उकालिँदै तस्करी, ओरालोमा राजस्व
२३ फागुन २०८०
•
१ मिनेट पाठ
उकालिँदै तस्करी, ओरालोमा राजस्व
सर्लाहीमा पछिल्लो समय तस्करीको सुचाङ्क उकालिँदै गएको बेला राजस्वले भने आफ्नो ओरालो यात्रामा जारी राखेको छ। 




निरन्तर दुई वर्षदेखि ओरालो यात्रामा रहेको राजस्व संकल्न यसवर्ष पनि उस्तै छ। सर्लाही भन्सार कार्यालय मलंगवाको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा लक्ष्यको आधा पनि राजस्व उठ्न सकेको छैन।

चालू आर्थिक वर्षको हालसम्म जम्मा ४२ प्रतिशत राजस्व मात्र संकलन भएको उसले जनाएको छ। गत दुई आर्थिक वर्षदेखि निरन्तर घटिरहेको भन्सार राजस्व चालू आर्थिक वर्षमा झन् घट्ने देखिएको भन्सार कार्यालयको अनुमान छ।

आ.व. २०७७/०७८ मा लक्ष्यको १७६ प्रतिशत राजस्व संकलन गरेको सर्लाही भन्सार कार्यालयले २०७८/७९ मा ८२ प्रतिशत र २०७९/८० मा लक्ष्यको ५३ प्रतिशत मात्र संकलन गर्न सकेको थियो। चालू आर्थिक वर्षको ७ महिनामा सर्लाही भन्सार कार्यालयले ४२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ।

गत माघ महिनामा भन्सार राजस्व संकलन गर्ने लक्ष्य ३९७,४३० हजार रहेकोमा सर्लाही भन्सार कार्यालयले यस वर्षको सबैभन्दा बढी ७२ प्रतिशत २८५,४९४ हजार राजस्व संकलन गरेको छ।

फागुन महिनाको २१ सम्मको भन्सार राजस्व संकलन गर्ने लक्ष्य ३०१,३५२ हजार रुपैयाँ रहेकोमा सर्लाही भन्सार कार्यालयले १६७,१७५ हजार रुपैयाँ मात्र संकलन गर्न सकेको छ।

सर्लाही भन्सार कार्यालयको राजस्व लक्ष्यको अत्यन्त न्यून विन्दुमा उठ्नुमा विभिन्न नाका भएर हुने चोरी तस्करीलाई मानिएको छ।
अर्को समाचार
उकालिँदै तस्करी, ओरालोमा राजस्व
०५ असोज २०८१
•
५ मिनेट पाठ
उकालिँदै तस्करी, ओरालोमा राजस्व
नेपालगन्जस्थित जमुनाह नाका ‘क्यारिङ’ नाकाका रुपमा विकसित हुँदै जाँदा त्यसको सोझो प्रभाव राजस्व संकलनमा परेको छ। जसका कारण, चालु आर्थिक वर्षको पहिलो महिनाअर्थात साउनभन्दा भदौमा राजस्व संकलन घटेको छ।




नेपालगन्जमा भारतीय सामानको आयात बढ्दा पनि राजस्व संकलनमा लक्ष्य हासिल गर्न नसक्नुको कारण जमुनाह नाका ‘क्यारिङ’ मा परिणत हुनु हो।

खुला सिमानाका कारण सुरक्षाकर्मी र भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा तस्करीले दैनिक ठूलो परिणाममा सामान नेपाल भित्र्याउने गरेको आरोप नेपालगन्ज उद्योग वाणिज्य संघले बेलाबेला लगाउँदै आएको छ।

जसका कारण भन्सार कार्यालयले आफ्नो लक्ष्य भेटाउन सक्दैन। यस आर्थिक वर्षको पहिलो महिनाअर्थात साउनमा एक अर्ब ५० करोड ३८ लाख ३४ हजार राजस्व संकलन गरेको भन्सार कार्यालयले भदौमा भने सोही बराबर पनि राजस्व संकलन गर्न सकेन।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार भदौमा एक अर्ब ४९ करोड पाँच लाख २० हजार रुपैयाँ राजस्व संकलन भएको छ।

यहाँ खुला सीमाका कारण तस्करी मौलाउँदो छ। अर्को, सीमा क्षेत्रमा प्रभावकारी रुपमा चेकजाँच नहुनु हो भने तेस्रो, कारण महँगोमा खरिद भएको एक्स–रे मेसिन बिग्रिएर प्रयोगमा नआउनु हो।

भन्सार कार्यालयले आफैं मर्मत गर्न नसक्ने अवस्था आएपछि निजी क्षेत्र नेपालगन्ज उद्योग वाणिज्य संघले मर्मत गरिदिने आश्वासन दिएको थियो तर, त्यो सफल हुन सकेको छैन।

गत वर्षको असार ११ गते नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरबाट भे १ ख ३३४८ नम्बरको ट्रकसहित ठूलो परिणाममा सामान बरामद भयो। अवैध रुपमा भारतबाट भन्सार छलिपैठारी गरी ल्याएको करिब १७ लाख ५२ हजार बराबरको मालसामान बरामद भएको थियो।

त्यसमा ६० बोरा चिनी, तीन सय पेटी स्वायबिन तेल, ५० पोका सुपर पावर सुर्ती थिए। यसले के पुष्टि गर्छ भने, ‘मिलेमतो भयो भने गाडी नै पास हुन्छ।’

तस्करी मौलाउँदै जाँदा राजस्व गुम्दै गएको छ। जसले केही एक व्यक्तिलाई फाइदा हुने र सरकारले नोक्सानी व्यहोर्नु परिरहेको छ। सामान्य सर्वसाधारणले एक बोरा चामल ल्याउँदासमेत अनेक झन्झट व्यहोर्नु पर्ने अवस्थामा मिलेमतोबिना यति ठूलो परिणाममा ट्रकबाटै कसरी सामान भित्र्याउन सकिन्छ भन्ने प्रश्न उब्जिएका छन्। यति मात्र होइन, भन्सार छलेर नेपालगन्ज, कोहलपुर, खजुरा क्षेत्रमा पुर्‍याइएका सानाठूला परिणामका सामान बेलाबेला प्रहरीले बरामद गर्छ।

नेपालगन्ज उद्योग वाणिज्य संघले २०८० असोज १५ गते एक घण्टामा दुई हजार ६ सय ९४ जना जमुनाहा नाकाबाट भारत प्रवेश गरेको तथ्यांक संकलन गरेको थियो। यो तथ्यांकलाई आधार मान्दा दिनको १० घण्टा सीमा खुल्दा २६ हजार नौ सय ४० जना भारतमा किनमेल वा श्रम गर्न गएको देखिन्छ।

फर्कँदा हरेक व्यक्तिले औसतमा पाँच हजार रुपैयाँ बराबरको सामग्री लिएर आएको पाइएको थियो। चाडपर्वका बेलामा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट दैनिक ४० हजार जना किनमेलका लागि छिमेकी भारतीय बजार जाने गरेको सीमामा खटिएका प्रहरीको प्रतिवेदनबाट उल्लेख छ।

सीमा नाका व्यवस्थित र प्रविधिमैत्री नहुँदा उल्लेखित भारतमा किनमेल गर्ने नेपालीले यो वा त्यो बहानामा राज्यलाई तिर्नु पर्ने कर नतिरेको र खटिएका प्रहरीको आँखा छलेका नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले बताए। जसले दैनिक करोडभन्दा बढी राजस्व चुहावट भएको उनको भनाइ छ।

योभन्दा ठूलो सामान तस्करीबाट नेपाल भित्रिने गरेको नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए। ‘सीमामा कडाइ हुन सकेन,’ उनले भने, ‘जसले गर्दा तस्करी मौलाउँदै गयो। राजस्व घट्दै गयो।’

राजस्व संकलनले हासिल प्राप्त गर्न नसक्नुको प्रमुख कारण भनेको निर्यात र आयातमा कमी हुनु भएको नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत पदमराज पन्तले जानकारी दिए।

‘राजस्व संकलन हुने भनेकै निर्यात र आयात हुँदा हो। त्यो नै कम भएपछि कसरी लक्ष्य प्राप्त गर्नु।’ सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलेमतो भएको आरोप लाग्छ नि ? भन्ने प्रश्नमा उनले भने, ‘यसमा त कसरी मिलेमतो हुन्छ। सामान आयात निर्यात हुन्छ। सिस्टम छ। त्यसमा सामानअनुसारको राजस्व तिर्ने हो।’

यति मात्र होइन, आजभन्दा १२ वर्ष अघि अर्थात् २०६९/०७० मा नेपालगन्ज भन्सार कार्यालयको राजस्व संकलन प्रतिशत १२० दशमलव २३ प्रतिशत थियो। त्यतिबेला २८ लाख ६० हजार नौ सय ३० रुपैयाँ राजस्व लक्ष्य राखिएकोमा ३४ लाख ३९ हजार ६ सय ६९ रुपैयाँ संकलन गरिएको थियो। जति बेला भारतबाट नेपाल आयात हुने मालवस्तु अहिलेको भन्दा कम थियो। तर, त्यसयताका प्रायः प्रत्येक वर्ष राजस्व संकलन प्रतिशत घट्दो मात्रामा छ।

आर्थिक वर्ष २०७५/०७६ मा लक्ष्यभन्दा थोरै अर्थात् ०२ प्रतिशतले बढी संकलन भएको थियो। एक करोड २३ लाख ३० हजार एक सय १६ रुपैयाँ राजस्व संकलनको लक्ष्य थियो भने एक करोड २३ लाख ३२ हजार पाँच सय २७ रुपैयाँ संकलन भएको थियो।

त्यसको एक वर्षपछि फेरि भन्सारले आफ्नो लक्ष्य हासिल गर्न सकेन। २०७७/०७८ मा भने लक्ष्यभन्दा १९ दशमलव ३६ प्रतिशतले वृद्धि भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार त्यसयताका तीन आर्थिक वर्षमा भन्सार कार्यालयले लक्ष्य प्राप्त गर्न सकेको छैन। गत आर्थिक वर्ष २०८०/०८१ मा भन्सार राजस्व सबैभन्दा कम संकलन भएको छ। लक्ष्यअनुसार आधा राजस्व संकलन नहुँदा राजस्व संकलनभन्दा ‘रकम असुली’ मा भन्सार कार्यालय लागेको आरोप सार्वजनिक रुपमा उठ्ने गरेका छन्।

दुई अर्ब ८६ लाख ६२ हजार पाँच सय ३५ रुपैयाँ लक्ष्य राखिएकोमा एक अर्ब ३१ करोड ४८ लाख दुई सय १० रुपैयाँ मात्र राजस्व संकलन भएको नेपालगन्ज भन्सार कार्यालयले जानकारी दिएको छ।

१२ वर्षको राजस्व तुलना गर्दा आर्थिक वर्ष २०७३/०७४ मा सबैभन्दा बढी राजस्व संकलन भएको देखिन्छ। १३८ दशमलव ४६ प्रतिशतअर्थात ७२ लाख सात हजार तीन सय ३२ रुपैयाँ संकलन भएको थियो भने २०७४/०७५ मा ८३ लाख ७६ हजार चार सय ५२ रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएकोमा एक करोड दुई लाख ७२ हजार दुई सय ३६ रुपैयाँ अर्थात् १२२ दशमलव ६६ प्रतिशत राजस्व संकलन भएको थियो। एक करोड राजस्व यही आर्थिक वर्षमा संकलन भएको थियो।
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock २ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock १० मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock १० घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock १० घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock १० घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock १० घण्टा अघि | ० मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस