मिल सञ्चालनमा आएपछि उखु तानातान
१८ फागुन २०८०
•
२ मिनेट पाठ
मिल सञ्चालनमा आएपछि उखु तानातान
सर्लाहीकाे धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग। तस्बिर : नागरिक
सर्लाहीमा रहेका तिनवटै चिनी मिल सञ्चालनमा आएपछि किसानले खेतमा उब्जाएका उखु तानातान भइरहेको छ। सर्लाहीका चिनी उद्योगले किसानको उखु तान्न अनेक उपाय गर्न थालेको पाइएको छ।




सर्लाहीको हरिहवनमा रहेको इन्दुशंकार चिनी उद्योग र बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले पहिलेदेखि नै क्रसिङ गरिरहेको भए पनि धनकौलस्थित अन्नपूर्ण चिनी उद्योग पनि सञ्चालनमा आएपछि किसानलाई उखु बेच्न सजिलो भएको हो।

गत वर्षको तुलनामा केही मात्रामा उखु खेती बढेको र उखुले केही राम्रो मूल्य पाउनुका साथै भुक्तानी पनि समयमै पाइरहेको अवस्थामा तिनवटै चिनी मिल सञ्चालनमा आएपछि किसानलाई उखु बेच्न अझ सजिलो भएको हो।

पहिलेदेखि हरिवन र बगदहमा रहेका चिनी मिलहरु सञ्चालनमा आएका थिए तर केही समय पहिले मात्र धनकौलको चिनी मिल पनि सञ्चालनमा आएको हो।

धनकौलस्थित अन्नपूर्ण चिनी मिलले किसानको भुक्तानी नै दिन आनाकानी गर्ने गरेको तथा कम्तीमा पाँच वर्षदेखिको उखुको रकम भुक्तानी दिन बाँकी रहेको किसानको दाबी रहेको छ।

बाँकी रहेको पुरानो बाँकी पैसाको भुक्तानी नदिँदासम्म उद्योगलाई उखु नदिने भनेका किसानहरुले पनि धनकौल चिनी उद्योगलाई पुनः उखु बेच्न बाध्य भएका छन्। गाउँको नजिकका किसानले उब्जाएको उखु अन्यत्र दिँदा समाजमा नराम्रो प्रभाव जाने भएकाले किसानहरुले बाध्यतावश अन्नपूर्ण चिनी उद्योगलाई उखु बेचेका हुन्।

अन्नपूर्णमा सीमावर्ती भारतीय गाउँको उखु संकलन केन्द्रबाट भारतीय उखु पनि पर्याप्त प्राप्त भइरहेको बताइएको छ। भारतबाट आएको उखुले अन्नपूर्ण चिनी मिल धानिएको आरोप केही मानिसको रहेको छ।

अन्नपूर्ण चिनी उद्योगले पुरानो पैसा बाँकी राखेर अहिले उखु बेच्ने किसानलाई तत्काल भुक्तानी दिने नयाँ रणनीति अपनाएको छ। उद्योगका सञ्चालक रमेश श्रीवास्तवले किसानका पैसा भुक्तानी दिन केही समस्या भएकाले उद्योगको समस्या किसानले बुझेर सहयोग गर्नुपर्ने बताएका छन्।

चिनी उद्योग उखु किसानकै भरमा चल्ने उद्योग भएको र उद्योग सञ्चालनमा रहे किसानले नै फाइदा लिने बताउँदै सञ्चालक श्रीवास्तवले उखु किसानले बुझेर सहयोग गरिरहेको प्रतिक्रिया दिएका छन्।

सर्लाहीमा लगाइएको उखुको करिब साठी प्रतिशत उखु चिनी उद्योगहरुले किनिसकेका छन्। लगातार दुई उद्योगले किसानको उखु किन्दै भुक्तानी गरिरहेको अवस्थामा तेस्रो उद्योग पनि सञ्चालनमा आएपछि सर्लाहीका किसानका उखु छिटै बिक्री हुने सम्भावना बढेको धनकौलका किसान मनोहर यादवले बताएका छन्।
अर्को समाचार
उखु खेतीमा लागे रामपुरका युवा, खुदो उत्पादन बढाउने लक्ष्य
२१ चैत्र २०७९
•
३ मिनेट पाठ
उखु खेतीमा लागे रामपुरका युवा, खुदो उत्पादन बढाउने लक्ष्य
उखु खेतीमा रमाउँदै रामपुरका युवा ।
उखु खेती लोपोन्मुख हुन थालेपछि यहाँका युवाले सामूहिक खेती सुरुआत गरेका छन्। यहाँका १० युवाले जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न थालेका हुन्। रामपुर नगरपालिका वडा नं ५ भम्बकमा करिब १५ रोपनी जग्गा भाडामा लिएर स्थानीय जातको उखुलाई प्रवर्द्धन गर्ने उद्देश्यले उखु खेती सुरु गरेको युवा विष्णुप्रसाद गौतमले बताए।




उनी भन्छन्, ‘पहिला उखुले भरिने बारी अहिले बाँझाे भएका छन्, हिजोआज गाउँमा बसेर बाहिरबाट उखु किनेर खाने अवस्था आयो, उखु खेतीलाई प्रवर्द्धन र संरक्षण गर्न व्यावसायिक खेतीमा युवाहरू लागेका छौँ।’ यहाँ वैदेशिक रोजगारबाट गाउँ फर्केका, विभिन्न पेसा, व्यवसायमा रहेका युवा आबद्ध छन्। 

रामपुरमा बर्सेनि बाहिरबाट खुदोको मात्रा धेरै भित्रिने भएकाले आयात दर घटाएर यहीँको उत्पादनले बजार थेग्ने सोचका साथ व्यावसायिक खेतीको अभियान सुरु गरेको युवा सन्तोष पौडेल बताउँछन्। उनी वैदेशिक रोजगारका क्रममा सिङ्गापुर, थाइल्यान्ड, मलेसिया, इन्डोनेसिया गरी पाँच वर्षसम्म बसेर स्वदेश फर्किएका हुन। 

‘विदेशमा अर्काको अधीनमा रहेर दैनिक १२ देखि १५ घण्टा काम गर्नुपर्ने, अरूको देशमा काम गर्न सहज छैन, आफ्नै देशमा दैनिक एक–दुई घण्टा काम गर्ने हो भने विदेशमा कमाउने धन यहीँ आर्जन गर्न सकिन्छ’, उनले भने। 
काली गण्डकी कोरिडोर सडक खण्ड नजिकै रहेको जग्गामा युवाले सामूहिक खेती सुरु गरेका हुन्। यहाँको बजारमा खपत नभएको अवस्थामा बाहिर लैजानलाई सहज बनाउँदै कोरिडोर आसपासका जग्गा थप गर्दै खेती विस्तार गर्ने सोच रहेको युवा पिताम्बर गौतमले जानकारी दिए। उनी पनि वैदेशिक रोजगारको अनुभवपश्चात् गाउँमै बसेर केही नयाँ कार्य गर्नुपर्छ भन्ने मनसाय बोकेर सामूहिक खेतीमा गाउँका युवासँग हातेमालो गरेर अगाडि बढ्दै छन्। 

सडक सञ्जालसँग जोडिएको हुँदा पनि नारायणघाट, बुटवल, पोखरामा रामपुरको उखु खपत गर्ने युवाको योजना बनेको छ। गाउँका जग्गा सदुपयोग गर्न नसक्दा त्यसै खेर गइरहेका छन्। हिजो हाम्रा बाउ बाजेले उत्पादन गरेका वस्तु अहिले गाउँमा हराउन पुगेको हुँदा आफ्नै उत्पादनमा आत्मनिर्भर बन्न गाउँका युवालाई प्रेरणा दिँदै उखु खेती लगाउने अभियानमा जुटेको सुरज गौतम बताउँछन्। 
रामपुरमा अहिले गुल्मी, तराई क्षेत्रबाट ठुलो परिमाणमा खुदो आयात भइरहेको छ। चिनी, खुदो, गुडजन्य पदार्थ बाहिरबाट धेरै भित्रिन्छ। बाहिरबाट आयातित सामग्रीलाई कम गरी स्थानीय उत्पादनलाई बढवा दिन युवाले गरेको यस कार्यको अन्यले पनि सिको गर्नुपर्नेछ। रामपुरमा मात्रै वार्षिक रूपमा करिब ५० लाख रुपैयाँ बराबरको खुदो भित्रिने गरेको पाइएको छ। अहिलेलाई बीउ उत्पादन गरी क्षेत्र विस्तार गर्ने लक्ष्य रहेको र निकट भविष्यमा यहाँका खाली जग्गामा उखु लगाएर पकेट क्षेत्र बनाउने गरी खेती सुरु गरेको कैलाश लम्सालले बताए। 

हाललाई करिब २ लाख रुपैयाँको लगानी बीउ बिजन, मलजलमा खर्च भएको छ। व्यावसायिक खेती गरेमा उखुको उत्पादनका लागि यो क्षेत्र उपयुक्त रहेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन्। व्यावसायिक खेती गर्न चाहनेलाई नगरपालिकाले पकेट कार्यक्रम सञ्चालन गरेर सहयोग गर्ने शाखा प्रमुख पाण्डेयले बताए। ‘पछिल्लो समय बाहिरबाट खुदो, गुँड, भ्याली आयात भइरहेको अवस्थामा उखुको व्यावसायिक उत्पादन अति आवश्यक रहेको छ’, उनले भने, ‘उखु र उखुबाट उत्पादित विभिन्न वस्तुको माग बजारमा बढ्दो रहेको हुँदा कृषकले व्यावसायिक खेतीबाट मनग्य आम्दानी गर्न सक्नेछन्।’ 
राम्रै मलजल भएको खण्डमा कम्तीमा छदेखि आठ महिनासम्म उत्पादन दिन समय लाग्दछ। वर्षको तीन बाली उत्पादन हुने जग्गामा उखु लगाएर एकै वर्षमा धेरै आयआर्जन गर्न सकिने जनाइएको छ। रासस
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ३ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस