जहाज नउड्ने अन्तर्राष्ट्रिय विमानस्थल
०७ चैत्र २०८०
•
५ मिनेट पाठ
जहाज नउड्ने अन्तर्राष्ट्रिय विमानस्थल
सरकारले गौतमबुद्ध र पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय हवाई उडान गराउन नसक्दा पर्यटन क्षेत्र समस्याग्रस्त बनेको छ। राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत ठूलो लगानीमा निर्माण भएका यी दुई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न नसक्दा पर्यटन क्षेत्रको लय बिग्रिरहेको गुनासो सरोकारवालाको छ।




‘जबसम्म विदेशी मुलुकसँग अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी गर्न सकिँदैन, तबसम्म नेपालको पर्यटनले सोचेअनुरूपको गति लिन सक्दैन’, ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले भने, ‘स्वाभाविक रूपमा आउने पर्यटकले मुुलुकको पर्यटनको विकास सम्भव छैन। त्यसैले सरकारले अन्तर्राष्ट्रिय हवाई कनेक्टिभिटी बढाउन जरूरी छ।’

अध्यक्ष शर्माले छिमेकी मुलुक भारतमा जति पनि हवाई उडान भइरहेका छन्, ती नेपालको पर्यटनका लागि पर्याप्त नभएको बताए। सरकारले चीन र भारतको प्रत्येक अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कनेक्टिभिटी विस्तार गर्नु अहिलेको प्रमुख अवश्यकता भएको उनको बुझाइ छ।

‘भारतका केही सहरमा हुने अन्तर्राष्ट्रिय उडानले मात्र नेपाल आउने पर्यटकको लय धान्न सक्दैन, शर्माले भने, ‘अन्य मुलुकमा पनि हवाई कनेक्सन छिटो गनुप¥यो।’ उनले चीन र भारत मात्र नभएर युरोप अमेरिकालगायतका मुलुकसँग पनि कूटनीतिक पहल गरेर हवाई उडानका लागि पहल गर्नुपर्ने बताए।

सरकारले अहिले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान र अवतरण गर्ने विमानलाई विमानस्थलको सेवा शुल्कमा शतप्रतिशत छुट दिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि प्रोत्साहन गरिएको अवस्थामा कुनै पनि अन्तर्राष्ट्रिय हवाई कम्पनीले नियमित उडान गरेका छैनन्। मुलुकमा पर्यटनको अथाह सम्भावना हुँदा पनि विदेशी पर्यटकको आकर्षण नेपालतर्फ बढाउन समस्या भइरहेको छ।

‘विदेशी पर्यटक मुलुक घुम्न आउन चाहे भने हामीसँग पर्याप्त अन्तर्राष्ट्रिय उडान छन्, तर वर्षमा ३०-३५ लाख पर्यटकलाई सेवा, सुविधा दिन र सबै सिजन पर्यटनको गतिविधि गर्न सक्ने क्षमता भएर के गर्नु ? सरकारले नेपाल घुम्न आउन चाहने पर्यटकलाई सहज हवाई टिकट पाउने व्यवस्थासम्म पनि गर्न सकेको छैन’, अध्यक्ष शर्माले भने, ‘अन्तर्राष्ट्रिय उडानका लागि सरकारको कूटनीतिक पहल नै पुगेन। यो सरकारको कमजोरी हो। सरकारले यसलाई सम्बोधन गर्न नसक्दा पर्यटन व्यवसायी निराश भइसकेका छन्। सबैभन्दा पहिले सरकारले विभिन्न मुलुकसँग कनेक्टिङ फ्लाइट गर्नुपर्‍यो।’

मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको २२ महिना भइसक्यो। गत वर्ष जेठ २ गते बुद्धजयन्तीको अवसर पारेर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थलको उद्घाटन गरेका थिए।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल। फाइल तस्बिर : नागरिक
नेपाल वायु सेवा निगमको न्यारोबडी जहाजले गौतमबुद्ध विमानस्थलबाट ‘प्रोमोसनल सेड्युल फ्लाइट’ गरेको थियो। त्यसपछि कुबेतको अलजजिरा एयरवेजले पहिलो व्यावसायिक उडान गरेको थियो। कुबेत–भैरहवा उडान गरिरहेको एयरलाइन्सले केही समय अन्तर्राष्ट्रिय उडान गरेको थियो, तर विभिन्न कारण देखाएर अलजजिराले केही समयपछि उडान बन्द गरेको थियो।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई लुम्बिनी प्रदेशको पर्यटनको मुख्य आधार किल्लाका रूपमा मानिएको छ। सञ्चालनमा आइसकेको करिब २ वर्ष हुन लाग्दा समय–समयमा चार्टर्ड फ्लाइटबाहेक नियमित अन्तर्राष्ट्रिय उडान गर्न सकेको छैन।

यस्तै तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको झन्डै डेढ वर्ष पुगिसकेको छ। गौतबुद्धमा जस्तै पोखरा विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय हवाई उडान हुन सकेका छैनन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले भव्य समारोहबीच उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सोही समारोहमा हिमालय एयरलाइन्सले न्यारोबडी विमानबाट डेमो फ्लाइट गरेको थियो। विमानस्थल सञ्चालनमा आएको १५ महिना पुगिसक्दा पनि अझै अन्तर्राष्ट्रिय उडान नियमित हुन भने सकेको छैन।

यसबीचमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग ६÷७ वटा मात्र अन्तर्राष्ट्रिय उडानहरू भएका छन्। गत असार ६ गते चीनको सिचुआन एयरलाइन्सको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।

विमानस्थल सञ्चालनमा आएपछि हिमालय एयरलाइन्सले गरेको डेमो उडानबाहेक यात्रुसहितको पहिलो अन्तर्राष्ट्रिय अवतरण सिचुआनको थियो। त्यसको दुई महिनापछि भदै २२ मा भुटानबाट उडेको ड्रुक एयरको जहाज पोखरामा अवतरण हुने सिचुआनपछिको दोस्रो अन्तर्राष्ट्रिय अवतरण थियो। सो अवतरणलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको पहिलो व्यावसायिक उडान पनि भनेको थियो।

क्रमिक रूपमा कात्तिक २२ गते चीनको दुईवटा कार्गो जहाज र कात्तिक २४ गते हिमालयन एयरलाइन्सको जहाज गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ६-७ वटा जहाज मात्र अवतरण गरेका छन्। अर्बौं लगानी गरेर निर्माण गरिएका अन्तर्राष्ट्रिय विमानस्थलहरू अन्तर्राष्ट्रिय उडानको डेमो, आपतकालीन र चार्टर्ड उडानका लागि मात्र प्रयोग भइरहेकाले पर्यटन व्यवसायीहरू मारमा परेका छन्।

दुवै विमानस्थलबाट सरकारले पटकपटक अन्तर्राष्ट्रिय उडानका लागि कूटनीतिक पहल भइरहेका छन् भनेर सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्। यसैक्रममा प्रधानमन्त्री दाहालले गत पुस ११ गते आफ्नो कार्यकालको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै ठूलो खर्च भएको भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन गर्न पहल भइरहेको बताएका थिए।

सोही बेला उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट छिमेकी मुलुकका नजिकका विमानस्थलसम्म कम उचाइमा उडान गर्ने साना विमान सञ्चालनको पनि पहल भइरहेको बताएका थिए। त्यो पहलले अझै साकार हुने अवसर पाएको छैन।

प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले पनि विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन भारतसँग सरकारले वार्ता गर्न आवश्यक रहेको बताउँदै आएका छन्।
अर्को समाचार
सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पिपिपि मोडेलमा सञ्चालन गरिने
१८ माघ २०८०
•
१ मिनेट पाठ
सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पिपिपि मोडेलमा सञ्चालन गरिने
सरकारले काठमाडौँ पोखरा, भैरहवा र पूर्ण क्षमताको नयाँ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने सर्त सहित पि.पि.पि मोडेलमा सञ्चालन गर्ने बारे अध्ययन समिति गठन गरेको छ।




बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समिति गठन गर्ने प्रस्तावलाई स्वीकृति प्रधान गरेको हो।

विमानस्थल बारे अध्ययनका लागि पूर्व सचिव संकरप्रसाद अधिकारीको संयोजकत्वमा लगानी विज्ञ घनश्याम ओझा, हवाई महाशाखा प्रमुख बुद्धीसागर लामिछाने, लगानी बोर्डका सह सचिव र सदस्य सचिव रहने गरी नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक दिपेन्द्र श्रेष्ठ रहेको ५ सदस्य समिति गठन गरेको हो।

त्यस्तै वायुसेवा निगम करार व्यवस्थापनका लागि पूर्व योजना आयोगको उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा, व्यवस्थापन विज्ञ टिकराम राई, पर्यटन विभागका महानिर्देशक अर्थ मन्त्रालयको प्रतिनिधि र वायुसेवा निगम अर्थ विभाग प्रमुख सदस्य रहने गरी ५ जनाको समिति तयार गरिएको छ। समितिलाई ४५ दिनको समय अवधि दिइएको छ।

यससँगै तत्काल भरतपुर विमानस्थल विस्तारका लागि नेपाली सेनाले जग्गा उपलब्ध गराउनुपर्ने र भत्किएको संरचना नागरिक उड्डयन प्राधिकरणले निर्माण गर्ने, घोडा नयाँ व्रिडिङ सेन्टरका लागि नेपाली सेनालाई शत्तीखोरमा जग्गा उपलब्ध गराउने र खर्च हुने सम्भावित रकम सरकारले व्यवस्था गर्ने निर्णय गरेको छ।
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस