१७ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

आगामी बजेटका लागि लेखन समिति गठन

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि बजेट मस्यौदा लेखन समिति गठन गरेको छ।

अर्थमन्त्री वर्षमान पुनले आज आगामी आवका लागि बजेट लेखन समिति गठन गरेको उनको सचिवालयले जनाएको छ।

आगामी आवको बजेट वक्तव्य लेखनका लागि सहसचिव धनीराम शर्माको संयोजकत्वमा समिति गठन भएको हो।  

समितिमा अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, महेश आचार्य, रामप्रसाद आचार्य, ईश्वरी अर्याल र आन्तरिक राजस्व विभागका उपमहानिर्देशक पार्वती शर्मा सदस्य छन्।

समिति संयोजक शर्माले भोलि शनिबार नै बैठक बसेर समितिले काम थाल्ने जानकारी दिए। विषयगत मन्त्रालयहरूसँग समन्वय गरेर तत्काल बजेट लेखनको काम थालिने उपनिर्देशक शर्माले जानकारी दिए।  

प्रकाशित: १६ चैत्र २०८० १८:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App