालिका-५ मा पर्ने निसेलढोरबाट गाउँपालिकाको केन्द्रमा पुग्नै झन्डै एक दिन लाग्छ। गाउँपालिकादेखि सिधा सडक सञ्जालले नजोडिएको हुँदा यहाँ पुग्न ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजार हुँदै जानुपर्छ।

एक दशक पहिलेसम्म यहाँका स्थानीय जाडोयाममा बेंसी (निसीगाउँ) र गर्मी याममा लेक (निसेलढोर) गर्ने गर्थे। अहिले सिजन अनुसार बसाइँसराइ गर्न छाडेर स्थायी रूपमै स्थानीय यहाँ बस्ने गर्छन्। यहाँ करिब ६० घरपरिवार स्थायी रूपमा बसोबास गर्ने गर्छन्। वर्षातको समयमा करिब चार सय बढी परिवार यहाँ बस्ने स्थानीय वीरबहादुर विकले बताए। उनका अनुसार यो सिजनमा पनि निसेलढोरमा २५ घरपरिवार बस्दै आएका छन्।

चिसो बढेपछि अधिकांश मंसिर पहिलो साता नै निसीगाउँमा झरिसकेका छन्। उनीहरू अब असार लागेपछि मात्रै ढोर उक्लिने छन्। हिउँदमा बेंसी र बर्खामा लेकमा बस्नु निसीखोला-५ वासीको परम्पराजस्तै हो। उनीहरूले सयौंको संख्यामा पशुचौपाया पाल्ने हुँदा लेकबेसी गर्नुपरेको हो। अहिले चिसोले दैनिकी कष्टकर बन्दै गएको विकले बताए।

‘अहिले बिहान र बेलुका बाहिर गएर काम गर्न सकिन्न, चिसो धेरै बढेको छ, बिजुली अहिलेसम्म आएको छैन, दाउरा, दियालो बालेर रात बिताउँछौं, यो ठाउँमा बिजुली बलेको हेर्ने ठूलो धोको छ। तर,आउला जस्तो लाग्दैन’, विकले भने, ‘पहिले मोटरबाटो थिएन, अहिले गाडी नहिंडे पनि बाटो पुगेको छ।’

निसेलढोरमा विद्युत् पुर्‍याउन सरोकारवाला निकायलाई बारम्बार आग्रह गरे पनि सुनुवाइ हुन नसकेको स्थानीयको गुनासो छ। विकले भने, ‘बेंसी झर्दा सरोकारवाला निकायलाई धेरै पटक भन्यौं निसेलढोरमा बिजुली चाहियो भनेर तर वास्ता  गरिएन, अन्धाकारमा छौं हामी, सरकारले हाम्रो समस्या नसुन्दा दुःख लाग्छ।’

स्थानीय मनिराम घर्ती मगरले निसेलढोरमा आन्तरिक पर्यटक पुग्ने गरेको भन्दै विद्युतको सुविधा नहुँदा बास नबसी फकर्ने गरेको बताउँछन्। उनले यस ठाउँ पर्यटकको रोजाइमा परेको सुनाउँदै विद्युतको पहुँच पुगेको भए यहाँका नागरिकको जीवनस्तर फेरिन धेरै समय नलाग्ने बताए।

घर्ती मगरले भने, ‘निसेलढोर बागलुङकै सबैभन्दा सुन्दर ठाउँ हो, यहाँको मुख्य समस्या अहिले विद्युतको छ, विद्युत् नहुँदा सयौं स्थानीय अन्धकारमा बस्न बाध्य छन्, पर्यटकहरू आए पनि एकरात नबसी फर्कन्छन्, विद्युत् भएको भए उनीहरूलाई एकदुई दिन यहाँ राख्न सकिन्थ्यो, त्यसबाट स्थानीयवासीले केही रकम आम्दानी गर्न सक्थे।’

केही वर्षअघि यहाँ मोटरबाटो पुगेपछि स्थानीयवासीलाई यहाँ उत्पादन भएका स्याउ, सिमी, भाँगो र अन्य उत्पादित वस्तु बजारसम्म पुर्‍याउन सहज भएको छ। विगतदेखि नै ओझेलमा पर्दै आएको यो ठाउँले अहिलेसम्म मुहार फेरिन नसकेको गुनासो पोखे।

‘यहाँका स्थानीयवासीको अहिलेको आवश्यकता स्वास्थ्य र विद्युत् हो, विद्युत् नहुँदा रेडियो, लाइट र मोबाइल चार्ज गर्न कि उत्तरगङ्गा जानुपर्छ, कि निसीगाउँमै पुग्नुपर्छ’, उनले भने, ‘कोही बिरामी पर्‍यो भने त झन् बुर्तिबाङ पुर्‍याउनुपर्छ, यहाँबाट बुर्तिबाङ पुग्न एक दिन पूरै लाग्छ, भनेको बेला गाडी पाइँदैन, दुर्गममा छौं, हाम्रो दुःख कसैले बुझ्न सकेको छैन।’

निसेलढोर क्षेत्रमा कुँडे, मस, झुल लगायतका आधा दर्जन बढी गाउँ पर्छन्। यी कुनै पनि गाउँमा विद्युतको पहुँच छैन। निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले भौगोलिक हिसाबले दुर्गममा हुँदा विकासमा पछाडि परेको बताए। उनले गाउँपालिकाले यहाँका स्थानीयवासीका समस्या समाधानका लागि दीर्घकालीन योजना बनाएको बताए।

अहिले यहाँ ५ कक्षासम्म पढाइ हुने गरेको भन्दै विद्यालय भवन व्यवस्थित बनाउने र अहिलेसम्म स्वास्थ्य संस्था नभएको हुँदा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गर्ने गरी बजेट विनियोजन गरिएको छ। स्वास्थ्य एकाइ स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख रुपैयाँ विनियोजन गरेको गौतमको भनाइ छ। विद्युत् विस्तारका लागि पनि गाउँपालिकाले सम्बन्धित निकायसँग माग गरेको उनले बताए। रासस
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
घोप्टेभिरको सडक खुल्यो, तुइनखोलामा दिउँसो बन्द हुन
गत मङ्सिर ५ गतेदेखि आजसम्म दिउँसो सवारी आवागमन रोकेर पहिरो व्यवस्थापन तथा सडक सुरक्षित बनाउने काम गरिएको थियो। पहरो काट्ने, जोखिमयुक्त भाग हटाउने तथा...
Whatsapp
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस