उखु किसानलाई ८० करोड भुक्तानी
२१ माघ २०८०
•
१ मिनेट पाठ
उखु किसानलाई ८० करोड भुक्तानी
सर्लाहीका दुई चिनी उद्योगले चालू आर्थिक वर्षमा किसानसँग खरिद गरेकाे उखुको मूल्य भुक्तानी गरेका छन्।




गत पुस ६ गतेदेखि उखु क्रसिङ सुरु गरेका सर्लाहीका दुई चिनी उद्योगले हालसम्म ८२ करोड ६२ लाखभन्दा बढी रुपैयाँ उखु किसानको खातामा पठाइसकेका छन्।

सर्लाहीको हरिवनस्थित इन्दु शंकर चिनी उद्योगले किसानसँग उखु खरिद गरेकाे एक हप्ता भित्रै भुक्तानी दिन सुरु गरिसकेको छ। याेसँगै उद्योगका किसानहरु निकै खुसी देखिएका छन्।

उखु उत्पादक महासंघसँग किसानको उखु खरिदकाे ३० देखि ४५ दिन भत्रै भुक्तानी दिने सहमति भएको भए पनि उद्योगले एक हप्तामै भुक्तानी दिन थालेपछि उखु किसान हर्षित भएका हुन्।

इन्द्र शंकर चिनी उद्योगलाई उखु बेच्दै आएका रौतहटको गढीमाई नगरपालिका-२ का अगुवा उखु किसान कामेश्वर सहनीले चिनी मिलले एक हप्तामै उखुको भुक्तानी दिन थालेपछि आफूलाई बल्ल उखु नगदे बालीको रुपमा अनुभूति भएको बताए। उखु किसानले तत्कालै पैसा पाउन थालेपछि चिनी उद्योगप्रति विश्वास बढेको सहनीले बताए।

सरकारले उखुको मूल्य चिनी मिलले ५६५ रुपैयाँ प्रति क्विन्टल तिर्नुपर्ने र सरकारले अनुदानबापत किसानलाई प्रति क्विन्टल ७० रुपैयाँ अनुदान दिने गरी उखुको प्रति क्विन्टल मूल्य ६३५ रुपैयाँ निर्धारण भएको छ। 

उखु किनिरहेका सर्लाहीका दुई चिनी उद्योग इन्दु शंकर चिनी उद्योग तथा गोडैतामा रहेको महालक्ष्मी चिनी उद्योग बगदहले सरकारी मूल्यअनुसार प्रति क्विन्टल ५६५ रुपैयाँ भुक्तानी दिइरहेका छन्।

इन्दु शंकर चिनी उद्योगले हालसम्म ५२ करोड ६२ लाख र महालक्ष्मी चिनी उद्योगले करिब ३० करोड गरी दुवै उद्योगले ८२ करोड रुपैयाँ किसानलाई उखुवापत भुक्तानी गरिसकेका छन्।
अर्को समाचार
उखु किसानलाई आठ करोड भुक्तानी बाँकी
०७ माघ २०७७
•
२ मिनेट पाठ
उखु किसानलाई आठ करोड भुक्तानी बाँकी
विभिन्न चार चिनी उद्योगले उखु किसानलाई आठ करोड रुपैयाँ बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेको छ। ६५ करोड रुपैयाँ बक्यौता रकममध्येमा तीन उद्योगले किसानलाई आठ करोड एक लाख रुपैयाँ बाँकी रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।  




सरकार र उखु किसानबीच गत पुस १३ गते भएको सहमति अनुसार २१ दिनभित्र बाँकी रहेको बक्यौता रकम भुक्तानी गर्न सहमति भएको थियो। सहमतिअनुसार २१ दिन सोमबार सकिएपछि अझै तीन चिनी उद्योगीले उक्त रकम भुक्तानी गरेका छैनन्।  

उखु किसान आन्दोलित हुँदा चार चिनी उद्योगको ६५ करोड ३१ लाख रुपैयाँ बक्यौता रकममध्ये हालसम्म ५७ करोड ३० लाख रुपैयाँ रकम भुक्तानी भइसकेको उद्योग सचिव डा वैकुष्ठ अर्यालले जानकारी दिए। उनका अनुसार ३५ करोड रुपैयाँ बक्यौता रकम रहेको श्रीराम सुगर मिलले सबै रकम भुत्तानी गरिसकेको छ भने लुम्बिनी, अन्नपूर्ण र इन्दिराको बाँकी रहेको छ।  

मन्त्रालयको तथ्याङ्कअनुसार १७ करोड रुपैयाँ बक्यौता रकम रहेको अन्नपूर्ण चिनी उद्योगले दश करोड ८८ लाख रुपैयाँ  बक्यौता रकम किसानको खातामा जम्मा गरिसकेको छ। मिललको बैंक खातामा एक करोड ७६ लाख रुपैयाँ जम्मा भए पनि उक्त रकम उखु किसानको खातामा जम्मा भएको छैन। किसानलाई भुक्तानी दिएको र खातामा रहेको रकम १२ करोड ६४ लाख रुपैयाँ भुक्तानी गरे पनि अझै उक्त मिलले चार करोड ३६ लाख रुपैयाँ बक्यौता रकम भुक्तानी बाँकी रहेको छ।  

यसैगरी चार करोड ७० लाख रुपैयाँ बक्यौता रकम रहेको इन्दिरा सुगर मिलको खातामा एक करोड ५० लाख रुपैयाँ जम्मा भएको देखिए पनि भुक्तानी शुरु गरेको छैन। लुम्बिनी सुगर मिलले आठ करोड ४१ लाख रुपैयाँ बक्यौता रकम मध्येमा हालसम्म पाँच करोड १६ लाख रुपैयाँ बक्यौता रकम किसानलाई भुक्तानी गरिसकेको छ। उक्त मिलको खातामा रहेको तीन करोड रुपैयाँ रकम रोक्का राखिएको छ।  

अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक एकै व्यक्ति रहेका छन्। यसअघि नै उक्त उद्योगले जग्गा बेचेर भए पनि किसानको बक्यौता रकम भुक्तानी गर्ने जानकारी दिइसकेको जनाइएको छ। रासस
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस