बंगलादेशबाट पोखरासम्म उडान गर्न सुझाव
०५ फागुन २०८०
•
२ मिनेट पाठ
बंगलादेशबाट पोखरासम्म उडान गर्न सुझाव
सरकारी तथ्यांक अनुसार हवाई माध्यमबाट मात्र ३० हजार बढी बंगलादेशी पर्यटक सन् २०२३ मा नेपाल भित्रिए। 




२०२४ को पहिलो महिना जनवरीमा मात्र नेपाल भित्रिने बंगलादेशी पर्यटकको संख्या ३ हजार ६ सय २९ थियो। कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्रमा पछिल्लो समय बंगलादेशी पाहुना थपिने क्रममा छन्।

अहिले बंगलादेशबाट काठमाडौंसम्म मात्र सिधा हवाई उडान भइरहेको छ। बंगलादेशलाई पोखरासम्मका सिधा हवाई उडानले जोड्न सके आगामी दिनमा पोखरा भित्रिने बंगलादेशी पाहुनाको आकार बढ्ने व्यवसायीको भनाई छ। 

बंगलादेशबाट पोखरासम्म सिधा हवाई उडान संचालन भएमा आगामी दिनमा पोखरा भित्रिने बंगलादेशी पाहुनाको संख्या बढ्ने भएकोले त्यसका लागि प्रयास थाल्न नेपालस्थित बंगलादेशी राजदूतावासका प्रथम सचिव मोहम्मद हुमायन कविरले सुझाएका छन्।

बंगलादेश–पोखरा हवाई रुटमा सहजीकरण भए ढाका–पोखरा सोझो उडान सम्भव भएको पनि उनले बताए। पोखराका व्यवसायीसँगको छलफलमा उनले भने, ‘अहिले पनि हाम्रो (बंगलादेशी विमान) काठमाडौं–ढाका दैनिक दुईवटा उडान भइरहेको छ, एउटा उडान पोखराबाट नहुने भन्ने छैन। तर, वातावरण सहज हुनुपर्‍यो । हवाई रुटमा पनि सहजीकरण हुनुपर्छ।’

पोखरा उद्योग वाणिज्य सङ्घमा आयोजित छलफलमा कविरले बंगलादेशबाट नेपाल घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको र आगामी दिनमा अझ बढ्ने पनि बताए। तर, त्यसका लागि उडान संख्या थपिन जरुरी रहेको उनको भनाई छ। 

उनले नेपाल र बंगालदेशबीचको पुरानो सम्बन्धको चर्चा गर्दै व्यापार तथा अन्य द्विपक्षीय हितका विषयमा सहकार्य गर्न तयार रहेको बताए।

नेपालको विद्युत् उत्पादन सहितका क्षेत्रमा बंगलादेशले सहकार्य बताउँदै उनले विदेशी लगानीको लागि सजिलो वातावरण हुनुपर्नेमा जोड दिए। 

‘बंगलादेशमा विदेशी लगानी प्रोत्साहित गर्न विशेष सहुलियत दिइएको छ र लगानी बढेको छ,’ उनले थपे। पोखरा उद्योग वाणिज्य संघसँग सहकार्य गर्दै उद्यमशीलता वृद्धिमा सघाउने उनको प्रतिबद्धता थियो।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिले युरोप हुँदै नेपाल आउने स्थल मार्ग (हिप्पी ट्रेल) ले नेपाल र बंगलादेशको पर्यटन उद्योगलाई जोडेको बताउँदै पछिल्लो समय भएको बंगलादेशी पाहुनाको नेपाल भ्रमण सकारात्मक पक्ष भएको बताए।

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखराको पर्यटन प्रवर्द्धनको लागि बंगलादेशमा प्रवर्द्धनात्मक कार्यक्रम गर्न आफुहरुले तयारी थालेको बताए। 

यस्तै पोखरा–ढाका सिधा हवाई उडानको व्यवस्थाको लागि पनि उनले आग्रह गरे। ‘अहिले सिधा हवाई उडानले बंगलादेशलाई काठमाडौंसम्म मात्र जोडेको छ। तर, पोखरालाई पनि हवाई माध्यमबाट जोड्न सके त्यसले पर्यटन प्रवर्द्धनमा ठूलो भूमिका निभाउनेछ,’ श्रेष्ठले भने।  

श्रेष्ठले कोरोना भाइरस संक्रमणबाट थलिएको पर्यटन क्षेत्रमा पछिल्लो समय बंगलादेशी पाहुनाको आगमन बढ्दै जाँदा पर्यटन व्यवसायीले बंगलादेशमा बजारीकरणको योजना बनाएको जानकारी दिए। 

‘पोखराको पर्यटन क्षेत्रले सिधै बंगलादेशमा बजारीकरण गर्ने योजना बनाएको छ। बजारीकरणले पोखरामा थप बंगलादेशी पाहुना भित्र्याउन सहज हुनेछ,’ उनले भने।
अर्को समाचार
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
४० मिनेट अघि
•
१ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
गण्डकी। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बताएका छन्।




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), पर्वत जिल्ला शाखाले आज कुश्मामा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले उक्त कुरा बताएका हुन्।

सिँचाइ, कृषि उद्यम, स्थानीय जलविद्युत् आयोजनामा स्थानीयको हक तथा विपद् व्यवस्थापनलगायतका विषय सम्बोधन गर्न ऊर्जा मन्त्रालयले निरन्तर प्रयत्न गर्ने उनले बताएको रास्वपा जिल्ला अध्यक्ष जालबहादुर पुनले जानकारी दिए। 

राजनीतिक दल र नागरिकको सक्रिय सहभागिताबिना कुनै पनि सरकार सफल नहुने भएकाले देश र जनतालाई केन्द्रमा राखेर काम गर्न मन्त्री श्रेष्ठले पार्टीका कार्यकर्तालाई अनुरोध गरे।
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३७ सेकेन्ड अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
यो पनि पढौँ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस