१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दैलेखको पेट्रोलियम पदार्थ अन्वेषण स्थलमा चौबिसै घण्टा प्रहरी तैनाथ

पेट्रोलियम पदार्थ अन्तिम अन्वेषणका लागि चीनबाट ड्रिलिङ सर्वेका सामानहरू आएसँगै चौबिसै घण्टा सुरक्षा दिनका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ।

अन्वेषण स्थल दैलेखको भैरवी गाउँपालिका –१ जलजलेमा तत्कालका लागि १५ जना सशस्त्र प्रहरी राखिएको हो।

नेपाल प्रहरी पनि नजिककै रहेको भएपनि परियोजनास्थलमा बस्ने गरी १५ जना सशस्त्र प्रहरी खटाइएको जिल्ला सुरक्षा समितिका अध्यक्ष खिमराज भुसालले बताए। अन्वेषणका सामान र खटिने कर्मचारीको सुरक्षाका लागि सुरक्षा व्यवस्था मिलाइएको जनाइएको छ। स्थानीय कामदारहरू राखेर कामहरू थालिएको छ।

२०७६ साल असोजदेखि सुरु गरिएको पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम ड्रिलिङ सर्वेको काम हुन थालेसँगै उत्साह थलेको छ। काम सुरु भएको ४ देखि ५ महिनाभित्र अन्वेषण सकिने परियोजनाले जनाएको छ।

दैलेखको भैरवी गाउँपालिकामा रहेको अन्वेषण स्थल।

प्रकाशित: ५ वैशाख २०८१ १८:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App