चितवन – नारायणगढ–मुग्लिन सडक विस्तारमा चौंथो पटक म्याद थप गर्न लागिएको छ । तेस्रो पटक थपिएको म्याद फागुन पहिलो साता सकिएपछि चौथो पटक म्याद थप गर्नका लागि सडक विभागमा पठाइएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए।
दुई वर्षमा काम सक्ने भन्दै सन् २०१५ को अप्रिलमा सडक विस्तारका लागि सम्झौता गरिएको थियो ।
निर्धारित समयमा काम नसकिएपछि यसअघि नै तीनपटक म्याद थप भइसकेको छ । अहिले मे ३० सम्म काम सक्ने गरी चौथोपटक म्याद थप प्रक्रिया अगाडि बढाइएको खनालले बताए । भूकम्प, नाकाबन्दी, वर्षात, निर्वाचन, चाडपर्वका कारण निरन्तर काम गर्न नसकेको कारण देखाउँदै निर्माण कम्पनीले म्याद थपको माग गरेको पाइन्छ।
अहिले सडक विस्तार कार्य ८१.३ प्रतिशत पूरा हुँदा २४.५ किलोमिटर सडक पिच भएको खनाल बताउँछन् । सडकलाई तीन खण्डमा विभाजन गरेर तीन फरक कम्पनी सडक विस्तार कार्य गर्दै छन् । बिएलएसिसीले निर्माण गरिरहेको आँपटारीदेखि दासढुंगासम्मको १०.५ किमि सडक निर्माणमा ८२ प्रतिशत काम सकिएको छ । दासढुंगादेखि सिमलतालसम्मको १०.७ किमि बाटो निर्माणको जिम्मा पाएको उड हिल–लामा जेभीले ९१ प्रतिशत काम सकेको छ।
यस्तै, सुप्रिम–रौताहा जेभीले बनाउँदै गरेको सिमलतालदेखि मुग्लिनसम्मको १२.१ किमि सडकको ७१ प्रतिशत मात्र काम सम्पन्न भएको खनालले बताए । ‘सिमलतालदेखि मुग्लिनसम्मको सडक साँघुरो, लम्बाइ बढी, पहिरो आउने ठाउँ, पहाडी क्षेत्र बढी छ,’ उनले भने, ‘यी समस्याले निर्माण कार्यमा कठिनाइ हुँदा प्रगति कम देखिएको हो।’
सडक विस्तारसँगै १८ वटा पुल निर्माण गर्नुपर्ने छ । त्यसमध्ये चारवटा पुल विस्तारका लागि जग खन्न सुरु भएको छ । पुल विस्तारको काम ठेक्का दिएर हालै सुरु गरिएको हो । एसियन हाइवे स्ट्यान्डर्डमा विस्तार गरिएको सडकमा १४ किमि ११ मिटर र १९ किमि नौ मिटर चौडाइको बनाइँदै छ । ‘स्ट्यान्डर्ड अनुसार सजिलो भूगोलमा ११ मिटर बाटो बनाइँदैछ,’ सूचना अधिकारी खनाल भन्छन्, ‘सात किमि गाडी गुड्ने भाग र दुईतर्फका दुई–दुई किमी चाही गाडी बिग्रेमा राख्ने ठाउँ हुन्।’
डबल लेनको बाटो बनाउन पहाडी क्षेत्रमा कम्तिमा नौ मिटर हुनुपर्ने मान्यताअनुसार नारायणगढ–मुग्लिन सडकको पहाड भएको ठाउँमा नौ मिटर चौडाइको बाटो बनाउन लागिएको हो । साढे पाँच मिटर चौडा सडकलाई विश्व बैंकको ऋण सहयोगमा विस्तार गरिँदैछ । दुई अर्ब ९० करोडको लागतमा विस्तार हुँदै गरेको सडक चौथो पटक थपिने म्यादभित्र निर्माण सम्पन्न हुने विश्वास राखिएको छ । अहिले बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सवारी आवागमन बन्द गरेर निर्माण कार्य भइरहेको खनालले जानकारी दिए।