सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदकालागि आवेदन माग गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आज सूचना निकालेर प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन माग गरेको हो।
मन्त्रालयले एक साता भित्र इच्छुक व्यक्तिलाई दरखास्त पेश गर्न भनेको छ।
मन्त्रालयले जारी गरेको सूचना अनुसार दरखास्त पेश गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको, मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव प्राप्त गरेको। तर, सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी, दसौँ तह वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव भएका व्यक्तिलाई आवेदन दिन भनिएको छ।
सूचना प्रविधिको क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई सरकारले सम्मान गरेको छ। सातौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सात वटा विधामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि (आईसिटी) अवार्ड प्रदान गरेको हो।
राप्ती इन्जिनियरिङ कलेजका अध्यक्ष शैलेन्द्र गिरी नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२४बाट सम्मानित भएका छन्। नेसनल आइसिटी एक्सेलेन्स अवार्ड २०२४ (वुमन)बाट एनसेलकी चिफ टेक्नोलोजी अफिसर लेना केशरी कंसाकार, नेसनल आइसिटी नवप्रवद्र्धन अवार्ड वान पोइन्ट कम्पनीलाई प्रदान गरिएको छ।
कम्पनीले एपिआई म्यानेजमेन्ट एकीकृत सिस्टम विकास गरी बैंक तथा वित्तीय क्षेत्रलाई कारोबारमा सहज बनाएका छ। यसैगरी, नेसनल आइसिटी अवार्ड पब्लिक सेक्टरबाट सामाजिक सुरक्षाकोषले, नेसनल आइसिटी अवार्ड प्राइभेट सेक्टरबाट डाटा हबलाई प्रदान गरिएको छ । डेटा हब डेटा सेन्टर स्थापना गरी साना तथा ठूला कम्पनीलाई डेटा सेन्टर सेवा प्रदान गर्दै आएको कम्पनी हो। निजीक्षेत्रको पहिलो डेटा सेन्टरको रूपमा सन् २०११ मा स्थापित डेटा हबको बुटवलमा डिजास्टर रिकभरी साइट रहेको छ।
यसैगरी आइसिटी नेसनल आइसिटी अवार्ड प्रादेशिक पुरस्कार डाइनामिक टेक्नोसफ्ट, सूचना प्रविधि सेवा निर्यात गरी नेपालमा सबैभन्दा बढी विदेशी मुद्रा भित्र्याउने कम्पनीको रूपमा स्प्राउट टेक्नोलोजिज सर्भिसेस (क्लाउड फ्याक्ट्री) पनि सम्मानित भएको छ। सबभन्दा बढी कर तिर्ने आइसिटी कम्पनीको रूपमा नेपाल टेलिकम, मोनाल टेकलाई नेसनल आइसिटी स्टार्टअप अवार्ड प्रदान गरिएको छ।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...