अनिश्चिततातर्फ नागढुंगा सुरुङमार्ग
२५ फागुन २०८०
•
२ मिनेट पाठ
अनिश्चिततातर्फ नागढुंगा सुरुङमार्ग
नागढुंगा सुरुङमार्ग आयोजना प्रभावितक्षेत्रका स्थानीयको अवरोधका कारणले नागढुंगा सुरुङमार्ग तीन सातादेखि अनिश्चिततातर्फ धकेलिएको छ।




गत फागुन ४ गतेदेखि अवरुद्ध भएको सुरुङमार्ग निर्माणको काम अहिलेसम्म पनि सुरु हुन सकेको छैन। स्थानीयकै अवरोधको कारणले फागुन २३ गते सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने भनिएको कार्यक्रम पनि अलपत्र परेको छ।

एकातर्फ सुरुङमार्ग निर्माणको काम पछाडि धकेलिएको छ भने अर्काेतर्फ स्थानीयको अवरोधका कारणले आयोजनाको लागि दैनिक करिब एक करोड रूपैयाँभन्दा धेरै व्ययभार थपिँदै आइरहेको छ।

सरकारले नागढुंगा सुरुङमार्ग फागुन २३ गते ‘ब्रेक थ्रु’ गर्ने (सुरुङ छिचोल्ने) पूर्वयोजना बनाएको थियो। सोही तयारी अनुसार सुरुङमार्ग खन्ने काम अघि बढिरहेको भए पनि अहिले अवरुद्ध भएको छ। आयोजनाले तीन सातामा सरदर एक करोड रूपैयाँको दरले पनि २१ करोड रूपैयाँ निर्माण कम्पनीलाई जरिवानाबापत भुक्तानी गर्नुपर्ने बाध्यता सिर्जना हुँदैछ।

नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द दुमरुले स्थानीयको अवरोधका कारण तीन सातादेखि नागढुंगा सुरुङ आयोजनाको काम प्रभावित हुँदै आइरहेको बताए।

‘स्थानीयबासीको अवरोधको कारणले नागढुंगा आयोजनाको निर्माण कार्य ठप्प हुँदै आइरहेको छ,’ उनले भने, ‘आयोजनाले स्थानीयबासीसँग पटक–पटक छलफल गर्दा पनि समाधान निकाल्न अझै सकिएको छैन।’

सिनियर डिभिजनल इन्जिनयिर दुमरुले आयोजनाको समन्वयमा तीन तह स्तरीय छलफल भए पनि टुंगोमा पुग्न नसकेको बताए। ‘आयोजना स्तरमा, सडक विभाग स्तरमा र मन्त्री स्तरमा पनि छलफल भइरहेको छ,’ उनले भने, ‘स्थानीयको कतिपय माग आयोजनाले सम्बोधन गर्न नसक्दा पनि सुरुङ निर्माणको काम प्रभावित हुँदै आइरहेको छ।’

आयोजनाले फागुन २३ गते सुरुङमार्ग ‘ब्रेक थ्रु’ अर्थात् सुरुङ छेड्ने पूर्वनिर्धारित कार्यक्रम तय गरेको थियो तर स्थानीयले अवरोध गरेका कारण सुरुङ निर्माणको काम कहिले सुरु हुनेमा अझै पनि अन्योल कायमै छ।

आयोजनाका अनुसार स्थानीयले विभिन्न ६ बुँदे माग राखेर आयोजना निर्माणको काम ठप्प पार्दै आइरहेका छन्। २६ सय ८८ मिटर लामो सुरुङमध्ये अब १४ मिटर मात्रै खन्न बाँकी रहेका बेला स्थानीयको अवरोधले काम अधुरै रहँदै आइरहेको छ।

चन्द्रागिरी नगरपालिका २ का वडाध्यक्ष भाइकृष्ण तामाङलेस्थानीयको माग सम्बोधन गर्न आयोजना गम्भीर नभएकाले बाध्य भएर आन्दोलनको कार्यक्रम अघि बढाउनुपरेको दाबी गरेका छन्।

सुरुङमार्ग प्रभावित क्षेत्रका जनतालाई उचित क्षतिपूर्ति दिनुपर्ने, पानीको सहज उपलब्धता गराउनुपर्ने, चर्किएका घरको मुआब्जा तथा क्षतिपूर्ति दिनुपर्ने लगायतका माग रहेको जनाए।
अर्को समाचार
हप्ता दिनदेखि ठप्प नागढुंगा सुरुङमार्ग निर्माण
१५ फागुन २०८०
•
४ मिनेट पाठ
हप्ता दिनदेखि ठप्प नागढुंगा सुरुङमार्ग निर्माण
फाइल तस्वीर
नागढुंगा सुरुङमार्ग आयोजना प्रभावित क्षेत्रका जनताको अवरोधका कारणले सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्ने समय अनिश्चिततातर्फ धकेलिएको छ। सरकारले नागढुंगा सुरुङमार्ग फागुन २३ गते ‘ब्रेक थ्रु’ गर्ने (सुरुङ छिचोल्ने) पूर्वयोजना बनाएको थियो। सोही तयारी अनुसार सुरुङमार्ग खन्ने काम अघि बढिरहेको भए पनि अहिले अवरुद्ध भएको छ।




नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर गोविन्द दुमरुले विगत नौ दिनदेखि नागढुंगा सुरुङमार्गको निर्माण कार्य ठप्प हुँदै आइरहेको बताए। ‘हामीले फागुन २३ गते सुरुङमार्गको ‘ब्रेक थ्रु’ गर्ने कार्यक्रम निर्धारण गरेका थियौं तर विगत नौ दिनदेखि स्थानीय जनताको प्रदर्शन र अवरोधका कारणले सुरुङमार्ग निर्माणको काम ठप्प भएको छ,’ उनले भने, ‘एकातर्फ सुरुङमार्ग निर्माणको काम ठप्प भएको छ। अर्काेतर्फ आयोजनाले निर्माण कम्पनीलाई दैनिक एक करोड रूपैयाँभन्दा धेरै जरिवाना तिर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ।’

उनका अनुसार स्थानीयबासीको अवरोधका कारणले पूर्वनिर्धारित समय अनुसार ‘ब्रेक थ्रु’ हुने कार्यक्रम धकेलिएको छ।

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर दुमरुले स्थानीयबासीले विभिन्न ६ बुँदे माग राखेर आयोजना निर्माणको काम ठप्प पारेको बताए। ‘२६ सय ८८ मिटर लामो सुरुङमध्ये अब १४ मिटर मात्रै खन्न बाँकी रहेको बेला स्थानीयको अवरोधले समस्या भइरहेको छ’, उनले भने।

चन्द्रागिरी नगरपालिका २ का वडाध्यक्ष भाइकृष्ण तामाङले नागढुंगा सुरुङ निर्माण आयोजना स्थानीयको माग सम्बोधन गर्नेतर्फ गम्भीर नभएकाले बाध्य भएर आयोजनाको काम रोक्नुपरेको बताए।

‘पटकपटक समस्याका बारेमा जानकारी गरायौं तर स्थानीयको माग सम्बोधन गर्नेतर्फ आयोजनाले खासै ध्यान दिएन । त्यसैले बाध्य भएर स्थानीय जनताले आयोजनाको काम ठप्प पारेका हुन्। स्थानीयबासीको मागमा वडा कार्यालयको पनि ऐक्यबद्धता रहेको छ,’ उनले भने, ‘सुरुङमार्ग आयोजनाकै कारणले हाम्रो क्षेत्रमा पानीको स्रोतको मुहान सुकिरहेको छ। अर्काेतर्फ सुरुङको माथिल्लो भागमा रहेका ९३ घर चर्किएको हुनाले पनि बाध्य भएर आन्दोलन गर्नुपरेको हो।’

वडाध्यक्ष तामाङले सुरुङमार्ग प्रभावित क्षेत्रका जनतालाई उचित क्षतिपूर्ति दिनुपर्ने, पानीको सहज उपलब्धता गराउनुपर्ने, चर्किएका घरको मुआब्जा तथा क्षतिपूर्ति दिनुपर्ने लगायतका माग रहेका छन् । ‘यो आयोजनाबाट करिब ९८ प्रतिशत स्थानीय जनता प्रभावित छन्। त्यसैले पनि राज्यले गम्भीर भएर स्थानीयको माग सम्बोधन गर्नेतर्फ अग्रसर हुने बेला भएको छ।’

उनले भने, ‘स्थानीयबासीले विगत एक सातादेखि आन्दोलन गरिरहेको भए पनि सरकार अहिलेसम्म स्थानीयको माग सम्बोधन गर्नेतर्फ अग्रसर भएको छैन।’

चन्द्रागिरी नगरपालिका २ का वडा सदस्य लवराम सुवेदीले सुरुङमार्ग निर्माण गर्दा प्रयोग गरिएका विस्फोटक पदार्थका कारणले वरपरका घरहरू चर्किएर समस्या भएको बताए।

‘सुरुङमाथि रहेका करिब ९३ भन्दा धेरै घर चर्किएका छन्,’ उनले भने, ‘सुरुङमार्ग आयोजनाले विस्तृत अध्ययन गरेर प्रतिवेदन बुझाउने भने तापनि हालसम्म प्रतिवेदन नबुझाएको देखिन्छ।’

सदस्य सुवेदीले सुरुङमार्गमाथि बस्न लायक हो भनेर प्रमाणित गरेर दिएको खण्डमा कुनै पनि अवरोध गर्ने मनसाय नरहेको दाबी गरे। ‘हामी सुरुङमार्ग रोक्नुपर्छ भन्ने पक्षका होइनौं तर हाम्रो गाँसबास नै समस्यामा परेपछि बाध्य भएर आन्दोलन गर्नु परेको हो’, उनले भने, ‘सुरुङमार्गकै कारणले यस्तो भवितव्य आउला भनेर कल्पना पनि गरेका थिएनौं तर हामीले भने निकै ठूलो समस्या भोग्नुपरिरहेको छ।’

आयोजनाका सिनियर डिभिजनल इन्जिनियर दुमरुले आयोजना प्रभावित क्षेत्रमा चर्किएका घरहरूको विषयमा परामर्शदाता कम्पनीले आवश्यक अध्ययन गरिरहेको बताए।

‘परामर्शदाता कम्पनीले आवश्यक अध्ययन गरिरहेको छ तर स्थानीयबासीले अध्ययनको रिपोर्ट आउँदासम्म पर्खिएर आन्दोलन रोकिदिएको खण्डमा केही हदसम्म भए पनि सहज हुने थियो।’

उनले आयोजनाले स्थानीयलाई पानी उपलब्ध गराउन दुई वटा बोरिङ खनिसकेको बताए। ‘स्थानीयले उठाउनुभएको कतिपय माग हाम्रो कार्यालयले सम्बोधन गर्न सक्ने खालका छैनन्,’ उनले भने, ‘ती मागहरूका विषयमा माथिल्लो निकायमा पनि जानकारी गराइसकेका छौं।’

आयोजनाका अनुसार परामर्शदाता कम्पनीले दुई महिनाभित्रै रिपोर्ट बुझाउने भनिएको थियो तर स्थानीयको अवरोधका कारणले पनि आवश्यक अध्ययनको काम प्रभावित हुँदै आइरहेको छ।

सिनियर डिभिजनल इन्जिनियर दुमरुले स्थानीय अवरोध हटेर काम गर्न पाएको खण्डमा कम्तिमा दुई साताभित्रै सुरुङमार्ग ‘ब्रेक थ्रु’ गर्न सकिने दाबी गरे । यो आयोजनामा जापानी सहयोग नियोग जाइकाले ऋण स्वरूप दिन साढे १६ अर्ब र नेपाल सरकारको करिब ६ अर्ब गरी साढे २२ अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको थियो।  
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ३७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस