वेदनारायण गच्छदार, प्रमुख, दुहवी नगरपालिकापहिलोपटक मेयर हुँदा २०७४ मा एउटा नीति–विधान तयार गरी काम गर्नुपर्ने अवस्था थियो। त्यसका लागि कानुनहरू निर्माण गर्ने एउटा पाटो छँदै थियो, त्यो सकियो। त्यसैगरी, स्थानीय तहको सन्दर्भमा कुनै पनि विकासका पूर्वाधारहरू दूरगामी लक्ष्यलाई लिएर पालिकाको बृहत्तर र समष्टिगत विकासका सन्दर्भमा कुनै किसिमको त्यस्तो योजना थिएन।
योजनाबद्ध रूपमा अगाडि बढ्नका लागि पहिलो दायित्व आइयुडिपी इन्टिग्रेटेड अर्गन डेभलपमेन्ट प्लान अथवा कम्प्रिहेन्सिभ टाउन डेभलपमेन्ट प्लान बनाउनु आवश्यक थियो।
जुन हामीले २०७४ र २०७५ मा निर्माण गरेर सोहीअनुसार नगरपालिकाको विकासका पूर्वाधार शिक्षा, खेलकुद, स्वास्थ्य, हाटबजार, सुकुम्वासीहरूको व्यवस्थापन, बाटो–निर्माण, कृषि तथा पशुविकास क्षेत्रको विकासका लागि पूर्वाधार तथा स्रोत साधनहरू जुटाउने सन्दर्भमा प्लानिङ गरेर अगाडि बढ्यौं।
शिक्षातर्फ नै २०७६ सालबाट नगरप्रमुख छात्रवृत्ति कार्यक्रमअन्र्तगत प्राविधिक धारको शिक्षामा प्रोत्साहन गर्न ३ वर्षे कोर्समा प्रति विद्यार्थी १ लाख ८५ हजार प्रदान गरेर पढाई रहेको छ।
अहिलेसम्म १८ जना पढ्दै छन्। यस्तै, प्राविधिक सिप सिक्नका लागि १० महिनाको तालिम पूरा गर्न प्रतिविद्यार्थी ८४ हजार खर्च हुन्छ। यो तीन वर्षदेखि हामीले सहयोग गरेर विद्यार्थी पढिरहेका छन्।
सकुम्बासीहरूलाई उचित व्यवस्थापनको लागि वडा नं ११ मा २ बिघा क्षेत्रफलमा ८० वटा घर निर्माण गरी हस्तान्तरण गरेका छौं। सडक बाटोको हकमा ३० किलो मिटरभन्दा बढी हामीले पिचबाटो निर्माण गरिसकेका छौं।
मेरो पहिलो कार्यकालमा यहाँका १२ वटा वडामध्येमा ६ वटा वडाको आफ्नै भवन थिएन। यसपालि हामीले ती भवनहरू पनि निर्माण गर्नका लागि ठेक्का लागिसकेको छ।
२०७४ सालबाट नै विभिन्न कार्यक्रमहरू रोजगारीसँग जोडेर हामीले चलाएका थियौं तर त्यति प्रभावकारी रूपमा सञ्चालन हुन सकेको थिएन। २०७७ बाट हामीले व्यावसायिकतातिर युवालाई कसरी लिएर जाने, सिपसहितको दक्ष जनशक्तिको रूपमा रूपान्तरण गर्ने भनेर लघुउद्यम कार्यक्रम सञ्चालन गर् यौं।
विगत ४ वर्षदेखि मैले जनतासँग नगरप्रमुख कार्यक्रमअन्तर्गत विपन्न नागरिकले पाँच सय रूपैयाँ मात्रै तिर्ने गरी बाँकी ३ हजार रूपैयाँ नगरपालिकाले तिरेर सबैको स्वास्थ्य बिमा गराउने अभियानमा छौं।
‘योजनाअनुसार विकास गर्न सकिएको छैन’
केदार भण्डारी, प्रमुख, इनरुवा नगरपालिकाहामी निर्वाचित भएर आएपछि गरिब, दलित, विपन्नको मृत्यु हुँदा काजकिरियाको समस्या भयो भने त्यस्तो अवस्थामा हामीले खर्च दिने गरेका छौं। एकपटक मृत्युभएको बेलामा १० हजार रुपैयाँ दिने गरेका छौं। दलित, गरिब, विपन्न परिवारको २० लाख बराबरको स्वास्थ्य बिमा गर्ने गरेका छौं।
त्यसैगरी गरिब, दलितका बालबच्चाहरू एसइई पास गरेपछि उच्च शिक्षा पढ्न आर्थिक कारणले समस्या भएमा शुल्क तिरिदिने व्यवस्था गरेका छौं। हामीले विशेष फोकस चाँहि नेपाल सरकारले तोकेका सबै औषधीहरू हाम्रो स्वास्थ्य केन्द्रहरूमा वितरण गर्ने प्रक्रिया छ। गरिब, दलितको मृत्यु हुँदा घाटसम्म लान समस्या भएमा हामीले घाटसम्म लाने व्यवस्था गरेका छौं।
शिक्षामा हामीले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका छौं। बर्खाका बेला घुँडाघुँडासम्म विद्यालयमा पानी हुने गरेको अवस्थामा अहिले त्यसलाई मर्मत गरेका छौं। ३० वटा सरकारी विद्यालयमध्ये १४ वटामा माटो पुरी सकेका छौं।
सबै विद्यालयको भवन चुहिने, शौचालय नहुने, खानेपानीको समस्या हुने, कम्पाउन्ड नहुने र केही विद्यालयहरूमा त विद्युत् जडानसम्म थिएन। ती काममा पनि क्रमशः सुधार गर्दै लगेका छौं।
इनरुवाका गौरवका विषय दुर्गा मन्दिरमा ५० लाख रुपैयाँ दिएको छौं। त्यो निमार्ण सम्पन्न हुने चरणमा छ। अर्को शिव मन्दिरलाई पनि ५० लाख रुपैयाँ दिएका छौं। त्यो पनि सम्पन्न हुन लागेको छ। इनरुवा वडा नं ३ मा दलित मुसहर बस्ती आउजाउ गर्न झुलुंगे पुल निर्माण गरेका छौं। जुनजुन वडामा कार्यालय छैन, ती वडा कार्यालय निर्माण हुँदै छ।
हामी निर्वाचित भएर आएपछि बाटाघाटा बनाउनेमा इनरुवाको एउटा साह्रै अफ्ठ्यारो बाटो दुहवी नगर रोडसँग जोडिएर टेम्पो स्टेनबाट अस्पतालसम्म जाने बाटो निर्माण भइसकेको छ।
इनरुवा–२ को पण्डित टोलको बाटो निर्माण सम्पन्न भइसकेको छ। ढलहरू बन्दै छन्। चाँदबेला जुन इनरुवा नगरपालिका–७ जमुहाबाट वडा कार्यालय जाने बाटो ठेक्का लागेर निर्माणको क्रममा छ। इनरुवा बजारबाट सरकारी वकिल कार्यालय हँुदै हाइवेसम्म जाने बाटो पिच भइसकेको छ। जिल्ला प्रहरी कार्यालयपछाडिको भागको बाटो पिच भइसकेको छ।
प्रतिशतको हिसाबले भन्दा अहिले २५ प्रतिशत हाराहारी बाचा पूरा भएको अवस्था छ। त्यसको कार्ययोजना सुरुभएको छ। म आफू पनि त्यति धेरै सन्तुष्ट छैन, किनभने आर्थिक मन्दीका कारण नगरमा भएको बजेटका कारणले जे सोच्यो, त्यही गर्न सकिँदैन।
जस्तो अघिल्लो आर्थिक वर्षमा हामीले गरिब, दलित, विपन्न परिवारका छोरीहरूले एसइई उत्तीर्ण गरिसकेपछि सबैलाई उच्च शिक्षा अध्ययन गर्न सजिलो होस् भनेर साइकल वितरण गर्यौं। आगामी आर्थिक वर्षमा पनि बाँड्ने चाहना छ। तर पनि बजेटको अभावले गर्दा समस्या छ।
‘कृषिमा परिवर्तन गरेर देखाइदिनेछु’
बेचनप्रसाद मेहता, अध्यक्ष, देवानगन्ज गाउँपालिकाअहिलेसम्ममा बाटोघाटो, विद्युतीकरण, खानेपानी, शिक्षा, स्वास्थ्यलगायतमा हामीले कामलाई अगाडि बढाएका छौं। विद्युतीकरणमा २३ करोडको योजना सञ्चालनमा छ। जसमध्ये १० करोडको लगभग काम सम्पन्न हुने अवस्थामा छ। १३ करोड विद्युतीकरणको योजनाका लागि टेन्डर हुने अवस्थामा छ।
हामीले स्वास्थ्यतर्फ १० वेडको हस्पिटलको काम लगभग अन्तिम चरणमा छ। किसानलाई बोरिङ पनि दिने व्यवस्था मिलाउने सोचमा छौं। कृषि क्षेत्रमा हामी नयाँ प्रविधिबाट गहुँ खेती गर्न कृषि औजारका लागि डेमोस्ट्रेसनको कार्यक्रम राखेका थियौं। आगामी बजेटमा प्रत्येक वडामा कमसेकम एउटा मेसिन दिने सोच छ।
हाम्रो देवानगन्ज गाउँपालिकामा ६ वटा खानेपानी कार्यक्रम सञ्चालनमा छ। खानेपानी योजनाका लागि खानेपानी तथा सिँचाइमन्त्री महेन्द्र यादवको पहलमा एसियाली विकास बैंकबाट प्रतिनिधि पठाएर अनुगमन भई सकेको छ। अब बाटो घाटोको कुरा गर्दा गत वर्ष त काम धेरै भएको छ। बाटो कालोपत्र हुने क्रम बढिरहेको छ।
‘संघीय सरकार र प्रदेश सरकारले निकै माया गरेका छन्’
रमेश कार्की, प्रमुख, बराह क्षेत्र नगरपालिकाशपथ ग्रहणपश्चात् नै मैले स्वास्थ्य, शिक्षा र कृषिमा नवीन कार्य गर्नुपर्छ भन्ने अठोट लिएर अघि बढें। बराह क्षेत्र नगरले जेष्ठ नागरिकलाई घरदैलो सेवा कार्यक्रमको सुरुवात ग¥यौं। त्यस्तै महिला शिक्षक सुत्केरी हुने अवस्थामा सट्टा शिक्षकको भर्ना गरेर शिक्षालाई निरन्तरता दिने काम हामीले गर् यौं।
बराह क्षेत्रमा धार्मिक पर्यटनलाई जोडेर नौलो कामको सुरुवात हामीले गरेका छौं। इतिहासमा नै पहिलो पटक हामीले सबैभन्दा बढी रकम तीन करोड रूपैयाँ पालिकामा भित्र्याउन सफल भएका छौं। धार्मिक पर्यटनलाई सबल र सक्षम बनाउनुपर्छ भन्ने मूल मर्मलाई आत्मसाथ गरेर चतराधामका लागि मात्रै एक करोड बजेट भित्र्याएका छौं।
कार्यकालको प्रथम वर्षमा नै बराह क्षेत्र नगरपालिकामा सहरी सडक भित्र्याउने काम पनि हामीले गरेका छौं, जो निर्वाचित भएर आएपछि हामीले गरेको राम्रो काम मध्येमा पर्छ। हामीले विकासको काम नभएर जनअपेक्षा अनुरूपका दिगो विकासका योजनालाई अघि सारेका छौं।
बराह क्षेत्रको विकासका लागि संघीय सरकार र प्रदेश सरकारले निकै माया गरेको छ। बराह क्षेत्रको विकासका लागि संघीय सांसद तथा पूर्व मन्त्री ज्ञानेन्द्रबहादुर कार्की अहोरात्र लाग्नुभएको छ।
‘रोजगारीका लागि उद्योग स्थापनाको पहल गरिरहेका छौं’
जिबछकुमार राय, अध्यक्ष, बर्जु गाउँपालिकाम निर्वाचित भएर आएपछि पालिकामा तथ्यांकहरूको व्यवस्थित र अध्यावधिक अभिलेखीकरणको पहलमा जुटें। त्यसअघि वितरण भएका कृषिजन्य औजार तथा सामग्री, खानेपानीका पाइप, चापा कल, मोटरलगायतका सामग्रीको अभिलेखीकरण भएको पाइन, जसलाई मैले सुधार गरें।
यसअघिको बर्जु सरकारले सडक र शिक्षाको क्षेत्रमा ठोस काम गर्न सकेन, वर्तमान सरकारले सडक कालोपत्रे तथा मर्मत, विभिन्न निकायसँगको सहकार्यमा सामुदायिक विद्यालयहरूको भौतिक संरचना निर्माण, वडा कार्यालयहरूमा घेराबाराको काम सम्पन्न गरेको छ।
यसरी नै क्रमाङ्गत रूपमा जनअपेक्षा अनुरूप वडा तथा गाउँ गौरवका ठुला योजनाहरूलाई प्राथमिकतामा राखेर अगाडि बढिरहेका छौं।
बर्जु, विराटनगर महानगरको छिमेकी पालिका भए पनि यहाँ रोजगारको अवसर न्यून छ। बेरोजगारी यहाँको मुख्य चुनौती हो। हामीसँग रोजगारी सिर्जनाका लागि ठुला उद्योग छैनन्। ठुला उद्योगका रूपमा इस्टर्न सुगर मिल्स मात्रै छ, जो पर्याप्त छैन।
यहाँको जटिल समस्याका रूपमा रहेको बरोजगारीलाई कम गर्न बर्जुमा ठुला उद्योगहरूको स्थापनाका लागि पहल गरिरहेका छौं। उद्योगलाई जोड दिँदा कृषिको प्रवर्धनको कुरा उठ्न सक्छ तर यहाँ थोरै संख्यामा जमिन भएका किसान छन्। कृषि उत्पादनबाट बर्जुमा सम्पन्नताको सम्भावना निकै कम छ।
त्यस्तै हामीले पर्यटन क्षेत्रको विकासलाई विशेष जोड दिएर अघि बढेका छौं। हामीसँग प्रचुर सम्भावना बोकेको पर्यटकीय गन्तव्यका रूपमा नेपालकै तराई क्षेत्रको सबैभन्दा ठुलो ताल ‘बर्जु ताल’ छ। यसको प्रवर्धनका लागि प्रदेश सरकारबाट बजेट प्राप्त भएसँगै काम अघि बढाउने तरखरमा छौं।
‘शिक्षा सुधारमा लागेको छु’
अजमल अख्तर मियाँ, अध्यक्ष, भोक्राहा नरसिंह गाउँपालिका२०७९ चुनाव आइसकेपछि त्यो वर्ष भनेको चुनावी वर्ष थियो। ठोस कामको कुरा गर्दा गाउँपालिकाको प्रशासनिक भवन बन्यो। कृषि र पशुमा दुईवटा भवन बनाएका छौं। हामीले पालिकालाई बत्तीमय बनाएका छौं।
स्वास्थ्य बिमा अवधारणा लिएर त्यसलाई हामीले लागु गराएका छौं। किसानहरूका लागि विभिन्न प्याकेजका कार्यक्रमहरू ल्यायौं। शिक्षा सुधारमा हामीले सम्पूर्ण विद्यालयलाई विज्ञ ल्याएर अनुगमन गराएर प्रतिवेदन तयार गरी सुधारका अभियान सञ्चालन गरिरहेका छौं।
२०८०-८१ को बजेट कार्यान्वयनको सवालमा केही दिनअघि मात्र सार्वजनिक सुनुवाइ गरियो। अहिलेसम्म २०–२१ प्रतिशत बजेट कार्यान्वयन गरिसकेका छौं। बढीभन्दा बढी यसपल्ट टेन्डर प्रक्रियामा बाटोघाटो, पुलपुलेसा, किसानका लागि डिप बोरिङ, मोटर वितरणजस्ता कार्यक्रमहरू हामीले ल्याएका छौं।
‘२०८४ सम्ममा हरिनगरमा आमूल परिवर्तन हुनेछ’
गफार अन्सारी मियाँ, अध्यक्ष, हरिनगर गाउँपालिका२०७४ सालमा जब संविधान सभाको चुनाव भएपछि संघीयता भयो। अनि पहिलो संघीयताको पहिलो गाउँपालिकाको अध्यक्षमा म निर्वाचित भएँ। त्यसपछि मैले सबैभन्दा पहिला बाटो बनाउने सोच बनाएँ।
मैले एकैपटक सातवटा बाटोको डिपिआर गरें। जुन ३२ किलोमिटर पर्छ। सबै वडालाई जोड्ने बाटो निर्माणका लागि टेन्डर प्रक्रियाबाट अगाडि बढाएँ। ती बाटाहरू अहिले पूरा भइसकेको छ। त्यो बाटो पूरा भइसकेपछि त्यसमा पुलहरूको आवश्यकता प¥यो र त्यसमा नौवटा पुल स्थापना गरिएको छ।
अब दोस्रो कार्यकाल २०७९ मा निर्वाचित भएपछि हामीसँग प्रशासनिक भवन थिएन। हामीले प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छ। दुई वटा स्कुल, दुई वटा वडा कार्यालय र प्रशासनिक भवनका लागि एक बिघा तीन कट्ठा जग्गा चन्दा दाताबाट प्राप्त गरिसकिएको छ।
प्रशासनिक भवनको पहिलो तल्ला ढलान भइसकेको छ। शिक्षामा अहिले नयाँ विद्यालयका भवनहरू थप्नेछौं। स्वास्थ्यको लागि २४सै घण्टा सेवा दिन हामीले व्यवस्थापन गरेका छौं। दुई जना एमबिबिएस डाक्टरहरू राखेर बिरामीलाई सेवा दिइराखेका छौं। अहिले हामीले अबको किसानहरूका लागि मेसिन औजारहरू व्यवस्थापन गरेका छौं ।
‘कृषिमा आधुनिकीकरण गर्ने योजना छ’
आशनारायण चौधरी, अध्यक्ष, गढी नगरपालिकावास्तवमा हामीले डेढ वर्षभित्र निर्वाचनमा प्रतिबद्धता व्यक्त गरेअनुसारका धेरै कामहरू गर्न बाँकी छन्। त्यसमा थोरै कामहरू गर्न हामी सफल भएका छौं। यो अवधिमा केही बाटा घाटाका कामहरू भएका छन्।
केही शिक्षाका कामहरू भएका छन, केही पर्यटन, केही स्वास्थ्य र कृषि सम्बन्धी कामहरू गर्न पाएका छौं। हामी आएपछि धेरै कामहरू गर्ने बाचा पनि गरेका थियौं। तर देशको परिस्थितिले गर्दा हामीलाई आर्थिक समस्या भएको छ।
पहिलो वर्ष पालिकाले संघीयबाट पाउने हाम्रो जुन स्रोतहरू थिए, त्यसमा लगभग २५ प्रतिशत पहिलो वर्ष नै कटौती हुन पुग्यो। दोस्रो वर्षमा राजस्व बाँडफाँडबाट प्राप्त हुने रकममा कटौती भएर सिलिङ नै आएपछि हामीले अब सोचेजस्तो बजेट पनि निर्धारण गर्न सकेनौं।
अर्को हाम्रो आन्तरिक आम्दानीको स्रोत भनेको गढी गाउँपालिका एउटा ग्रामीण गाउँपालिका भएकाले एकदमै न्यून भएको अवस्था भएकाले सोचेजस्तो काम गर्न सकिरहेका छैनौं।
अहिलेसम्म हामीले गरेका कामहरू हेर्दा ग्राभेलका कामहरू त गरि नै राखेका छौं। पालिकाको स्रोतले ७–८ किलोमिटर जति बाटो पिच पनि गरेका छौं। गढी धार्मिक वनलाई पर्ययटकको क्षेत्रमा विकास गर्ने सोच छ भने गढी खेल मैदानलाई भविष्यका लागि एउटा व्यवस्थित रंगशालाको पूर्वाधारको रूपमा तयारी गर्ने लक्ष्य लिएका छौं।
‘रामधुनी मन्दिरलाई प्राथमिकतामा राखेका छौं’
शंकरलाल चौधरी, प्रमुख, रामधुनी नगरपालिकाहाम्रो रामधुनी नगरपालिकाको मुख्य चाहिँ पर्यटन पूर्वाधार नै हो। हामीले पर्यटन पूर्वाधारलाई नै विशेष फोकस गरेर अघि बढेका छौं। हामीसँग शङ्करबेली, जुडी ताल, प्रेम ताल, राशा ताल एवम् अन्य थुप्रै तालहरू छन्।
यी पर्यटकीय क्षेत्रको सुन्दरता बढाउन मन्दिर निर्माणमा सबैभन्दा बढी जोड दिएका छौं। पूर्वाधारतर्फ हामी निर्वाचित भइसकेपछि भादगाउँ सिनुवारी बहुमुखी क्याम्पसका निर्माणका काम एकदमै दु्रत गतिमा अगाडि बढेको छ।
नौवटै वडामा कालोपत्रे सुरु भएको छ। चालु आर्थिक वर्षमै शङ्करबेली तालमा एक करोड ३० लाख खर्चिंदै छ। रामधुनी मन्दिरमा यो वर्ष एक करोड खर्च हुँदैछ। रामधुनीमा जनकपुरी मोडलमा मण्डप तयारी हुन लागेको छ। रामधुनीका गाईगोठलाई आधुनिकीकरण गरिनेछ। त्यहाँभित्र धर्मशाला बन्ने छ। धर्मशाला तीन तलाको हुनेछ।
हामीसँग सरकारी विद्यालय २६ वटा र एउटा मुस्लिमसहितको गरेर २७ वटा छन्। अहिले डेढ वर्ष बित्दा २२ वटासम्म विद्यालय अनुगमन गरिसकेको छु। अब बाँकी विद्यालय पनि पुगेर तिनीहरूको अवस्थाबारे जानकारी लिनेछु। अहिलेसम्म म ३२ वटा सहकारी पुगेको छु।
गण्डकी प्रदेशमा पर्यटन क्षेत्रले मात्र ७५ हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको अनुमान गरिएको छ। कोरोना भाइरस संक्रमणले गर्दा अघिल्ला केहीवर्ष पर्यटन क्षेत्रमा काम गर्नेको संख्यामा कमी आएपनि अहिले पुन पहिलेकै आकारमा रोजगारी सिर्जना भईसकेको अध्ययनकर्ताको भनाई छ।
पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाका अनुसार सबैभन्दा बढी रोजगारी होटल र रेस्टुरेन्टले सिर्जना गरेका छन। प्रत्यक्ष रोजगारीको करिब ७० प्रतिशत हिस्सा होटल र रेस्टुरेन्ट क्षेत्रले लिएको सापकोटाको भनाई छ। उनका अनुसार प्रदेशमा सरकारी निकायमा दर्ता भएका टुरिस्ट स्ट्याण्डर्ड होटलको संख्या सातसय छन। ती बाहेक सरकारी निकायमा दर्ता नगरि संचालन भएका होटल पनि धेरै छन।
पोखरा भित्रै र आसपासका पर्यटकीय गन्तव्यमा सरकारी निकायमा दर्ता नभई संचालित होटल रहेको उनले बताए। त्यस्तै रेस्टुरेन्ट पनि दर्ता नभई संचालनमा छन। ‘दर्ता नभई संचालनमा रहेका होटल र रेस्टुरेन्टमा कार्यरत कामदारको संख्या यकिन छैन। तर, त्यो संख्या पनि ठूलै छ,’ सापकोटाले भने। सापकोटा कोरोना संक्रमणले थलिएको पर्यटन क्षेत्रको अध्ययन गर्न गण्डकी प्रदेश सरकारले बनाएको कार्यदलका एक सदस्य हुन्। सापकोटा सहितको टोलीले प्रदेशको पर्यटन क्षेत्रको अवस्थाबारे अध्ययन गरेको थियो।
‘हामीले पर्यटन क्षेत्रको रोजगारीबारि सम्बन्धित निकायसँग सोधेरै तथ्यांक निकालेका हौ,’ उनले भने। उनका अनुसार होटल र रेस्टुरेन्ट पछि पदयात्रा क्षेत्रमा कार्यरत मजदूरको संख्या बढी छ। रोजगारीको करिब १५ प्रतिशत हिस्सा पदयात्रा क्षेत्रले समेट्ने उनले बताए। किनकी त्यस क्षेत्रमा पदयात्रामा जाने पर्यटकका लागि गाइड र पोर्टरको रुपमा ठूलो संख्यामा रोजगारी गर्ने कामदार रहन्छन। पदयात्रा पछि टुर एण्ड ट्राभल क्षेत्रमा पनि कामदारको हिस्सा धेरै नै रहेको उनले बताए।
‘७५ हजार प्रत्यक्ष रोजगारी पाउनेको संख्या हो। अप्रत्यक्ष रोजगारी पाउनेको संख्या पनि बढी नै छ। तर, त्यो बाहिर आउँदैन, अनुमान गर्दा पनि ठूलै संख्या हुन्छ,’ उनले भने, ‘होटल क्षेत्रमा सबैभन्दा बढी कामदार छन। किनकी एउटै होटलमा एकसय हाराहारीमा कोठा हुन्छन। त्यहाँ पाहुनाको आउजाउ पनि उत्तिकै बढी हुँदा कामदार पनि बढी हुन्छन।’
गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा मात्र करिब १० हजार ६ सय व्यावसाय संलग्न छन्। करिब सातसय पर्यटकीयस्तरका होटल गण्डकी प्रदेशमा छन्। ती होटलमा झन्डै ४० हजार बेडसंख्या रहेको पनि उनले बताए। त्यस्तै पर्यटकस्तरीय रेस्टुरेन्टको संख्या १ सय ५० छ। ४ सय ७१ वटा ट्राभल एजेन्सी, २ सय २८ वटा ट्रेकिङ एजेन्सी, ६५ वटा प्याराग्लाइडिङ कम्पनि, ३ वटा अल्ट्रालाइट कम्पनि रहेका छन्। हट एयर बेलुन ३ वटा छन। त्यसैगरि टे«किङ इक्यूपमेन्टका पसल १ सय १५ वटा छन्। ८७ वटा पर्यटकस्तरीय बस पनि संचालनमा छन।
प्रदेशमा ३ सय ४१ होमस्टे, मनि चेन्जर ४२, र्याफ्टिङ एजेन्सी १२, डुंगा ५ सय २, गार्मेन्टका पसल ७५ वटा पनि संचालनमा छन्। ६३ वटा स्पा, टुरिष्ट बुक सपको संख्या १५ छ। त्यसैगरि ट्याक्सी, केवलकार, जीपलाइन, बञ्जीजम्प लगायतका पर्यटकीय पूर्वाधार पनि पोखरामा छन्। पर्यटनसँँग आवद्ध करिब ८ हजार साना तथा मझौला व्यावसाय पनि प्रदेशमा छन्।
गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा मात्र करिब सात खर्ब रुपैयाँ लगानी रहेको पनि उनले बताए। त्यसमा पनि सबैभन्दा ठूलो लगानी होटल क्षेत्रमा रहेको छ। किनकी होटलमा ठूला आकारका पूर्वाधार बनाउँदा व्यावसायीले लगानी गरेका छन। त्यसपछि यातायात क्षेत्रमा पनि उत्तिकै लगानी रहेको पनि उनले बताए।
‘पर्यटन क्षेत्रले झन्डै ७५ हजार जनालाई गण्डकी प्रदेशभित्र रोजगारी दिलाएको छ। पर्यटन हुँदैनथ्यो भने यो आकारको रोजगारी सिर्जना हुने थिएन,’ सापकोटाले भने, ‘कोरोनाले गर्दा केही व्यावसायी र मजदुर बिस्थापित भएपनि धेरैलाई पर्यटन क्षेत्रले जोगाएको छ।’
सापकोटाका अनुसार कोरोनाले गर्दा पर्यटन क्षेत्रका करिब ३० प्रतिशत कामदार बिस्थापित भएका थिए। तर ,ती मध्ये अहिलेसम्म केही पर्यटन क्षेत्रमै फर्किसकेका छन। बिस्तापित भएको ठाउँमा नयाँ कामदारको पनि प्रवेश भएको छ। ‘पर्यटन क्षेत्रले करिब पुरानो आकार लिएको छ। त्यो अनुसार रोजगारीको अवस्था पनि पहिलेकै अवस्थामा फर्केको छ,’ उनले भने।
सापकोटाका अनुसार गण्डकी प्रदेशको आम्दानीमा पर्यटन क्षेत्रको हिस्सा करिब ७ प्रतिशत रहेको अनुमान छ। ‘पर्यटन क्षेत्र सुस्ताउँदो हो त यो सबै अवस्था आउने थिएन। सिंगो प्रदेशको आम्दानी देखि रोजगारी सिर्जनासम्म पर्यटन क्षेत्रले सघाएको छ,’ उनले भने, ‘प्रत्यक्ष रोजगारी त रह्यो नै यसमा निर्भर हुनेको संख्या पनि पनि निकै नै ठूलो हुनेछ।’
पोखरा पर्यटन परिषद् (पिटिसी)का पूर्व अध्यक्ष गोपि भट्टराई पर्यटन क्षेत्रले पर्याप्त रोजगारी सिर्जना गरेपनि अझै पनि अपुग रहेको बताउँछन। ‘पर्यटन क्षेत्रले प्रत्यक्ष भन्दा अझ बढी अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ। पर्यटन क्षेत्रमा अझै पनि जनशक्ति अपुग छ,’ उनले भने, ‘भएको जनशक्तिलाई जोगाउने हैसियत पर्यटन क्षेत्रले राख्न सकेन । लामो समय काम सिकाएर रिटर्न लिने बेलामा कामदार काम छाडेर बिदेश जाने गरेका छन।’
पर्यटनको जनशक्ति उत्पादनमा केही निकाय सत्रिय पनि छन। तर, ती निकायले उत्पादन गरेको जनशक्ति स्वदेशमा अडिन नचाहँदा समस्या परेको उनले बताए। ‘हामीले विदेशीन चाहने कामदारलाई स्वदेशमा रोक्न सक्ने अवस्था छैन। लामो समय काम गर्ने सोचाई नै अहिलेको जनशक्तिमा छैन। जसोतसो काम चलेको मात्र छ,’ उनले भने, ‘दक्ष जनशक्ति अभावमा एकअर्कामा तानातानको अवस्था देखिएको छ। नयाँ र दक्ष जनशक्ति भित्रिनै सकेन। विदेशमा काम सिकेर फर्केर पर्यटनमा लागेका युवापुस्ता नयाँ जनशक्ति नपाउँदा खिन्न छन।’
परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ पनि पर्यटन क्षेत्रले ठूलो संख्यामा रोजगार सिर्जना गरेको बताउँछन। ‘पर्यटन क्षेत्रले धेरैलाई काम त दिएको छ नै उनीहरुको परिवारलाई माम पनि दिएको छ,’उनले भने, ‘खेतबारिमा काम गर्नेदेखि पशुपालन गर्नेसम्मका किसानले पनि पर्यटनबाट आम्दानी गरेका छन। पर्यटन क्षेत्र नहुँदो हो त अझै धेरै युवा विदेश पलायन भईसक्थे । केही हदसम्म युवालाई स्वदेशमै रोक्न पर्यटन क्षेत्रले सघाएको छ।’
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...