उद्योग सञ्चालनको व्यस्त याममै उखु अभाव
२३ फागुन २०८०
•
३ मिनेट पाठ
उद्योग सञ्चालनको व्यस्त याममै उखु अभाव
फाइल तस्बिर
फागुन चिनी उत्पादनको अति व्यस्त यामको महिना पर्छ तर यसैबेला महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज (बोलीचालीमा एभरेष्ट चिनी उद्योग, चिनी मिल) मा उखुको अभाव भएको छ। उद्योगको उखु पेल्ने र चिनी उत्पादन गर्ने क्षमताअनुसार दैनिक उखु आपूर्ति हुन नसक्दा दिन बिराएर सञ्चालन गर्नु परेको छ।

‘हाम्रो उद्योगले दैनिक ४० हजार क्विन्टल उखु पेल्छ तर केही दिनयता २५ हजार क्विन्टल उखु आइपुग्न पनि हम्मेहम्मे छ’, उद्योगका महाप्रबन्धक सुरेन्द्र शुक्ला भन्छन्, ‘दैनिक पेलान क्षमताअनुसार उखु नभएपछि दिन बिराएर उद्योग चलाउनु परेको छ।’ गत साताको अन्त्यसँगै उखु आउने क्रम स्वात्तै घटेर दैनिक २०/२५ हजार क्विन्टलमा झरेको शुक्लाको भनाइ छ।

‘हामीले गत शुक्रबारदेखि नै दुई दिन बिराएर उखु पेलेर चिनी उत्पादन गर्दछौँ,’ शुक्ला भन्छन्, ‘यसले चिनी उत्पादनको परिमाण घटेसँगै उद्योगले दैनिक लाखौँ घाटा व्यहोर्नु परेको छ।’ उद्योग सञ्चालन नियमित गर्न दैनिक ४० हजार क्विन्टलसँगै थप जगेडामा १० हजार क्विन्टल उखु राखिनुपर्ने उनको भनाइ छ।

यसपालिको याममा गत पुस ४ गते उखु क्रसिङ (पेल्न) थालेको उद्योगले फागुन तेस्रो सातामै ‘नो क्यान’ (उखु अभाव) को अवस्था झेल्नु परेको छ। ‘एकताका मङ्सिरदेखि नै सुरु गरेर झन्डै वैशाखसम्म उद्योग सञ्चालनमा रहन्थ्यो,’ एक दशकअघिको विगत सम्झँदै शुक्ला भन्छन्, ‘अहिले दशतिर मरिहत्ते गरेर लागिपर्दा पनि उद्योगलाई चाहिने उखु पु¥याउन सकिएको छैन।’

उखुको अभावले दुई दिन बिराएर सञ्चालनमा रहेको उद्योगले सरदर १० लाख दैनिक घाटा व्यहोर्नु परेको उद्योग प्रशासनले जनाएको छ। सञ्चालनमा रहेको उद्योगमा एक दिन क्रसिङ रोकिँदा चिनी बन्ने क्रममा रहेको ३० हजार लिटर उखुको रस खेर जाने र स्टिम बनाउने इन्धनमा हानि हुने गरेको शुक्ला बताउँछन्।

‘स्थायी र ज्यालादारीका श्रमिक कामबिना रहँदा लागत ह्वात्तै बढ्छ, यो अवस्था झेल्न उद्योगलाई निकै सकस छ,’ शुक्ला भन्छन्। पछिल्ला केही वर्षयता उखु खेती घट्दै गएर याममा अभाव बढेको उखु उत्पादक किसानसम्बद्ध संस्थाको भनाइ छ।

पछिल्ला चार वर्षयता घट्दै गएको खेती यसपालि थोरै बढे पनि यामभरको आवश्यकता भने अझै अपुग रहेको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहा बताउँछन्।

‘किसानको खेतमै उखु सकिँदैछ, अनि उद्योगमा कसरी पर्याप्त उखु आउँछ,’ कुशवाहा भन्नुहुन्छ, “आउने वर्षको योजना अहिले नै बनाएर उखु खेती बढाउन पहलकदमी नलिए अब बर्सेनि यो अभाव खेप्नुपर्ने दिन आउनेछन्।’ यसका लागि उद्योग र सरकारले किसानलाई विभिन्न अवसरको आकर्षण दिन सक्नुपर्ने कुशवाहाको भनाइ छ।

‘उखु अभाव हुन नदिन त एउटै विकल्प यसको उत्पादन बढाउनु हो,’ कुशवाहा भन्नुहुन्छ, “बर्सेनि उखु क्रसिङ्को बेला भएपछि मूल्यको झमेला, उखुको मूल्य समयमा पाउने÷नपाउने चिन्ता र खेतीमा भरथेग नभएपछि किसान निराश छन्, अब सरकार र उद्योगले भरोसा जगाउनुपर्छ।’ पछिल्ला पाँच वर्षयता घट्दै गएको उखु खेती गत वर्ष यता भुक्तानी अलि सहज बन्दा यसपालि बढेको कुशवाहाको भनाइ छ। गत वर्ष पाँच हजार बिघामा झरेको खेती यसपालि सात हजार बिघा पुगेको उनको भनाइ छ।

‘महोत्तरीमा १८ हजार बिघासम्म उखु खेती पुगेको थियो,’ एक दशकअघिको अवस्था सम्झँदै कुशवाहा भन्छन्, ‘किसान वाक्क भएरै खेती छोड्दै गएका हुन्, अब उद्योग र सरकारले नयाँ विश्वास जगाउने काम गरे उखु फेरि बढ्छ ।’

एभरेष्ट चिनी उद्योगले यसपालि (जारी वर्ष २०८०÷८१) मा कमसेकम ३० लाख क्विन्टल उखु क्रसिङ गरेर दुई लाख ७० हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको छ। यसअनुसार दैनिक ४० हजार क्विन्टल उखु पेल्दै तीन हजार क्विन्टल चिनी उत्पादन गर्दै आएको उद्योगको तालिका उखु अभावसँगै प्रभावित बनेको छ।

फागुनमै उखु अभाव हुन थालेपछि उद्योग गेटको उखु यार्ड (तौलाएको उखु खन्याएर राखिएको ठाउँ) खाली देखिँदैछ। यसैगरी, उद्योगले ठाउँठाउँमा सञ्चालन गरेका ३३ वटा खरिदकेन्द्रमध्ये धेरैजसो फागुन तेस्रो सातामै बन्द भएका छन्। यो अवस्थाले यसपालिको याममा क्रसिङ अब धेरै दिन नलम्बिने छाँट छ। रासस
अर्को समाचार
डाले घाँसको बीउ पाएपछि पशुपालक किसान दङ्ग
२५ वैशाख २०८१
•
२ मिनेट पाठ
डाले घाँसको बीउ पाएपछि पशुपालक किसान दङ्ग
महोत्तरी आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन्। पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन्।

किसानलाई मटिहानी नगरपालिका र हेफर प्रजेक्टको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले सोमबार डाले घाँसको बीउ वितरण गरेको हो।

विभिन्न समूहमा आबद्ध महिला किसानलाई जनही मेनदोला–५५०, बकाइनो–१५० र भटमासे–१२० ग्राम दिइएको परियोजना संयोजक महेश यादवले बताए। डाले घाँसको बीउ मटिहानी नगरक्षेत्रका २०० बढी महिला किसानले पाएका छन्।

आफ्नै घरआगनमा पोसिलो घाँसको बीउ पाएपछि अब पशुबस्तुका लागि घाँस खोज्न चिन्ता हराएको बीउ लिएका महिला बताउँछन्। ‘प्रतिकूल मौसममा पनि घाँस काट्नुपथ्र्यो’ मटिहानी–२ की पशुपालक किसान विमला खत्वे भन्छिन्, ‘अब आफ्नो घर नजिकको बारीमा घाँस हुर्काएपछि निकै सजिलो हुनेछ।’ खत्वेजस्तै मटिहानी–३ की ललितादेवी मण्डल र मटिहानी–९ की बच्चीदेवी साफीले पनि घरपालुवा पशुबस्तुलाई आफ्नै बारीमा उत्पादित पोसिलो घाँस ख्वाउन पाइने बताइन्। मटिहानीमा विभिन्न समूहमा आबद्ध महिला किसानले परियोजनाको सहयोगमा उन्नत जातका बाख्रा र कोरली पाल्दै आएका छन्।

महिला किसानलाई आय आर्जनमा उत्प्रेरित गर्न यो परियोजनाले सघाउ पु¥याएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउँछन्। पशुपालनमा लागेपछि उनीहरू आर्थिक रूपमा आत्मनिर्भर भएका छन्।

मटिहानी नगरपालिकाले बर्सेनि कृषिलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ। विगत पाँच वर्षदेखि बर्सेनि मौसमअनुसारका फलफूल, तरकारी र अन्नका बीउबिरुवासँगै  प्रविधिक सहयोग पनि प्रदान हुँदै नगरप्रमुख मण्डलले बताए।

पछिल्लो समयमा परियोजनाको सहयोगले हौसिएका नगरका महिला बाख्रा, कोरली पालनमा जुटेका छन्। ‘हामी अब आफै केही गर्न सक्ने भयौँजस्तो लागेको छ’ मटिहानी–२ की पशुपालक किसान सुजिता यादव भन्नुहुन्छ, ‘परियोजनाले हामीलाई आत्मनिर्भर बनाउँदैछ ।’

यसैगरी सोमबार नै परियोजनाले सातवटा महिला सहकारी संस्थालाई अभिलेख राख्न सहयोग पुग्ने उद्देश्यले ल्यापटप, प्रिन्टरसहितका सामग्री प्रदान गरेको छ। महिला सहकारीलाई उत्पादित फलपूmल र तरकारी सुरक्षित राख्न र बजारसम्म पु¥याउन ‘क्यारेट’ पनि उपलब्ध भएको छ। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस