पर्यटकको आकर्षण आदिवासी संस्कृति
२५ माघ २०८०
•
४ मिनेट पाठ
पर्यटकको आकर्षण आदिवासी संस्कृति
विगत १० वर्षदेखि ठमेलको गोकर्ण हाउस रेष्टुरेन्टमा आउने पाहुनाले मौलिक नेपाली खानासँगै विभिन्न सांस्कृतिक कार्यक्रम हेरेर आनन्द लिइरहेका छन्। रेष्टुरेन्टले विदेशी तथा स्वदेशी पाहुनालाई नेपाली खानाका परिकारसँगै मौलिक संस्कृति झल्किने परम्परागत नृत्यहरू प्रस्तुत गर्दै आएको छ।




रेष्टुरेन्टका प्रबन्ध सञ्चालक राजु पाण्डेले होटल तथा रेष्टुरेन्टहरूमा देखाइने सांस्कृतिक नृत्यहरूले पर्यटकलाई मनोरञ्जन मात्र नभई हाम्रा मौलिक कला र संस्कृतिलाई अन्तर्राष्ट्रियकरण गर्न समेत सहयोग गरिरहेको बताए।

‘नाच्ने गाउने कुराहरू मनोरञ्जनमा मात्र सीमित छैनन्, यसले नेपाली कला र संस्कृतिको जर्गेना गर्दै अन्तर्राष्ट्रियकरण गर्न पनि मदत पुगिरहेको छ’, पाण्डे भन्छन्, ‘विदेशी पर्यटक टुर र ट्रेकमा गएका बेला हेरे/देखेका भेषभूषा तथा जीवनशैलीलाई नृत्यमार्फत देखाउँदा उनीहरूले नेपाली संस्कृतिलाई महसुस गर्दै आत्मसात गर्न उत्सुक हुन्छन्।’
पाण्डेका अनुसार यस्ता सांस्कृतिक कार्यक्रमले पर्यटकलाई मनोरञ्जनबाहेक उनीहरू घुम्न जादाँ गाइडले भन्न छुटाएका अनेक सांस्कृतिक पक्षसमेत उजागर गरिदिन्छ। ‘मौलिकपन झल्कने नृत्य तथा गीतहरू व्यापार भन्दा पनि अभियान हुन्। यसले नेपालीको भेषभूषा, रहनसहन, कला, संस्कृति, जीवन र जगत्को व्याख्या गर्छ’, पाण्डे भन्छन्, ‘यस्ता मौलिक नेपाली गतिविधि कला र संस्कृति जगेर्ना र तिनको प्रबद्र्धन गर्नका निम्ति बढी समर्पित हुन्छन्।’

एक दशकदेखि गोकर्ण हाउस रेष्टुरेन्टले तामाङ, मगर, नेवार, मयुर, शेर्पा, गुरूङ, राई, क्षेत्री, थारु आदि समुदायका नृत्य पाहुनाहरू सामु प्रस्तुत गर्दै आएको छ। साथै रेष्टुरेन्टले अन्य सांगितक कार्यक्रमहरू पनि गर्दै आएको छ।

यससँगै संलग्न कलाकारहरूले रोजगारी पनि पाइरहेका हुन्छन्। रेष्टुरेन्टका प्रबन्ध सञ्चालक पाण्डेका अनुसार हाल गोकर्ण हाउसमा कार्यरत सांस्कृतिक समूहका १० जना कलाकारले पूर्ण रूपमा रोजगारी पाइरहेका छन्।

ठूला होटल र आधुनिक रेष्टुरेन्टहरूमा पछिल्लो समय विदेशी पर्यटकलाई मनोरञ्जन दिन रैथाने नृत्यहरू देखाइँदै आएको छ। लाजिम्पाट उत्तरढोकामा रहेको वेलनेस अर्गानिक रेष्टुरेन्टले पनि सात वर्षदेखि आफ्नो रेष्टुरेन्टमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गर्दै आएको छ।

रेष्टुरेन्ट निरीक्षक यादव गेलालका अनुसार हप्तामा आठ वटा सांस्कृतिक कार्यक्रमहरू पाहुनाले देख्न पाउँछन्।
‘हामीले साझ साढे ६ बाट सांस्कृतिक कार्यक्रम सुरू गरेर ९ बजेतिर समापन गर्ने गरेका छौं’, उनले भने, ‘रेष्टुरेन्टमा शुक्रबार र शनिबार कृष्ण आरती र आइतबारदेखि बिहीबारसम्म शिव ताण्डवबाट सांस्कृतिक कार्यक्रम प्रारम्भ गर्ने गरिएको छ।’

होटल तथा रेष्टुरेन्टले एउटै ठाउँमा हिमाल, पहाड, तराईको मौलिक नृत्य देखाइरहेका छन्। ‘विदेशी पर्यटक नेपाल आउने भनेको यहाँको मौलिक कुराहरू हेर्नका लागि हो’, उनले भने, यहाँ आउने विदेशी पर्यटक हाम्रा मौलिक नृत्यहरू हेरेर रोमान्चित हुने गरेका छन्।’

डिल्लीबजारस्थित परम्परागत शैलीको घरमा सञ्चालित भोजनगृहमा आउने पाहुनालाई पनि यस्तै सांस्कृतिक कार्यक्रम देखाइँदै आएको छ। २५ वर्षदेखि सञ्चालन भइरहेको भोजनगृहमा परम्परागत वाद्यवादनको उपयोग गर्दै देखाइने मौलिक नृत्यले पर्यटकलाई आकर्षित गर्दै आएको छ।

भोजनगृहले साँझमा नेवार, थारु, शेर्पा, तामाङलगायत विभिन्न नेपालको सांस्कृतिक विविधता झल्कने ८/९ प्रकारका नाचहरू प्रस्तुत गर्दै आएको छ। यसले त्यहाँ आएका पाहुनालाई मनोरञ्जन त प्रदान गर्छ नै त्यसबाहेक विविध मौलिक नेपाली कला र संस्कृतिबारे समेत जानकारी प्रदान गर्छ।
भोजनगृहले परम्परागत संरचनाको सम्वर्धनलाई ध्यान दिँदै सांस्कृतिक पक्षलाई पनि जीवन्त तवरले प्रस्तुत गर्दै आएको छ। भोजन गृहमा आएका विदेशी र स्वदेशी सबै पाहुनाहरूले ठेट नेपाली संस्कृतिको अनुभूति गर्न पाउँछन्।

नेपाल नेसनल फाउन्डेसन फर डेभलपमेन्ट अफ इन्डिजिनियस नेसनालिटिजका अनुसार नेपालमा ५९ प्रकारका विभिन्न आदिवासी समूहहरू छन्। मुलुकमा पर्यटकलाई आकर्षित गर्ने यो अर्को बलियो पक्ष हो।

घले गाउँको गुरुङ र मगर समुदायहरूको सांस्कृतिक माहोल, मुस्ताङको शेर्पा जातिको जीवनशैली तथा रहनसहन र तराईका थारू समुदायका भेषभूषा र भाषाशैली नेपाली संस्कतिका अनुपम नमुना हुन्।
यसैगरी पहाडका राई, लिम्बूको जीवनशैली, भेषभूषा र सांस्कृतिक मूल्य मान्यता नियाल्न विदेशी पर्यटक सधैं लालायित देखिन्छन्। यी सबै समुदायका मौलिक संस्कृति, गीत–संगीत र नृत्यले नेपालको पर्यटनक्षेत्रलाई विश्वमाझ चिनाउन महत्वपूर्ण भूमिका निर्वाह  गरेको छ।
अर्को समाचार
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
३२ मिनेट अघि
•
१ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँके, बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 

केही दिनयता प्रेमको दिनचर्या बदलिएको छ। उनी हिजोआज बिहानै ताउमा सिंगाडा टिप्न पुग्ने र दिनभर बिक्री वितरण गर्ने कार्यमा व्यस्त छन्। परम्परागत सिंगाडाखेतीलाई व्यावसायिक रूप दिएर कश्यपले एकै सिजनमा करिब रु चार लाख आम्दानी गर्दै उदाहरणीय किसानको पहिचानसमेत बनाएका छन्।

वार्षिक रु २० हजार तिर्ने गरी गाउँपालिकासँग १५ कट्ठाभन्दा बढी क्षेत्रफलको तलाउ भाडामा लिएर कश्यपले वर्षौंदेखि सिंगाडाखेती गर्दै आएका छन्। अन्य अन्नबालीको तुलनामा कम लगानी र थोरै मिहिनेतमा राम्रो प्रतिफल पाइने भएकाले यस पेसाप्रति आकर्षित भएको प्रेमले बताए।

“अहिले सिंगाडाको सिजन हो, सिजनभर ६० क्विन्टलभन्दा बढी सिंगाडा बिक्री गर्छु,” कश्यपले भने, “प्रतिक्विन्टल रु छ हजारका दरले गाउँबाटै बिक्री भइरहेको छ, व्यापारीहरू खोज्दै गाउँमै आउने भएकाले बजारको कुनै चिन्ता छैन।”

कश्यपका लागि सिंगाडाखेती केवल व्यवसाय मात्र होइन, पुख्र्यौली विरासत पनि हो। बाउबाजेका पालादेखि चल्दै आएको यही पेशाले उनको आठ जनाको परिवारको जीविकोपार्जन धानेको छ।

सिजन सुरु भएसँगै कश्यप परिवारलाई बिहानदेखि साँझसम्म तलाउबाट सिंगाडा टिप्न, सफा गर्न र तौलेर व्यापारीलाई बुझाउन भ्याइनभ्याइ हुन्छ। माग अत्यधिक भएका बेला उहाँले चार–पाँच जना ज्यालादारी मजदुरसमेत लगाएर सिंगाडा टिप्ने गरेका छन्।

असार महिनामा तलाउको पानीमा बीउ रोपेपछि कात्तिक र मङ्सिर महिनामा सिंगाडा टिप्न तयार 

हुन्छ। एकपटक रोपेपछि सिजनभर तीन पटकसम्म फल टिप्न मिल्ने कश्यपको अनुभव छ। “सिंगाडाको बीउ असार महिनातिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिर महिनामा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मिहिनेत र लगानी गर्नुपर्दैन”, कश्यपले भने, “रोपेपछि दुई/तीन पटकसम्म आवश्यकताअनुसार किराबाट जोगाउन विषादी हाल्छौँ, भिटामिन पनि हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ।”

चाडपर्व र मेलामा अत्यधिक माग

बाँकेका विभिन्न तलाउ तथा पोखरीहरूमा सिंगाडाखेती हुने गर्छ। बाह्रै महिना नपाइने भएकाले कात्तिक–मङ्सिरको सिजनमा यसको माग उच्च रहन्छ। विशेषगरी चाडपर्व, व्रत र स्थानीय मेलाहरूमा सिंगाडाको खपत ह्वात्तै बढ्ने गर्छ। व्रत बस्नेहरूले सिंगाडालाई उसिनेर, पिसेर हलुवा बनाई खाने तथा तरकारीका रूपमा समेत प्रयोग गर्ने भएकाले उपभोक्ताको रोजाइमा पर्ने गरेको छ। यस वर्षको कार्तिक पूर्णिमा मेलामा मात्रै ठूलो परिमाणमा सिंगाडा खपत भएको कश्यपले बताए। नेपालगञ्जका खुद्रा व्यापारीहरू ताजा सिंगाडा किन्न सिधै नेवाजीगाउँ पुग्ने गरेका छन्।

उत्पादन र स्थानीय बजार राम्रो भए पनि भारतबाट अवैध रूपमा भित्रिने सिंगाडाले कहिलेकाहीँ स्थानीय किसानलाई मर्कामा पार्ने गरेको छ। भन्सार छली चोरीको बाटो हुँदै भित्रिने भारतीय सिंगाडा नेपालगञ्ज बजारमा सस्तो दरमा बिक्री हुन थालेपछि आफूहरूले पनि बाध्य भएर मूल्य घटाउनुपर्ने अवस्था आउने गरेको कश्यपको गुनासो छ। सीमा नाकामा कडाइ गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सके गाउँकै तलाउबाट अझै बढी आम्दानी गर्न सकिने उनको विश्वास छ।



एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस