विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्षको करिब ६० प्रतिशत मात्रै राजस्व असुली गरेको छ। विराटनगर भन्सार कार्यालयको तथ्याङ्क अनुसार पुस मसान्त सम्ममा विराटनगर भन्सार कार्यालयले लक्षको ५९.३७ प्रतिशत मात्रै राजस्व असुली गरेको देखिएको छ।
विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा २५ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ राजस्व असुलीको लक्ष पाएकोमा १५ अर्ब ४५ लाख रुपैयाँ मात्रै असुली गरेको छ। विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको कुनै पनि महिना लक्ष अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन। विराटनगर भन्सार कार्यालयले पुस महिनामा ५५.५७ प्रतिशत राजस्व असुली गरेको छ। पुस महिनाका लागि ४ अर्ब २८ करोड ४२ लाख रुपैयाँ राजस्व असुलीको लक्ष पाएको विराटनगर भन्सारले २ अर्ब ३८ करोड ५ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। मंसिर महिनाका लागि ४ अर्ब २५ करोड ११ लाख रुपैयाँ लक्ष तोकिएकोमा विराटनगर भन्सार कार्यालयले २ अर्ब ४५ करोड ३ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको छ। जुन लक्षको ५७.६४ प्रतिशत मात्रै हो।
कात्तिक महिनामा विराटनगर भन्सार कार्यालयलाई ४ अर्ब २२ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष तोकिएकोमा १ अर्ब ९१ करोड ३२ लाख रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको छ। जुन लक्षको ४७.८१ प्रतिशत हो। असोज महिनामा विराटनगर भन्सारले ४ अर्ब ८४ करोड ७७ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष राखेकोमा २ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको थियो। जुन लक्षको ६०.१४ प्रतिशत हो। भदौ महिनाका लागि ४ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ राजस्व असुलीको लक्ष तोकिएकोमा २ अर्ब ५३ करोड १९ लाख रुपैयाँ मात्रै राजस्व असुली गरेको थियो। जुन लक्षको ५६.८१ प्रतिशत हो।
साउन महिनामा भने विराटनगर भन्सार कार्यालयले लक्षको ८१ .५७ प्रतिशत राजस्व असुली गरेको थियो। साउन महिनाका लागि विराटनगर भन्सार कार्यालयलाई ३ अर्ब ४९ करोड ७६ लाख रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ८५ करोड २९ लाख रुपैयाँ मात्रै असुली गरेको थियो। आन्तरिक बजारमा माग घटेका कारण विराटनगर नाकाबाट हुने अन्तर्राष्ट्रिय व्यापार प्रभावित भएपछि भन्सारको राजस्व लक्ष अनुसार हुन नसकेको हो। विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष ५० अर्ब ८१ करोड ४३ लाख रुपैयाँ राजस्व असुलीको लक्ष पाएको छ। चालु आर्थिक वर्षको छ महिनाको असुली हेर्दा लक्ष पुरा हुने अवस्था देखिएको छैन। छ महिनामा विराटनगर भन्सार कार्यालयले कुल राजस्व लक्षको २९.६१ प्रतिशत मात्रै राजस्व असुली गरेको देखिएको छ।