लयमा फर्कियो गोरखा दरबारको पर्यटन
१८ माघ २०८०
•
५ मिनेट पाठ
लयमा फर्कियो गोरखा दरबारको पर्यटन
विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुनःनिर्माण भएपछि पूर्ववत् स्वरुपमा फर्किएको छ। पुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा दैनिक आउने पर्यटकको संख्या बाक्लै देखिन्छ।




भूकम्पका कारण क्षतिग्रस्त दरबार र मन्दिरपरिसरका अन्य संरचना सबैको पुनःनिर्माण लगभग सकिएको मन्दिरका मूल पुरोहित एवं सूचना अधिकारी शारदाप्रसाद भट्टराईले जानकारी दिए।

दरबार क्षेत्रस्थित गोरखानाथ मन्दिर, श्रीविद्या मन्दिर, दमाइँपाटी वरपरका पशुपति मन्दिर, गुह्येश्वरी मन्दिर, विद्या मन्दिर, पृथ्वीपति शाहको पालामा बनेको चौघेरा दरबार, शीतलपाटी, गोरखनाथका नगर्चीले नगरा बजाउने दमाइँपाटी आदि पुनःनिर्माण भइसकेका छन्। बडादसैँमा पुरोहितलाई वरणी ‘निम्ता’ दिने पण्डितपाटी, गेटजस्ता केही काम मात्रै बाँकी रहेको जानकारी दिँदै उनले ९९ प्रतिशत काम सम्पन्न भएको बताए।

झन्डै पाँच सयभन्दा बढी हेक्टर क्षेत्रफलमा फैलिएको गोरखा दरबार क्षेत्रका सांस्कृतिक एवं ऐतिहासिक संरचना भूकम्पका कारण क्षतिग्रस्त भएका थिए। क्षतिग्रस्त अवस्थामा समेत गोरखा दरबार क्षेत्र र गोरखकाली मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र पर्यटकको सङ्ख्या नघटेको बताउँदै मूल पुरोहित भट्टराईले गोरखकाली मन्दिरको दर्शन गरेमा मनोकांक्षा पूरा हुने विश्वासका कारण यसको महिमा र गरिमा चुलिएको बताए।

दैनिक पूजाआजा हुने मन्दिरमा विशेषतः बडादसैँ र चैतेदसैँमा भव्य पूजा गरिन्छ। नेपाल एकीकरणको गौरवशाली इतिहासको सुरुआत गोरखा दरबारबाटै भएका कारण पनि देशका विभिन्न स्थानबाट यसको अवलोकन गर्न पर्यटक आउने गरेका छन्। गोरखकाली मन्दिरप्रतिको आस्था र नेपालको गरिमामय इतिहासको सुरुआत भएको ठाउँका रूपमा यसको पर्यटकीय आकर्षण बढेको भट्टराईको भनाइ छ।

मन्दिर परिसरमा नै रहेका विसं १६१६ अघिका तोप तथा नगराले यहाँको ऐतिहासिकतालाई थप उजागर गरेका छन्। पृथ्वीनारायण शाहकालीन इतिहासलाई पछिल्लो पुस्तासम्म पुर्‍याउने उद्देश्यका साथ गोरखा दरबार र परिसरमा तत्कालीन समयमा सैनिकले लगाउने गरेका  पोशाक र हातहतियारसहित सुरक्षाकर्मी खटाइएको छ।

चिटिक्क कालो दौरा सुरुवालमा सजिएका सुरक्षाकर्मी, कम्मरमा खुकुरी, टाउकोमा चाँदतोडा, हातमा भरुवा बन्दुकसहित सजिएका सुरक्षाकर्मीलाई आउने पर्यटकसँग फोटो खिचाउन भ्याइनभ्याइ हुन्छ। उक्त दरबारमा आफूसहित नौजना सुरक्षाकर्मी पालैपालो परम्परागत पोशाकमा खटिने गरेको सिपाही रामशरण ढकालले बताए।

‘बिहानदेखि बेलुकासम्म ठूलै संख्यामा आउने पर्यटकले फोटो र हामीसँग सेल्फी खिचाएर जाने गरेका छन्’, उनले भने, ‘यो पोसाक पृथ्वीनारायण शाहकालीन इतिहासको चिनारी हो।’ तत्कालीन समयको पोसाकसहितका सुरक्षाकर्मी राखेका कारण यहाँ आउने पर्यटकलाई नेपाल एकीकरणको इतिहासबारे जानकारी लिन र त्यसको केही मात्रामा भने पनि अनुभूति गर्न अझै सहज हुने विश्वास लिइएको छ।

यहाँस्थित गोरखनाथ मन्दिरमा भक्तजनलाई ‘ताई रोट’ (घिउमा पकाइने एक प्रकारको रोटी) प्रसादस्वरुप वितरण गरिने गोरखनाथ मन्दिरमा बस्दै आएका सन्त खिमनाथ योगीले जानकारी दिए। भक्तजनको उपस्थितिअनुसार दैनिक १५ मुरी चामलसम्मको रोट पकाएर प्रसादस्वरुप वितरण गर्ने गरिएको उनले बताए।

परापूर्वकालमा शाह वंशका राजपरिवारले गुरु गोरखनाथलाई सवा लाख रोट चढाउने परम्परा रहिआएको थियो। गोरखाका तत्कालीन राजा राम शाहका पालामा विसं १६८६ मा बनेको ऐतिहासिक गोरखा दरबार भूकम्पले ध्वस्त भएको थियो।

करिब चार सय वर्ष पुरानो दरबार भूकम्पले क्षतिग्रस्त भएपछि जगदेखि नै पुनःनिर्माण गरिएको हो। पुरातात्विक महत्वको दरबारको इतिहास, गरिमा र महत्वलाई दृष्टिगत गरी यसको प्राचीन स्वरूप र आकर्षणलाई कायम राख्दै पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको हो।

मन्दिर र दरबारमा आएका पर्यटक तल बजारमा रहेको गोरखा दरबार संग्रहालय हेरेर मात्रै फर्कने गर्दछन्। संग्रहालय भवनको मुख्य प्रवेशद्वारमा सजाइएका सन् १७९२ मा निर्मित दुई तोपलाई हेर्दै भवनमा प्रवेश गर्ने पर्यटकले त्यहाँभित्र राखिएका गोरखाका शाह राजाहरूको परिचयात्मक कक्ष, जन्मकुण्डली कक्ष, हातहतियार कक्ष, पुष्पिका वाक्य कक्ष, धार्मिक तथा आर्थिक कक्ष आदिलाई एकएक गरेर नियाल्छन्।

तत्कालीन गोरखा राज्यको क्षेत्रमा रहेका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिले महत्व राख्ने सामग्रीको खोजी, संकलन, संरक्षण र प्रदर्शन गरी ऐतिहासिकताको चिनारी गराउने उद्देश्यका साथ २०६५ जेठ १९ गते यो संग्रहालय सर्वसाधारणका लागि खुला गरिएको हो।

सुन्दर बगैँचा, बालउद्यान तथा विश्रामस्थल भएको ६८ रोपनी क्षेत्रमा फैलिएको पार्कसहितको संग्रहालयमा गोरखाली राजाहरूको परिचयात्मक कक्ष, तैलचित्र कक्ष, जन्मकुण्डली तथा उपदेश कक्ष, हातहतियार तथा सैन्य कक्ष, ग्रन्थ कक्ष आदि रहेका छन्।

त्यस्तै धार्मिक, समाजिक तथा आर्थिक कक्ष, कलात्मक भाँडावर्तन कक्ष, प्राचीन चैत्य कक्ष, बाजा कक्ष संग्रहालयमा रहेका छन्। संग्रहालयभित्र रहेका दरबारको चोक र दलान, पृथ्वी पार्क, जातजातिको झाँकी आदि यहाँका थप आकर्षण हुन्।

संग्र्रहालयमा आउने पर्यटकमध्ये विदेशीका लागि रु एक सय, सार्क राष्ट्रका पर्यटकका लागि ५०, नेपाली सर्वसाधारणका लागि २५र विद्यार्थीका लागि १० प्रवेश शुल्क निर्धारण गरिएको कर्मचारी हरि कोइरालाले जानकारी दिए। पछिल्ला समयमा विभिन्न संघसंस्थाले ऐतिहासिक र धार्मिक महत्वको गोरखा दरबार क्षेत्रको अवलोकनलाई आफ्नो भ्रमण तालिकामा समावेश गर्ने गरेका छन्।

पोखरा महानगरपालिका ३२ तल्लो गगनगौडामा क्रियाशील नवीन टोल विकास संस्थाले यही माघको पहिलो हप्ता गोरखाको प्रवर्द्धनात्मक भ्रमण गरेको संस्थाका अध्यक्ष पुुष्पराज पौडेलले जानकारी दिए। नेपालको एकीकरणसँग जोडिएको गोरखा दरबार र सँगैका धार्मिक पर्यटकीय महत्वका स्थलको पर्यटकीय प्रवर्द्धनका लागि संस्थामा आबद्ध ६९ जनाको समूहले गोरखा दरबारसँगै संग्रहालय र लिगलिगकोटसम्मको भ्रमण गरेको उनले बताए।

‘ऐतिहासिक एवं धार्मिक महत्वका यस्ता स्थलहरूको संरक्षणसँगै प्रवर्द्धन गर्न सकेमा पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुर्‍याउँछ’, उनले भने। –रासस
अर्को समाचार
मुख्य सिजनमै पर्यटक आगमन कमजोर
१९ चैत्र २०८१
•
३ मिनेट पाठ
मुख्य सिजनमै पर्यटक आगमन कमजोर
विदेशी पर्यटक भित्रिने मुख्य सिजमै यो पटक नेपालमा हवाई माध्यमबाट भित्रिने विदेशी पर्यटक आगमनमा गिरावट आएको छ। नेपालमा मार्च देखि मे सम्म पर्यटनको मुख्य सिजन मानिन्छ। हिमाल आरोहण र पदयात्राका कारण यो बेला विदेशी पर्यटक नेपाल आउन चाहन्छन्।  




पर्यटन बोर्डका अनुसार यो पटक मार्च महिनामा अघिल्लो मार्चको तुलनामा आगमन खस्केको छ। बोर्डका पोखरास्थित निर्देशक मणिराज लामिछानेका अनुसार यो पटक मार्चमा नेपालमा १ लाख २१ हजार ६ सय ८७ जना विदेशी पर्यटक भित्रिएका छन। अघिल्लो वर्ष (सन् २०२४) को मार्चमा १ लाख २८ हजार १ सय ६७ जना विदेशी पाहुना नेपाल भित्रिएको लामिछानेले बताए।  

‘अघिल्लो वर्षको तुलनामा यो पटक सिजनमै पनि पर्यटक आगमन खस्केको छ,’ लामिछानेले भने, ‘पाहुना भित्रिने एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको संचालन समय कटौती हुँदा त्यसको असर अन्तर्राष्ट्रिय हवाई उडानमा पर्दा आगमन प्रभावित भएको हो।’ उनका अनुसार सन् २०२४ को मार्चको तुलनामा योपटक मार्चमा ५ प्रतिशत हाराहारीमा विदेशी पाहुनाको आगमन खस्केको छ।  

‘अन्तर्राष्ट्रिय विमानस्थल संचालन अवधि कटौती भयो । त्यसले गर्दा हवाई कम्पनिको उडान संख्यामा पनि असर परेको हो। उडान संख्या कटौती भएसँगै हवाई भाडा अधिक भयो,’ उनले भने, ‘नेपालसम्मको हवाई भाडा महंगो परेकै कारणले विदेशी पाहुना आउन सकेनन्, अझै पनि हवाई भाडा महंगो नै छ।’ 
अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल संचालन अवधि १८ घण्टा पुगेको भएपनि तत्कालै हवाई भाडा घट्ने सम्भावना नरहेकोल पाहुना आगमनमा अझै प्रभाव पर्न सक्ने उनले बताए।  

‘महंगो हवाई भाडाले गन्तव्यसम्मको यात्रालाई नै भार बोकायो । त्यसले गर्दा पाहुना आगमनमा कटौती भएको हो। हवाई भाडा अधिक बढेको छ,’ उनले भने। पछिल्लो महिना चिनियाँ पाहुना आगमनमा केही सुधार देखिएपनि भारतीय र अरु मुलुकका पाहुना आगमनमा उत्तिसारो सुधार नभएको उनले बताए। नेपालमा सबैभन्दा बढी विदेशी पाहुना भित्रिएको वर्ष २०१९ को मार्चलाई समेत उछिनेर २०२४ मार्चमा विदेशी पाहुनाको आगमनले नयाँ रेकर्ड कायम गरेको थियो। तर, योपटक आगमन महंगो पर्दा विदेशी पाहुनाको आकार खस्किएको लामिछानेले बताए।  

नेपालमा सन् २०२३ मार्चमा ९९ हजार ४ सय २६ जना विदेशी पाहुना भित्रिएका थिए। त्यो संख्या २०२२ मा ४२ हजार १ सय ५२ थियो। २०२१ को मार्चमा भने १५ हजार २ सय ५४ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। कोरोना भाइरस संक्रमणको प्रभावले गर्दा सन् २०२० मार्चपछि पाहुना आगमनमा प्रभाव पर्न थालेको थियो। २०२० को मार्चमा ४२ हजार ७ सय ७६ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। सन् २०१९ मा नेपालमा १ सय २७ हजार ३ सय ५१ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए।  

पर्यटन व्यावसायी पनि पर्यटक भित्रिने सिजनमा जुन आकार लिनुपर्ने हो, त्यो हुन नसकेको भन्दै चिन्ता जनाउँछन्। पोखरास्थित होटल ल्याण्डमार्कका संचालक ओम पाण्डे भन्छन, ‘६५ प्रतिशत हाराहारीमा अकुपेन्सी छ। यो सिजनमा कम्तिमा ८० प्रतिशत हुनुपर्ने हो। तर, सोचे अनुरुप आगमन हुन सकेन।‘ पछिल्लो समय चिनियाँ सहरमा पोखराले पर्यटन प्रर्वद्धन गरेको र पोखराबाट सिधा हवाई सेवा पनि बिस्तार भएकोले आगमन बढ्नेमा आफुहरु आशावादी रहेको पाण्डेले बताए।  

मार्चमा बढी पर्यटक भित्रिने १० मुलुक  

योपटक मार्चमा अघिल्ला महिनामा जस्तै सबैभन्दा बढी भारतीय पाहुना हवाई माध्यमबाट नेपाल भित्रिएका छन्। मार्चमा २१ हजार ४ सय १२ जना भारतीय पाहुना नेपाल आएका छन्। नेपाल भित्रिएका विदेशी पाहुना मध्ये झन्डै १८ प्रतिशत हिस्सा भारतीय पाहुनाले ओगटेका छन। त्यस्तै दोश्रो नम्बरमा चिनियाँको संख्या रहेको छ। यो मार्चमा नेपालमा ११ हजार ४ सय ४३ जना चिनियाँ (९.४१ प्रतिशत) भित्रिएका थिए।  

तेश्रो नम्बरमा अमेरिकी पाहुनाको संख्या ११ हजार ९२ रहेको छ । त्यस्तै चौथो नम्बरमा श्रीलंकाका ८ हजार ८ सय ८६ जना पाहुना नेपाल भित्रिए। पाँचौ नम्बरमा रहेको बेलायतका ५ हजार ९ सय ९५ जना पाहुना भित्रिएका छन्। छैठौ नम्बरमा थाइल्याण्डका ४ हजार ९ सय ८६ जना र सातौ नम्बरमा जर्मनीका ४ हजार ७ सय ९ जना पाहुना भित्रिएका छन्। आठौ नम्बरमा अस्ट्रेलियाका ४ हजार २ सय २८, नवौं नम्बरमा म्यानमारका ३ हजार ७ सय ५४ जना पाहुना भित्रिएका छन्। दशौं नम्बरमा बंगलादेशका ३ हजार ५ सय ७६ जना पाहुना नेपाल भित्रिएको पनि बोर्डले बताएको छ।  
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस