फागुको रङले स्वागत गरिँदै पर्यटक
११ चैत्र २०८०
•
३ मिनेट पाठ
फागुको रङले स्वागत गरिँदै पर्यटक
फाइल तस्बिर
फागुको रङले पर्यटन क्षेत्रलाई पनि रंगीन बनाउने अपेक्षा पर्यटन व्यवसायीले लिएका छन्। कोरोनापछि बिस्तारै तंग्रिने तरखरमा रहेको पर्यटन क्षेत्रलाई फागु पर्वले थोरै भए पनि राहत दिने उनीहरूको बुझाइ छ।




यसैक्रममा विभिन्न पर्यटकीय स्थलहरूमा विदेशी पर्यटक लक्षित कार्यक्रमहरू हुने भएका छन्। होली पर्वको धार्मिक महत्वलाई आधार मान्दै पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुर्‍याउन विभिन्न कार्यक्रम गरिने भएका हुन्।

ठमेल पर्यटन विकास परिषद्ले विदेशी पर्यटक लक्षित विभिन्न सांगीतिक कार्यक्रमहरू आयोजना गर्ने भएको छ। परिषद्ले फागुको अवसरमा मुलुकको कला, संस्कृतिलाई संरक्षण गर्दै विदेशी पर्यटकलाईसमेत सहभागी गराएर धार्मिक पर्वको प्रचारप्रसार गर्ने योजना बनाएको बताए।

यसैक्रममा परिषद्ले होटल, ट्राभल-टुर एजेन्सीसँग आवद्ध रहेका सबै पर्यटकलाई सहभागी गराउने वातारण तयार गरेको परिषद्का अध्यक्ष भविश्वर शर्माले जानकारी दिए।

‘हामीले ठमेलस्थित होटल, ट्रेकिङ र टुर एजेन्सीमा भएका विदेशी पर्यटकलाई सकेसम्म कार्यक्रममा सहभागी गराउन अनेक उपायले आह्वान गरेका छौं।’ उनले भने, ‘होली रङहरूको पर्व मात्र नभएर सांस्कृतिक मूल्य मान्यता बोकेको विशेष महत्वको पर्वसमेत हो। यसले विदेशीलाई छुट्टै मनोरञ्जन प्रदान गर्छ।’  

उनका अनुसार होलीको अवसरमा ठमेलस्थित सञ्चयकोष अगाडि भव्य सांगीतिक कार्यक्रम हुनेछ । चर्चित राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिने उक्त सांगीतिक कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म आयोजना हुने अध्यक्ष शर्माले बताए। उनका अनुसार कुनै पनि चाडपर्वमा पर्यटक लक्षित कार्यक्रमले पर्यटन प्रवर्द्धन गर्न प्रभावकारी भूमिका खेलिरहेका हुन्छन्।

‘चाडपर्वमा हुने कार्यक्रमले भविष्यमा थप पर्यटक ल्याउन, ट्रेकिङ र टुरमा गएका पर्यटक कार्यक्रममा जसरी भए पनि पुग्नुपर्छ भन्ने स्थिति सिर्जना गर्न, र एक दिन भए पनि बसाइ लम्ब्याउन सकिन्छ’, शर्माले भने, ‘विदेशी पर्यटकलाई मनोरञ्जन दिन मात्र होइन सहभागिता वृद्धि गर्न सके समग्र पर्यटन क्षेत्रलाई नै फाइदा पुग्नेमा शंका छैन्।’

फागु पर्व मुलुकभरि मनाइन्छ। रङहरूको पर्व भनेर चिनिने फागु पर्व पहाडमा र तराइमा गरेर दुई दिन भव्यरूपले मनाइन्छ। यस वर्ष पनि पहाडमा यही चैत ११ गते र तराइमा १२ गते फागु पर्व मनाइँदै छ।  

यस्तै पर्यटकीय राजधानी पोखरामा पनि विदेशी तथा स्वदेशी पर्यटक लक्षित कार्यक्रम आयोजना गरिने पोखरा पर्यटन परिषद्ले जनाएको छ। गत वर्षहरू जस्तै यस वर्ष पनि पोखरामा विभिन्न सांगीतिक कार्यक्रम र फिस्टेल गेटदेखि खहरे चोकसम्म स्वागत सत्कार तथा शुभकामना आदानप्रदान र्‍याली हुने जानकारी परिषद्ले दिएको छ।

नेपालमा हुने फागु पूर्णिमा, धान दिवस, नयाँ वर्ष लगायतका चाडपर्व विदेशी पर्यटक माझ छुट्टै आकर्षण र गहिरो मोह रहेको परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। उनले फागुमा पर्यटकसँग रमाउदै रङहरूका साथ माया र सद्भाव बाँड्न परिषद्ले विभिन्न कार्यक्रम आयोजना गर्ने बताए।

पोखरामा फागु मनाउन भारत, युरोप अमेरिका लगायत पर्यटक आउने जनाउँदै श्रेष्ठले फागु पर्वले पोखराका पर्यटन व्यवसायीलाई आर्थिक रूपमा पनि लाभ दिइरहेको बताए।

‘पर्यटनको राजधानी पोखरा घोषणा भएपछिको पहिलो फागु पूर्णिमा झन् विशेष हुने अध्यक्ष श्रेष्ठले बताए। ‘पर्यटनको राजधानी पोखरामा यसपटक थप भव्य कार्यक्रम हुनेछन्’, श्रेष्ठले भने, ‘विशेष त सांगीतिक कार्यक्रमहरू गरिने भएको छ, त्यसपछि अन्य कार्यक्रम पनि छन्।’ यसका लागि पोखरामा सुरक्षा व्यवस्थाको तयारी भइरहेको उनले बताए।
अर्को समाचार
दृष्टिविहीनको रंगीन होली
०३ चैत्र २०७८
•
२ मिनेट पाठ
दृष्टिविहीनको रंगीन होली
फागु पूर्णिमाको अवसरमा बिहीबार केटाकेटीदेखि वृद्धवृद्धासम्म फागुको रङमा रंगिए। सर्वसाधारणको रंगीन अनुहार र उन्मुक्त हाँसोले वसन्तको चरम उत्कर्ष पुगेको भान हुन्थ्यो। वसन्तको यही बहारमा देशका विभिन्न भागबाट जम्मा भएका दृष्टिविहीन पनि भक्तपुरको बोडेमा खिलखिलाए।




‘जीवन यसै रंगीन छ,’ दृष्टिविहीन सृष्टि केसीले भनिन्,‘रङ महसुस गर्छौ, हेरिरहन पर्दैन।’ ब्लाइन्ड रक्सकी अध्यक्ष समेत रहेकी सृष्टिले मनभित्र सबै रङ रहेको सुनाइन्।

उनीसँगै रहेका अन्य दृष्टिविहीन पनि अविरको रङमा निकै रमाए। गालामा रङ लगाएर एक आपसमा सेलिव्रेसन गर्दा निकै रमाइलो भएको उनीहरूले सुनाए। ‘होलीको रङ मनभित्र गढेको छ,’ इलामकी समी लावतीले भनिन्, ‘अब यो पखालेर पनि पखालिन्न।’

जीवनमा पहिलोपटक रंग खेलेकी उनले चाडपर्व हेर्न नसके पनि महसुस गर्न सक्ने सुनाइन्।

चराको चिरबिराहट, हावाको सुसेली र फूलहरूको महकबाट वसन्तको पहिचान गरेकी उनले फागु आउँदै गरेको आफूलाई पहिल्यै थाहा भएको सुनाइन्। ‘हामीलाई क्यालेन्डर हेर्न पनि जरुरी छैन,’ उनले हाँस्दै भनिन्, ‘मौसम अनुसारको पर्वलाई महसुस गर्न सक्छौ।’

पछिल्लो समयमा हातमा आइफोन बोक्न थालेकी मोबाइलमा डाउनलोड गरेको एप्सहरूले पनि चाडपर्वको सजिलै जानकारी मिल्ने उनले बताइन्।

यस्तै धारणा राखे दृष्टिविहीन बमबहादुर विश्वकर्माले पनि। ‘होलीका सात रङले हाम्रो मन रंगीन बनाएको छ,’ उनले भने, ‘हामी हाम्रो तर्फबाट सबैलाई ह्याप्पी होली भन्न चाहन्छौ।’

सानैदेखि होलीको रङमा रमाउँदै आएका उनले पर्वहरूले उत्साह बढाउने सुनाए। उनले भने,‘पर्वले हामीलाई जीवनमा थप खुसी दिन्छ। हामी रङहरूको पर्व र उज्यालोको चाड तिहार पनि उस्तै खुसीसाथ मनाउँदै आएका छाैं।’

आपसी मनमुटावलाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगीन पर्वले सबैको जीवनमा खुसीयाली ल्याउने दृष्टिविहीनको बुझाइ छ। रङलाई बाहिरी आँखाले देख्न नसके पनि यसको महत्वलाई महसुस गर्न सकिने उनीहरूले सुनाए।

‘पढेर सुनेको आधारमा रङबारे हामी अनुभूत गर्न सक्छौं। त्योभन्दा बढ्ता हामी यसमा निश्चल माया र आत्मीयता देख्छौं,’ उनले बताए।

सामाजिक क्षेत्रमा काम गर्दै आएका बमको जीवनमा पनि होलीको रङ गहिरोसँग घोलिएको छ। घरपरिवार र साथीभाइसँग रङमा रंगिएर उल्लासपूर्वक पर्व मनाउन पाउँदा खुसी लागेकाे बताउँदै उनले भने, ‘रङलाई देख्न नसके पनि रङसँगै घुलेका माया, सद्भावलाई गहिरोसँग अनुभूत गर्‍यौ।’  

उनले भने, ‘खुसीको यो रङले हामीलाई वर्षभर रंगाइरहने छ।’

घरपरिवार र साथीहरूसँग होली मनाएका उनले सबैको जीवन रंगीन बनोस् भन्ने शुभकामना समेत दिए। ‘जीवनमा पनि यस्तै रङ छाओस्,’ उनले भने, ‘सबैको जीवन सोचजस्तो सुन्दर र रंगीन बनोस्, हार्दिक शुभकामना!’

 
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस